Friday, December 15, 2017
Saturday, August 12, 2017
Tantric Meditation
नेत्र आचार्य
तान्त्रिक ध्यानका विधिहरुप्रति
वर्तमान समयमा मानिसहरुको आकर्षण बढ्दै गएको पाइन्छ । तान्त्रिक विधिहरुका आफ्नै
विशेषता हुन्छन् । तन्त्रको मूलभूत मान्यता जीवनका सबै पक्षहरुलाई स्वीकार गर्नु
हो । घर परिवार र जागिर पेशा सम्हालेर पनि ध्यानको अभ्यासप्रति रुचि र उत्सुकता
भएका सबैका निम्ति तन्त्र साधनाको विकास भएको हो । भोगश्च मोक्षश्च करस्थ एव
अर्थात् कुशल व्यक्तिका लागि संसारको भोग र मोक्ष सुख एकसाथ उपलब्ध हुन सक्छ भन्ने
उदात्त अवधारणामा तान्त्रिक ध्यानविधिहरु आधारित हुन्छन् । तन्त्र साधनामा उपलब्ध
यावत् वस्तु,
व्यक्ति र परिस्थितिको उपयोग आध्यात्मिक चेतना जागृत
गराउनका लागि गरिन्छ ।
मानव जीवन र जगतका सबै आयामलाई ती जस्ता छन् त्यस्तै रुपमा
तन्त्र शास्त्रले स्वीकार गर्दछ । तान्त्रिक ध्यानले साधकको सम्पूर्ण दृष्टि
रुपान्तरण गरिदिन्छ,
वरिपरिका पुस्तक,
टेबुल,
कुर्सी या कोठाका भित्ताहरुमा समेत जीवन भरिदिन्छ ।
तन्त्रको आविष्कार र विकास समकालीन सभ्यता र समयको मागलाई सम्बोधन गर्न भएको हो ।
सबै कुरामा जस्तै साधनाका विधिहरुमा पनि गति,
नवीनता र विकास हुँदै जानु स्वाभाविक पनि हो । विचार र
स्वार्थहरुको ठेलमठेल बढ्दै गएको परिस्थितिमा होसयुक्त,
शान्त र आल्हादपूर्ण जीवन बिताउन चाहने सबैका लागि
तान्त्रिक ध्यान उपयोगी हुन सक्छ ।
गोपनीयता
सन्त कबीरले कतै भनेका छन्, ‘हीरा पायो
गाँठ गठियायो बारबार क्यों खेले ।’
उनको आशय थियो,
बहुमूल्य वस्तु पाउने व्यक्तिले देखाउँदै हिंड्दैन ।
देखाउँदै हिंड्नु प्रदर्शनप्रियता हो र यसो गर्नु आफ्नो योग्यतामा विश्वास नहुनुको
लक्षण हो । वास्तविक सम्पत्तिले मानिसलाई समृद्ध बनाउँछ, छिचरो
बनाउँदैन । तान्त्रिक अभ्यासलाई गोपनीय राखिने मुख्य कारण अदीक्षित व्यक्तिले यी
अभ्यासको सदुपयोग गर्न सक्दैनन् भनेर हो । दीक्षित हुनु महत्वपूर्ण हुन्छ ।
स्वयंभित्रको बुद्धत्वको बीजलाई अंकुरित गर्न दीक्षा आवश्यक हुन्छ ।
शिवले पार्वतीलाई भनेका थिए, ‘अदीक्षिता ये कूर्वन्ति जपपूजादिका क्रिया, न भवन्ति प्रिये तेषां शीलायां न्यस्तबीजवत् ।’ अर्थात् अदीक्षित व्यक्तिले जति नै जप, पूजा आदि गरे पनि ढुंगामा बीऊ छरेजस्तै हुन्छ, फलीभूत हुँदैन । हाम्रा गुरु प्रो नरेशमान बज्राचार्यले पनि अभ्यासको गोपनीयता कायम राख्न भन्नुभएको हो । यद्यपि उहाँकै अनुमतिमा विधिहरु उल्लेख नगरी तान्त्रिक ध्यानका लाभहरु मात्रै यो आलेखमा उजागर गरिने छ । पाठकहरुलाई दीक्षित भएरै तान्त्रिक ध्यानको अभ्यास गर्न रुचि जगाओस् भन्ने पंक्तिकारको आशय हो ।
शिवले पार्वतीलाई भनेका थिए, ‘अदीक्षिता ये कूर्वन्ति जपपूजादिका क्रिया, न भवन्ति प्रिये तेषां शीलायां न्यस्तबीजवत् ।’ अर्थात् अदीक्षित व्यक्तिले जति नै जप, पूजा आदि गरे पनि ढुंगामा बीऊ छरेजस्तै हुन्छ, फलीभूत हुँदैन । हाम्रा गुरु प्रो नरेशमान बज्राचार्यले पनि अभ्यासको गोपनीयता कायम राख्न भन्नुभएको हो । यद्यपि उहाँकै अनुमतिमा विधिहरु उल्लेख नगरी तान्त्रिक ध्यानका लाभहरु मात्रै यो आलेखमा उजागर गरिने छ । पाठकहरुलाई दीक्षित भएरै तान्त्रिक ध्यानको अभ्यास गर्न रुचि जगाओस् भन्ने पंक्तिकारको आशय हो ।
