नेत्र आचार्य
'चाँडै मर्दै छु भन्ने पीर लाग्दैन ?' एड्स संक्रमित आशा क्षेत्रीलाई सोधियो । 'लाग्दैन,' आशाले कत्ति निराश नभई भनिन्, 'कसैले अजम्मरी बुटी खाएर आएको त छैन, एक दिन सबै मर्नैपर्छ । तपाईं घर नपुग्दै दुर्घटनामा मर्न सक्नुहुन्छ ।' उनले अगाडि भनिन्, 'बाँचुन्जेल मान्छेले सम्मानित र सार्थक जीवन बाँच्ने हो । लामो बाँचेर पनि कसैको जीवन निरर्थक बितिरहेको हुन्छ, त्यस्तो हुनु एड्सभन्दा नराम्रो रोग लागेको होइन र ?'
हाम्रो समाजमा नारीलाई अझै धेरै बाधा बन्धन र नियमका तगारोले छेक्ने काम भइरहेको छ । कहिले परम्पराका नाममा त कहिले परिवारका नाममा । तर, कहिलेकाहीं यथास्थितिलाई बदल्ने हिम्मत भएका नारीहरू पनि जन्मन्छन् । र तिनले मेहनत, लगन र परिश्रमले असार्थकलाई सार्थक बनाइदिन्छन्, बन्धन चुँडालेर उन्मुक्त भइदिन्छन्, शून्यबाट सिर्जना उठाइदिन्छन् । पत्रकार अश्विनी कोइरालाले नेपाली समाजका विविध तह र तप्कामा रहेर जीवनको सार्थकता सिद्ध गर्न सफल भएका महिलासँगको वार्ता प्रकाशित गरेका छन्, 'उनी' ।
कर्मक्षेत्रमा डटेर खटेका संघर्षशील, सिर्जनशील, आँटिला र हिम्मतिला महिलाहरूको जीवन-वार्तामा तिनले आफ्नो गरिमा साबित गरेको पढ्दा पुरुष पाठकसमेत झस्किन्छन् । महिला पाठकलाई त निश्चय नै यस्तो लाग्नेछ, समय हामीलाई कुल्चेर धेरै अगाडि बढिसकेछ, म पो आजसम्म के गर्दै रहेछु ? उनीहरू आफ्नो जीवनको पुनर्मूल्यांकन गर्न थाल्नेछन् ।
जीवनका विभिन्न क्षेत्रमा उपलब्धि हासिल गरेका र समाजमा चिनिएका स्वास्नीमान्छेहरूसँगका यी वार्तामा जीवनका विविध रंग समेटिएका छन् । हरेक वार्तामा फरक स्वादको आस्वादन पाइन्छ । मायाको परिभाषाका सम्बन्धमा हरेक नारीमा गजप वैचित्र्य छ । 'सबैभन्दा कसको माया लाग्छ ?' गिटी कुटेर गुजारा गर्ने लक्ष्मी राई ओठ लेप्राउँदै भन्छिन्, 'कसैको पनि लाग्दैन । मलाई कसले माया गरेको छ र ?' श्रीमान्को पनि लाग्दैन ? 'लाग्दैन, ऊ पनि सुत्ने बेलामा चिल्लो घस्ने त हो ।' स्मिता थापामा पुरुषहरूप्रति यस्तै वितृष्णा देखिन्छ । माया-पे्रम केवल भ्रम हो भन्ने सोचमा कत्ति दुविधा छैन उनलाई । र त भन्छिन्, 'मलाई लोग्ने होइन, लोग्ने मानिस चाहिन्छ । सोह्र वर्षदेखि पुरुषको संगत गर्न थालेकी हुँ । अहिलेसम्म त कति पुगे गन्नै अलमलिन्छु ।' स्मितालाई पुरुष भनेका 'खेलौना हुन्' भन्ने लाग्न थालेको छ । दुई चार महिना वा एकाध वर्ष खेलायो अनि छोडिदियो ।
'स्वतन्त्रता' शीर्षकमा स्मितासँगै राखिएकी आनी छोइङ डोल्माको सोचविपरीत छ । स्मिताका निम्ति एकपछि अर्को पुरुष फेर्दै हिँड्नु स्वतन्त्रता हो, आनीका निम्ति पुरुषको छायामा पर्नु पनि स्वतन्त्रता हनन हुनु हो । आनी भन्छिन्, 'सेक्स भनेकै बन्धन हो । सम्भोगको चाहना पूरा गर्न लोग्ने मानिस चाहियो, अनि विवाह, घर-गृहस्थी, बालबच्चा, पारिवारिक जञ्जाल । क्षणिक आनन्दका लागि यति ठूलो बन्धनको सिर्जना किन गर्नु ?' आनी बनेर जीवनमा सम्भोगको आनन्द नै नलिनु जीवनप्रति अन्याय भएन र ? आनीको जवाफ छ, 'सबैले सबैथोकको अनुभव गर्दैनन् । सबैले रक्सी चुरोट खाँदैनन् । नखानेलाई खानेले यति धेरै आनन्द आउँछ भन्नुको के अर्थ ?'
