Friday, February 13, 2009
खुसीहरूले बगाएर नलैजाऊन्
गर्लफ्रेन्डले 'भरे तोङ्बा खाऊँ है' भन्दा मेरा रौँरौँमा नशा दौडन थालिसकेको थियो । यद्यपि उसलाई यसबारे पत्तोखबर थिएन । उसको यो मादक-आग्रहबाट म निष्प्रभावित रहेको स्वाङ गरिरहेको थिएँ । आफूलाई सदाझैं 'कुल' राखिरहन सकेकोमा म भित्रभित्रै रमाइरहेको पनि थिएँ । मनमनै आफ्नो दर्शनशास्त्र पल्टाउँछु, 'यो हाडमासुको शरीरमा उर्लंने वासनाका आँधी र उत्तेजनाबाट मुक्त इन्दि्रयातीत आनन्द अनुभूति गर्ने मेरो आकांक्षा हो । त्यसभन्दा अघिका खुसीहरूले बगाएर नलैजाऊन् भनी मैले सतर्क रहने चेष्टा गरिरहनुपर्छ ।' यद्यपि केही बोलेमा उसले उडाउन थालिहाल्ली भनेर म चुप्पी साँधिरहन्छु । for more: http://www.nayapatrika.com/newsdetail.php?id=902100955479770&n_id=25
Subscribe to:
Posts (Atom)