गुरु योग
हिन्दू परम्परामा कुण्डलिनी
ध्यान, जैन
परम्परामा प्रेक्ष्या ध्यान र थेरवादी बौद्ध परम्परामा विपश्यना ध्यान प्रख्यात
भएजस्तै बज्रयानी बौद्ध परम्परामा गुरु योग प्रख्यात छ । बज्रयान प्रवेशका लागि
गुरु योग प्रवेश द्वार जस्तै हो । गुरु योग तान्त्रिक ध्यान विधि हो तर यसलाई
तान्त्रिक पनि भनिंदैन,
ध्यान विधि पनि भनिंदैन । यसलाई त रत्नमण्डल समर्पण
भनेर अभ्यास गरिन्छ । रत्नमण्डल समर्पणलाई तिब्बती लामाहरुले पश्चिमा शिष्यहरुलाई
अभ्यास गराउँदा ‘मण्डला अफरिङ’ भन्छन् ।
तान्त्रिक अभ्यासको विशिष्टता र यसका अद्भुत लाभहरु बुझेपछि शिष्यले कल्पना गर्न
सकिने सम्मको सबभन्दा ठूलो उपहार गुरुलाई समर्पण गर्छ । त्यति ठूलो उपहार समस्त
ब्रह्माण्ड नै हुनसक्छ,
अरु केही पर्याप्त हुँदैन । आँखाले र मनले ठम्याउन सकिनेसम्मको
यो विशाल शून्यता,
महाद्वीप,
महासागर,
हिमालय,
चन्द्रसूर्य सहित सबै प्रकारका रत्नहरु भरिएको
सुगन्धमय पृथ्वी गुरुलाई समर्पण गरेर तान्त्रिक अभ्यास आरम्भ हुन्छ । पञ्चमहाभूतले
बनेको समस्त ब्रह्माण्ड,
सौर्यमण्डल,
पृथ्वी र चन्द्रसूर्यसँग व्यक्तिको जीवन
अन्योन्याश्रित रुपले सम्बन्धित हुन्छ । सबै समर्पण गर्नु भनेको अस्तित्वसँग
पृथकता अन्त्य गर्नु र एकाकार हुनु हो ।
तान्त्रिक अभ्यासमा गुरुको अर्थ
अलि व्यापक हुन्छ । बुद्ध,
धर्म र संघ मुख्य गुरु हुन् । चेतनशील मानिसका रुपमा
जन्म लिन सहयोग गरेका बाबुआमा गुरु हुन् । तान्त्रिक अभ्यासमा दीक्षित गराउने
माध्यम बनेका व्यक्ति गुरु हुन् । तान्त्रिक अभ्यासको परम स्रोत एउटै हो, विभिन्न
व्यक्तिलाई माध्यम बनाएर परम्परा चलिरहन्छ,
स्रोत बहिरहन्छ । सबभन्दा मुख्य गुरु त हरेक व्यक्तिको
आफ्नै मन हो ।
पद्मसम्भवले गुरु शब्दको अर्थ तीन तहमा बुझ्नुपर्ने बताएका थिए, बाह्य, आन्तरिक र
प्रच्छन्न । बाह्य गुरु तान्त्रिक अभ्यासमा डोर्याउने
व्यक्ति हुन सक्छन्,
आन्तरिक गुरु जुन इष्टदेवलाई आराध्य बनाइएको छ ती इदम्
हुन सक्छन् र प्रच्छन्न गुरु त अभ्यासकर्ता व्यक्ति स्वयंको मन हो । यही मन बुद्धू
भएर जीवनभर आयातीत विचारहरुको पछि दौडिरहेको हुन्छ । यही मन बुद्ध भएर निर्वाणको
सुख अनुभूति गर्न सक्छ । मनको बुद्ध स्वभाव चिन्न सक्षम बनाउनु तान्त्रिक अभ्यासको
ध्येय हो ।
ध्यानको अभ्यास
ध्यानको अभ्यासको ध्येय चित्तको
निर्मल, प्राकृतिक या
स्वाभाविक अवस्था प्राप्त गर्नु हो । चित्त विशुद्धिसँगै चित्त स्वाभाविक अवस्थामा
फर्कन्छ । चित्त विशुद्धिका लागि देह विशुद्धि पहिलो शर्त हो ।
योगामृतेक रसपान विशुद्धिचित्तं, पीठादिदेश
गमनेन विशुद्धिदेहम् ।
अर्थात् चित्त विशुद्धिका लागि
योगको अभ्यासबाट प्राप्त अमृत रस पिउनुपर्छ । त्यसभन्दा पहिला देह विशुद्धिका लागि
पीठहरुको तीर्थाटन र आराधना गर्नुपर्छ । चित्त विशुद्धिका लागि गरिने योगाभ्यास नै
ध्यान हो । तान्त्रिक ध्यानको अभ्यास बहुआयामिक हुन्छ । अभ्यासको क्रममा एउटा
कल्पनातीत परिदृश्य निर्माण गरिन्छ जसमा रङ्ग भरिन्छ,
वर्ण तय गरिन्छ,
आकार दिइन्छ,
सुगन्ध थपिन्छ र एक अभूतपूर्व भावभूमि तयार गरिन्छ ।
यी सबै उपक्रमहरु मार्फत इन्द्रियहरुलाई पूर्णतया इङ्गेज गराइन्छ ।