मायाका सम्बन्धमा होचा कलाकार लोकनाथ ढकालसँग बिहे गरेकी विमला ढकालको अनुभव पेचिलो छ । बिहे गरेपछि परिवार आफन्त सबैले 'तेरा आँखा फुटेका थिए ? कस्तो केटो हेरेको ?' भन्दै छिःछिः गरेछन् । उनी भन्छिन्, 'जीवन बिताउन रूप होइन, माया चाहिन्छ । मैले श्रीमान्बाट जुन माया पाएकी छु, त्यो सबै महिलाको भाग्यमा हुन्छ भन्ने लाग्दैन ।'
प्रेममा मान्छे अन्धो हुन्छ भनिन्छ । ७० वर्षका वृद्ध अपराधी चाल्र्स सोभराजको प्रेममा परिन् निहिता विश्वास । उनीसँग गरिएको कुराकानी रोचक छ । 'म सपनाको राजकुमार सेतो घोडामा आउँछ, कल्पनाको संसारमा पुर्याउँछ भन्ने कुरामा विश्वास गर्दिनँ । गाडीमा, मोटरसाइकलमा, साइकलमा अथवा जहाँबाट पनि मेरो राजकुमार आउन सक्थ्यो । जेलबाट आयो त मैले के गर्ने ?' एउटा अर्को प्रश्नमा उनको जवाफ छ, '२५ वर्षे तन्नेरीभन्दा कम फुर्तिला छैनन् चाल्र्स । बौद्धिक दृष्टिकोणले परिपक्व र मेरो उमेरजस्तै रोमान्टिक । प्रेम थोडा शरीरलाई गर्ने हो र ?'
व्यवसाय चलाउन मृदुला कोइरालाले अमेरिकामा र सविता श्रेष्ठले काठमाण्डूमा गरेको आँट, मेहनत र लगन प्रेरणादायी छ । द्वन्द्वसँग सम्बन्धित वार्तामा अन्तर्वार्ताकारलाई द्वन्द्वको सूत्रपात हुनुका आधारभूत कारण र त्यसको दीर्घकालीन प्रभावबारे खोजबिन गर्न जाँगर नचलेजस्तो देखिन्छ । यति परिवर्तनका लागि त्यति धेरै मानिस मर्नु आवश्यक थियो र भन्नेजस्तो प्रश्न दोहोराई दोहोराई सोध्नुको तुक देखिँदैन । हिंसाको विरोध गर्नु स्वाभाविक हो तर परिस्थितिलाई बुझ्ने चेष्टै नहुनु स्वाभाविक देखिँदैन ।
सशस्त्र द्वन्द्व उठाउनेहरूले धनी र गरिबको असमानता हटाउन, वर्गविहीन समाज निर्माण गर्नका लागि हिंसासमेत प्रयोग गरेका थिए । द्वन्द्व टुंगिएको पनि वर्षौं बितिसक्यो । तर असमानता जस्ताको तस्तै छ । रोचक कुरा, रेडियो सुन्दै गिटी कुट्ने सपना साँचेकी लक्ष्मी राई र मर्सिडिज बेन्ज चढ्ने र यसको रोमान्टिक थि्रल अनुभूति गर्ने सपना साँचेकी सृजना जोशीलाई पढ्दा हाम्रो समाजको यथार्थ चित्रण देखिन्छ । पुस्तकमा यौन शिक्षाको अभावमा पारिवारिक विखण्डन बढ्दै गएको, तेस्रो लिङ्गी र ट्रान्सजेन्डरका प्रसंगहरू समेटिएका छन् । कुशल र मायालु गृहिणीले कसरी पुरुषको व्यक्तित्व चम्काउन मद्दत गर्न सक्छन् भन्ने मार्मिक वार्ताहरू छन् ।
शिक्षा, सञ्चार र विदेश आवागमनको प्रभावले यतिखेर नेपाली महिलाहरू स्वअस्तित्वबारे सचेत हुन थालेका छन् । अर्चना थापाको 'स्वअस्तित्वको खोजी' शीर्षकको कृतिमा ३६ जना महिलाहरूले नारी जीवनका सार्थकता र निरर्थकताहरू केलाएका छन् । तिलक सुनारले दासताको साङ्लो चुँडाउन दलित महिलाले गरेका संघर्षहरू 'परिवर्तनका पाइला'मा समेटेका छन् । 'गरिमा'ले नारी विशेषांक प्रकाशित गरी नारी हृदयका उमसहरू बाहिर ल्याएको छ । जीवन निरर्थक नबितोस् यसका निम्ति नेपाली नारी जगत् एउटा माहोल बनाउँदै छ सायद ।
प्रकाशित मिति: २०६९ मंसिर १६ १०:३५ कान्तिपुर दैनिकमा प्रकाशित पुस्तक समीक्षा