साधना गहिरिंदै
जाँदा अभ्यासकर्ता जहाँ बसेको छ त्यहाँ बसेको हुँदैन,
जसको ध्यान गरिरहेको हुन्छ त्यो इष्टदेव त्यहाँ हुँदैन, जेजस्ता
विधिहरु अनुसरण गरिरहेको हुन्छ ती विधि त्यहाँ हुँदैनन् । समयक्रममा एक क्षण यस्तो
आउँछ जसमा अनायासै शून्यताको बोध हुन्छ र अहङ्कार पूर्ण रुपले गल्छ । अहङ्कार
गलेसँगै रुपान्तरण घटित भइसकेको हुन्छ । ध्याता,
ध्येय र ध्यान एकाकार भइसकेको हुन्छ । अभ्यासकर्ता
रुपान्तरित भइसकेको हुन्छ । संसार र निर्वाण भिन्न प्रतीत हुँदैनन्, संसार नै
निर्वाण स्वरुप भइसकेको हुन्छ । यही अवस्थालाई बौद्ध दर्शनमा अद्वय अवस्था भनिन्छ
।
अद्वय ज्ञान
बौद्ध परम्पराका अभ्यासहरुको
वैशिष्ट्य के हो भने ध्यानले ज्ञानोदय गराउँछ र ज्ञानले ध्यानलाई गहिरो बनाउँछ ।
हिन्दू परम्परामा भने ध्यानको अभ्यासलाई समान महत्व दिएको देखिंदैन । वेदान्तीहरु
भन्छन्, ब्रह्मविद्
ब्रह्मैव भवति अर्थात् ब्रह्मलाई जान्ने व्यक्ति ब्रह्म नै हुन्छ । ज्ञानले मुक्ति
दिन्छ, कुनै
अभ्यासको जरुरत पर्दैन । बुद्धले यो वेदान्ती मान्यतालाई अधुरो, अपुरो
देख्नुभयो र भन्नुभयो नत्थि झानं अपञ्ञस्य नत्थि पञ्ञां अझायत अर्थात् प्रज्ञा नभए
ध्यान लाग्दैन,
ध्यान नगर्नेको प्रज्ञा पुष्ट हुँदैन । बुद्धको दृष्टि
साङ्गोपाङ्ग प्रतीत हुन्छ ।
तान्त्रिक ध्यानमा खासगरी
गुरुयोगको अभ्यासले जीवन र जगतको अद्वय ज्ञान अनुभूति गराउँछ । जीवन र जगत् भिन्न
होइन, एउटै हो
भन्ने बोध गराउँछ । बौद्ध तन्त्रअनुसार चित्तले जब अद्वय ज्ञान साक्षात्कार गर्छ, तब चित्त नै
संसार हो र चित्त नै निर्वाण हो भन्ने रहस्य बोध हुन्छ ।
वासनायुक्त चित्त हजारौं
विचारहरुको घना जंगलमा अलमलिइरहेको हुन्छ,
हराइरहेको हुन्छ । यस्तो अवस्थामा चित्त बिजुलीजस्तै
चञ्चल हुन्छ । चित्तमा राग एवं द्वेष जस्ता दुर्गुणहरु टाँसिएका हुन्छन् । यस्तो
चित्त हुनु नै संसार हो । बौद्ध तान्त्रिक अनङ्गबज्रले भनेका छन्, यही चित्त जब
प्रकाशमान हुन्छ,
विचारहरु स्थिर हुन्छन्,
रागद्वेषहरु विलीन हुन्छन् र चित्त ग्राह्य एवं ग्राहक
भावबाट मुक्त हुन्छ,
भावातीत हुन्छ या अद्वय ज्ञानयुक्त हुन्छ तब यही चित्त
निर्वाण हुन्छ । यसप्रकार चित्त विशुद्धि,
अद्वय ज्ञान र निर्वाण क्रमशः फलित हुन्छन् ।
व्यावहारिक प्रयोग
तान्त्रिक ध्यानको अभ्यासको
व्यावहारिक उपयोग बृहत्तर छ । गुरु नरेशमान बज्राचार्यका अनुसार ‘तान्त्रिक
अभ्यास एक प्रकारले मनको प्रशिक्षण हो । अन्य अवस्थामा व्यर्थका विचार र काममा
अल्मलिइरहने मनलाई साधनामार्फत प्रशिक्षित गरिएपछि मन एकाग्र हुन्छ । मनको
एकाग्रता अन्ततः ध्यानमा रुपान्तरित हुन्छ ।’
ध्यानले मनलाई शुद्ध बनाउँछ । मन शुद्ध हुनु नै
व्यक्ति बुद्ध हुनु हो । बुद्धत्व अनुभूतिसँगै साधकमा अभेद दृष्टि विकसित हुन्छ ।
जब व्यक्तिले जीवन र जगत्लाई भिन्न देख्दैन उसमा जगत्का समस्त वस्तुप्रति नैसर्गिक
प्रेम पैदा हुन्छ ।
सडक या टोलको सरसफाइ तान्त्रिक अभ्यासकर्ताका लागि आफ्नै
शरीरको सरसफाइ जत्तिकै आवश्यक र महत्वपूर्ण हुन्छ । उसले समस्त प्रकृतिलाई आफ्नो
ठान्छ र प्रेम गर्छ,
वातावरणसँग आफ्नो अभिन्नता बोध गर्छ र वातावरणलाई
प्रेम गर्छ । सबै दुःखी मानिसप्रति करुणायुक्त हुन्छ र उनीहरुलाई दुःखबाट मुक्त
गर्न हर तरहले प्रयत्न गर्छ ।
मिति २८ साउन २०७४ मा नागरिक दैनिकमा प्रकाशित ।
http://nagarikplus.nagariknews.com/epaper/src/epaper.php?id=3109#page/8
Thursday, April 27, 2017
शाश्वत धाम घुमघाम

शाश्वत धामभित्र प्रवेश गर्दा मंगल धुन बजिरहेको थियो । मण्डपमा पञ्चकन्याले स्वागत गरे, ढुंगेधारामा गुरुङसेनीहरूले । पञ्चेबाजा घन्किरहेको थियो, नृत्यांगनाहरू नाचिरहेका थिए । देख्दादेख्दै भव्य मञ्चमा सबै धर्म र सम्प्रदायका अगुवाहरू भरिए ।
शिवमन्दिरको विशाल परिसर भक्तिसंगीतले गुञ्जायमान भयो । पानीका फोहोरा छुटे । फूल बर्सिए । यज्ञकुण्डबाट कुमकुमको सुगन्ध चारैतिर फैलियो । शुभ बिहानीमा मानौं आकाशबाट कुनै दिव्य अवतार पदार्पण गर्दैछ, धर्तीको रूप फेरिँदैछ भन्ने आभास हुन्थ्यो । माहोल घनिभूत हुँदै थियो, मानौं समय थामिँदैछ । न भूत थियो, न भविष्य । वर्तमान क्षण सुन्दर र सम्पूर्ण रूपले छाइरहेको थियो । धाम साँच्चिकै शाश्वत प्रतीत भइरहेको थियो ।
शाश्वत शब्दले हरेक मानवलाई सृष्टिको रहस्यसँग जोड्ने चेष्टा गर्छ । परिवर्तनशील सृष्टिमा केही कुरा शाश्वत पनि छ, अस्तित्वमा कुनै शक्ति अविनाशी र सदाबहार पनि छ । बुद्ध, महावीरलगायत तपस्वीले गहिरो ध्यानावस्थामा यो रहस्यको अनुभूति गरिसकेका हुन् । यद्यपि आममानिसका लागि अदृश्य ऊर्जाको स्रोत अझै अव्यक्त र अविदित छ । जे भए पनि मानिस अव्यक्तलाई व्यक्त रूपमा प्रस्तुत गर्न कहिल्यै हार मान्दैन ।
स्वर्गलाई धर्तीमा उतार्न मानिसले हरसमय प्रयत्न जारी राख्छ । शाश्वत धाममा यतिखेर देखिएको भव्यताले मानौं मानिस जातिको उक्त प्रयासको सांगे भइरहेको झल्को दिन्थ्यो । सुन्नलाई मीठो संगीत, हेर्नलाई सुन्दर कलाकृति, सुँघ्नलाई धूपको सुवास । केही विशिष्ट कुराको शुभारम्भ हुँदै गरेको क्षण वर्णनातीत हुँदो रहेछ । मानिसको व्यक्तित्वका सीमा र बन्धनहरू टुट्न थाल्दा रहेछन् ।
मानिस ऊ सम्बद्ध देश, जाति, धर्म, लिंग या वर्ण बिर्सेर ती सबै बन्धनबाट माथि उठ्दो रहेछ । आफैंबाट माथि उठ्दा अस्तित्वसँग एकाकार हुन सम्भव हुँदो रहेछ । क्षणभरका लागि यो सब दृश्य सपनाजस्तै लागिरहेको थियो । त्यस्तो सपना जुन छुन सकिन्छ, जसको तस्बिर खिच्न सकिन्छ ।
तस्बिरमा सबैतिर धर्मो रक्षति रक्षितः चित्रित भइरहेको थियो । संस्कृतको यो सूक्तिले धर्मको रक्षा गरिन्छ भने आफ्नो रक्षा हुन्छ भन्ने आशय उजागर गर्छ । यही सूक्तिलाई मूलमन्त्र मानेको शाश्वत धामलाई आयोजकले आध्यात्मिक शक्ति, सनातन ज्ञान र आत्मानन्दको त्रिवेणीका रूपमा विकसित गर्ने संकल्प गरेको देखियो, सुनियो । विशाल परिसरमा गौशाला, ध्यानगृह, सात्विक भोजनालय, गुरुकुल, मन्दिर र सनातन संस्कृतिको झल्को दिन्छन्, शास्त्रमा वर्णित शाश्वत धामको झल्को दिन्छन् ।
शाश्वत भनेको सदासर्वदा रहिरहने सृष्टिको धारा हो । त्यो धारामा समाहित हुँदा मानिसले निस्सार जीवनको सार फेला पार्छ । त्यो क्षणमा मानिस अधिक मानवीय हुन्छ । एक हौं भन्ने भावना पैदा हुन्छ । एक्लोपनाको कारणले हुने असुरक्षाको भाव, कुण्ठा, बेचैनीको अन्त्य हुन्छ । मानिसको दृष्टि क्षणिक महत्ववका वस्तुबाट हटेर दीर्घकालीन महत्ववका भावनाहरूमा जोडिन्छ ।
मानिसको आशक्ति पद र प्रतिष्ठा, धन र धाकको धङधङीबाट मुक्त भएर प्रेम, मानवता, शान्ति, सौन्दर्य र ज्ञानको आलोक पछ्याउन थाल्छ । यिनै कुराले मानिसको जीवनलाई अधिक जीवनमय बनाउँछन् । यिनै कुराले जीवनलाई शाश्वतसँग जोड्छ । योगासन या ध्यानको अभ्यासले कालक्रममा मानिसमा एउटा विवेक पैदा हुन्छ जसले जीवनमा कुन कुरा अशाश्वत हो र कुन शाश्वत हो भन्ने सिकाउँछ । यति कुराको हेक्का राख्ने व्यक्ति शाश्वततर्फको यात्रामा अग्रसर हुन्छ । यही एक यात्रा हो जुन यात्राको हरेक क्षण आनन्दमय हुन्छ ।
सभा मण्डपमा राष्ट्रपतिको व्यग्रतासाथ प्रतीक्षा भइरहेको थियो । आकाश सफा थियो तर उनको वायुयानको नामोनिशान कतै देखिएन । ९ बजे उद्घाटन हुनुपर्ने, ११ बज्न थाल्दा पनि मुख्य अतिथि आइनन् । अब माहोलको आकर्षण फिका हुन थाल्यो । मञ्चमा आसीन धर्मगुरु हाई काढ्न थाले । बस्दाबस्दै सबै थाके । गर्मी चढिरहेको थियो, भीड बढिरहेको थियो । जता हेरे पनि त्यति सुन्दर ठाउँ अब त पट्यारलाग्दो भइसकेको थियो । अघिसम्मको सुमधुर संगीत पनि कानै खालाजस्तो कर्कश सुनिन थालेको थियो ।
खजुराहो शैलीमा कुँदिएको शिव मन्दिरमा वृकोदर पण्डाहरू भरिभराउ थिए । मन्त्र पढ्ने गुटिका हातमा लिएका यी नंगधडंग व्यक्तिहरूले कुन पुण्य कार्य गर्दैछन् केही बुझ्न सकिँदैनथ्यो । यज्ञकुण्डमा एक हूल भारतीय पुजारीहरू घिउ र अनाज स्वाहा गर्दैथिए । नजिकै गुरुकुल थियो, जहाँ सस्याना बालकहरूलाई वेदका श्लोक पाठ गर्न लगाइएको थियो ।
सायद धर्मभीरु जनहरूलाई भुलाइराख्न कर्मकाण्डको पुनरुत्थान गर्न परेको थियो । नजिकै लुम्बिनीमा पच्चीस सय वर्षपहिला गौतम बुद्धले ठगी धन्दाका रूपमा विकसित भइरहेको कर्मकाण्डलाई निस्तेज गर्न र मानिसलाई वास्तविक रूपले आध्यात्मिक बनाउन शील, समाधि र प्रज्ञाको बाटो देखाएका थिए । आज तिनै बुद्धको सालिकलाई छेउतिर साक्षी राखेर आयातीत पण्डाहरूले सुप्तप्रायः कर्मकाण्डलाई मानौं विद्युतीय झट्का दिएर ब्यूँताउने चेष्टा गर्दै थिए । सायद समय सधैं अग्रगामी हुँदैन ।
अकारण लामो समय नष्ट भएकोमा खिन्न पत्रकारहरू गर्मी छल्नका लागि मञ्चबाट अलि पर लिचीको बगैंचामा शीतल बस्न पुगे । शाश्वत धामभित्रै योग र ध्यानगृह पनि छ भन्ने जानकारी थियो । तर, साधना ग्राम अवलोकन गराउने त परको कुरा, ती ठाउँ कता थिए भन्नेसमेत हामीलाई बताउन आयोजकले आवश्यक ठानेनन् । सबैतिर कुनै अदृश्य ईश्वरको कृपा प्राप्त गर्न पूजा, अर्चना र धूपदीप बालिँदै थियो । पत्रकारहरूको बोली आलोचनात्मक हुँदै गइरहेको थियो । अन्ततः एउटा वायुयान परिसर नजिकै ओर्लियो, राष्ट्रपतिको सभास्थलमा आगमन भयो । शाश्वत धाम उद्घाटन कार्यक्रम शुभारम्भ भयो ।

आर्ट अफ लिभिङका संस्थापक धर्मगुरु रविशंकर मञ्चमा आउँदा उनका सबै शिष्य जुरुक्क उठे र जय गुरुदेव भन्दै चिच्याए । उनलाई यति धेरै सम्मान दिइयो मानौं रविशंकर त्यस झकिझकाउ समारोहका देवता नै हुन् । देवत्वकरण या दानवीकरण गरिहाल्ने मानिसको स्वभाव हो । यहीँनेर त मानिस शाश्वत दृष्टिबाट चुक्न पुग्छ । हरेक वस्तुलाई त्यो जस्तो छ त्यस्तै रूपमा हेर्न सक्नु शाश्वत दृष्टि हो ।
हरेक मानिसमा केही गुण हुन्छन्, केही अवगुण हुन्छन्, केही क्षमता हुन्छन्, केही अक्षमता । गुणको कदर गर्नु तर अवगुणहरूलाई समर्थन नगर्नु शाश्वत दृष्टि हो । कसैलाई तिमी भगवानै हांै भन्नु अल्पदृष्टि हो र यस्तो दृष्टिले शाश्वत धामको यात्रा सम्भव हुँदैन । मानिसका रूपमा पैदा भएका सबै मानिस नै हुन् । देवत्वकरण गर्नु त मानिसले उसको क्षमता, सामथ्र्यमा विश्वास नभएर आफ्ना मुराद पूरा गर्न कसैलाई द्यौता थाप्नु गर्नुसरह हो जसको पाउमा लम्पसार परेर वरदानको याचना गर्न सकियोस् ।
विनोद चौधरी जो ठूला उद्योगपति, व्यापारी हुन् उनले यसप्रकारको मन्दिर किन बनाउनु परेको होला ? सबैको जिज्ञासा मेट्दै चौधरीले आफ्नो स्वागत मन्तव्यमा शंकराचार्यको प्रेरणाबाट धामको परिकल्पना आरम्भ भएको बताए । नेपालजस्तो पुण्य भूमिमा व्यवस्थित र वैदिक विधिले भगवान् शिवको पूजाआराधना गर्ने थलो होस् भनेर मन्दिर र पण्डितहरू उत्पादन गर्ने गुरुकुलसमेत बनाइएको उनले खुलासा गरे ।
चर्को गर्मीमा पसिना पुछ्दै मञ्चमा बसेका धर्मगुरुहरू सायद धर्मसभामा बोल्न आतुर थिए । उनीहरू ९ बज्नुभन्दा पहिल्यैदेखि मञ्चमा उपस्थित भइसकेका थिए । उनीहरूलाई आ–आफ्ना धर्मको आशय व्यक्त गर्नु थियो । सबैले आफ्नो मन्तव्यमा धर्मको सार मानव कल्याण हो भने । सबै धर्मले जोड्ने गर्छन्, तोड्ने गर्दैनन्, ईश्वर एक छन्, चाहे हामीले जुनसुकै नामले पुकारौं, शान्ति सबै धर्मको निचोड हो । सबैको मन्तव्य सुन्दा एउटा निष्कर्ष के निस्किन्थ्यो भने यति कुरा नभने अब धर्म या सम्प्रदाय चलाउन पनि कठिन हुने भयो ।
समाजमा मानिसहरूको बुझाइ या समझको दायरा केही फराकिलो भइसकेको छ । धर्म या सम्प्रदाय सञ्चालकहरूले भित्र जे भने पनि बाहिर खुला मञ्चबाट एकता, मेलमिलाप र समानताका कुरा गर्नैपर्ने भयो । उनीहरूले मुखले जे भने पनि, इतिहास साक्षी छ, समाजमा धर्मको नाममा जति भेदभाव र हिंसा अन्य कुनै कारणले भएको छैन । आशा गरौं, उनीहरूले मुखले एक स्वरले अभिव्यक्त गरेको कुरा उनीहरूको मनकै कुरा होस् र उनीहरूको व्यवहार पनि तदनुरूप होस् ।
उद्घाटनपछिको धर्मसभामा पूर्वराजा ज्ञानेन्द्र पनि उपस्थित थिए । जुन आसनमा केही समयपहिला गणतन्त्र नेपालकी पहिलो महिला राष्ट्रपति बसेकी थिइन्, त्यही आसनमा पूर्वराजा बसेका थिए । प्रवेशद्वारबाहिरै राजदण्ड हातमा लिएका पूर्वराजा ज्ञानेन्द्रका ठूला तस्बिरहरू टाँगिएको देखेर पत्रकार अचम्म परेका थिए । र, तिनमा हाम्रा राजा हाम्रो देश प्राणभन्दा प्यारो छ इत्यादि नारासमेत लेखिएको हुनु कल्पनातीत विषय थियो ।
हामी सबैलाई कतै केही तालमेल नमिलेको, कतै कुनै आग्रह लुकेको आभास भइरह्यो । कर्मकाण्डलाई अध्यात्मसँग जोड्ने, गणतन्त्रमा राजतन्त्र मिसाउनेजस्तो असम्भव प्रयत्न शाश्वत धाममा देखियो । चौधरी गु्रपको मनशाय बुझ्नलाई हामीसँग समय पनि थिएन, पहुँच पनि थिएन । हामीले धामको शोभा हेरेरै चित्त बुझायौं । मोनालिसाको मुस्कान बडा आकर्षक थियो, मनशाय पनि पक्कै सुन्दर हुँदो हो । आशा गरौं, चौधरी गु्रपले संस्कृति विस्तार गर्न केही खँदिलो काम गरेको देख्न पाइयोस् ।
फगत हंगामा खडा करना कोई बडी बात नहीं
सब की उम्मीद ये है कि सूरत बदलनी चाहिए ।
अन्नपूर्ण पोष्टमा २८ फागुन २०७३ मा प्रकाशित
http://www.annapurnapost.com/news/66242फगत हंगामा खडा करना कोई बडी बात नहीं
सब की उम्मीद ये है कि सूरत बदलनी चाहिए ।
अन्नपूर्ण पोष्टमा २८ फागुन २०७३ मा प्रकाशित
Friday, November 11, 2016
Ganesh Bhajan
O Ganesha, you are the leader of Gana, the
semi-divine attendants,
You are the ultimate source of Bliss, Shower
happiness upon us
You are the sun of Lord Shiva and Gauri, You are the
remover of suffering
We chant your prayer first
Though having a long belly, you enjoy riding on a
mouse
You are the remover of obstacles; O God with an Elephant-head
You bestow prosperity, you grant spiritual power,
You favor us with auspiciousness and goodness
We chant your holy name with devotion
Offering sweets and all things you like;
We bow down and worship your goodness.
Shiva Bhajan
In this meaningless world, meaningful word is Shiva
only
Shiva, the auspicious one is Power, Shiva is
Devotion,
and Shiva is the hope of Salvation
Shiva is the dancing God with musical instruments at
hand
O Shankar, you are the loveliest Divinity,
You dance wearing the moon on your head,
You are the destroyer of Tri-pura,
Om, Hara, Om, Hara, Om, Hara, Hara, Hara, Hara Om
We Salute Lord Shiva Chanting the mantra Om,
We Salute Lord Shiva Chanting the mantra Om,
We Salute Lord Shiva Chanting the mantra Om,
O Lord Shiva you enjoy the company of most beautiful
Girija,
You enjoy the wearing Moon on your head as ornament,
We salute to the Lord Shankar, the Dancing God, the
destroyer of Tri-pura
Buddha Bhajan
I take refuge to him who set the wheel of Dhamma in
motion,
I take
refuge in the Buddha.
I take
refuge in the Dharma.
I take
refuge in the Sangha.
Krishna Bhajan
I salute Krishan, the source of bliss,
I salute Krishna, I salute Krishna,
I salute the source of bliss,
Oh Krishna, you feel good carrying a fluite,
You are the enchanting musician to spread happiness
Oh Krishna, you lifted the mountain to save the
powerless,
Oh Hari, you are the wanderer around the bank of Yamuna
river.
Shiva Bhajan
Oh Shiva, You are the auspicious one,
You are the holder of the holy bow named Pinak
You are harder than a thunderbolt and softer than a
flower
You love dwelling on copper like reddish-brown
mountain
You feel good wearing the moon on your head,
You are the fountain of all virtues,
You are the Supreme God,
You are the refuge of all suffering people
You are fully at peace since time immemorial,
We salute you Oh peaceful lord of living beings
You are the owner of all jewels, You renounce
everything,
You are shining with a jewel named Marakata-Mani
You are the seed of the world, You are wider like
the world
We salute you Lord Shiva, Oh Shambhu!!
Guru Bhajan
Guru is the mother, Guru is the father,
Guru is the brother, Guru is the company
We salute at your holy feet for thousands times
You are the loveliest; You are the owner of life,
We salute at your holy feet for thousands times
You are power, you are devotion
You are the salvation, you are my lovely Shiva,
You are the inspiration, You are my spiritual
practice,
You are my sacred worship, you are my lovely Shiva,
You are Love, You are the compassion,
You are the salvation, you are my lovely Shiva,
Friday, February 13, 2015
मानसिक बन्धन
बूढोले भन्यो,
‘डोरी र किलो त मसँग पनि छैन । तर मलाई एउटा उपाय थाहा छ ।
उँटलाई डोरी र किलो बिना नै बाँध्न सकिन्छ ।
‘कसरी ?’ व्यापारीहरूले
आश्चर्यमान्दै सोधे ।
बूढोले भन्यो,
‘यस्तो अँध्यारो छ । तपाइँहरू त्यस उँटको छेउमा जानुहोस्
किलो गाड्नुहोस् र उँटलाई डोरीमा बाँध्नुहोस् । अब यति गरेपछि उँटलाई बस्
भन्नुहोस्,
त्यो केही छिनमै निदाउन थाल्नेछ ।’
‘हामीसँग किला र डोरी नै छैन भनेर तपाइँलाई भनिसक्यौं । अब
कुन चाहिँ किला गाड्नु र कुन डोरी बाँध्नु ?’ व्यापारीहरूले उदेक मान्दै भने ।
त्यस बूढो मानिसले भन्यो, ‘यस्तो किलो
गाड जुन तिमीहरूसँग छैन । तर किलो गाडेजस्तै आवाज निकाल्नुपर्छ । किलो छैन भन्ने
कुराको फिक्री नगर । अन्धकारमा तिमीहरूले साँच्चैको किलो गाड्यौ कि हुँदै नभएको
किलो गाड्ने बहाना गर्दैछौ ऊँटले कसरी थाहा पाउँछ ? किलो गाड । अब ऊँटको घाँटीमा हात लगाऊ र डोरी बाँधेजस्तो गर । अब ऊँटलाई बस्
भन,
ऊँट सुत्नेछ । त्यति धेरै ऊँट सुतिसकेका हुँदा एउटा ऊँट
यताउति लाग्ने सम्भावना असाध्यै कम हुन्छ । ऊँट मजाले सुत्नेछ । मानिस त भीडको पछि
लाग्छन् भने त्यो त ऊँट भयो ।’
व्यापारीहरूले त्यसै गरे । बाध्यता थियो । बाध्यतामा गरे । विश्वास त
उनीहरूलाई थिएन;
नभएको किलोमा ऊँट बाँधिन्छ भन्ने । यद्यपि उनीहरूले प्रयोग
गरेर हेरौं न त भन्ने सोचे । उनीहरू ऊँट भएको ठाउँमा गए, किला गाडेको जस्तो आवाज गरे र ऊँटको घाँटीमा हात लगाएर डोरी
बाँधेजस्तो गरे । अब ऊँटलाई थपथपाउँदै भने – ‘बस् ।’
नभन्दै ऊँट बस्यो । व्यापारीहरू दङ्ग पर्दै पालभित्र पसेर
सुते ।
उज्यालो भएपछि यात्राको तयारी सुरु भयो । डोरी फुस्काइए, ऊँटहरू खोलिए र किला उखेलिए । जसलाई बाँधिएकै थिएन त्यसको
कुन किलो उखेल्नु,
कुन डोरी फुस्काउनु ? तर आश्चर्य त्यही ऊँट उठेन । सबै ऊँट बाटो लागिसके तर त्यो एउटा ऊँट बसेको
ठाउँबाट डेग चलेन । जति पिट्दा, घचेट्दा पनि
केही सिप लागेन । त्यतिखेरै बासस्थानको मालिक बूढो आइपुग्यो । त्यो देखेर उसले
भन्यो,
‘अब यसो गर्नुहोस्, त्यस ऊँटको डोरी फुस्काइदिनुहोस्, किला उखेल्नुहोस् ।’
रनभुल्ल परेका व्यापारीहरूले भने, ‘अब यस ऊँटको कुन चाहिँ डोरी फुस्काइदिनु, कुन किला उखेल्नु ?’
‘जुन डोरीमा तपाइँहरूले बाँध्नुभएथ्यो त्यही फुस्काइदिनुहोस्
। कम्तीमा डोरी फुस्काएको,
किला उखेलेको जस्तो गर्नुहोस् ।’
व्यापारीहरूले त्यसै गरे । ऊँटको घाँटीमा हात लगाए र डोरी फुस्काएजस्तो गरे, भुइँबाट किला उखेलेजस्तो आवाज गरे ।
आश्चर्य ! ऊँट जुरुक्क उठ्यो र समूहमा गएर उभियो ।
यो ऊँटको भन्दा अधिक मानिसहरूको कथा हो । मानिसहरू त्यो ऊँट बाँधिए जसरी नै
बाँधिएका छन् । ऊँट त पशु हो; बाँधियो, मानिसलाई यस्तो हालतमा देख्दा दया लाग्छ । उनीहरू यस्तो
किलोमा बाँधिएका छन् जसको कुनै अस्तित्व छैन, यस्तो डोरीको बन्धनमा परेका छन् जुन कतै छँदै छैन । मानिसहरू उठ्ने हिम्मतसम्म
गर्दैनन्,
उभिएर आफ्नै खुट्टामा हिँड्ने साहस गर्न सक्दैनन् । भन्छन्, हामी त बाँधिएका छौं । भविष्यको चिन्ता, जागिरको बाध्यता, परिवारको बन्धन आदि आदि ।
ज्ञानको अकड,
कर्ता हुनुको अहम्, कर्मको संस्कार,
रीतिथितिको परम्परा । यी सबै मानसिक बन्धनहरू हुन् जसको
कुनै अस्तित्व छैन । समस्या के छ भने पहिला त हामी अस्तित्व नै नभएको किलोमा
बाँधिएका छौं भन्ने स्वीकार गर्न हाम्रो अहंकार राजी हुँदैन ।
(स्रोतः बुद्धका आँखामा आम्रपालि http://tantranet.blogspot.in/2014/07/blog-post.htm)
(स्रोतः बुद्धका आँखामा आम्रपालि http://tantranet.blogspot.in/2014/07/blog-post.htm)
Subscribe to:
Posts (Atom)