– नेत्र आचार्य
पचास–साठी गाई लहरै बाँधिएको गोठमा पस्दा गोबरको हल्का सुगन्ध महसुस भयो । घाँसपातलाई मेसिनमा पेलेर मसिनो बनाएपछि त्यसमा आश्रममै बनाएको दाना मिसाइयो र गाईहरुलाई खान दिइयो । पुष्ट गाईहरुका रहरलाग्दा फाँचा भरिभराउ दूधले भरिभराउ देखिन्थे । दैनिक चार सय लिटर ‘अग्र्यानिक’ दूध उत्पादन हुँदोरहेछ । हामी मास्तिर उक्लियौं ।
माथ्लो तलामा घरेलु प्रविधिबाट पस्मिनाका च्यादर तयार हुँदै रहेछन् । बाहिर बरण्डामा स्थायी रंगहरु पगालेर धागोलाई रंगाइँदै थियो । उत्पादित च्यादरहरु विभिन्न देशबाट माग हुँदोरहेछ । स्कूल भवनमा छिर्यौं । खाली समयमा बाबुनानीहरु तोते बोली बोल्दै लुकामारी खेल्दै छन् । भव्य पुस्तकालय, दराजमा श्री अरविन्दोका योगसम्बन्धी ग्रन्थहरु लहरै सजाइएको । छेवैको कोठामा थाङ्का बनाइँदै रहेछ । बुद्धको सौम्य मुहारमा हेर्दाहेर्दै शान्ति, प्रेम र करुणा पोतियो । कलाकारले गहन सन्तोषको सास फेरे । नजिकैको हनुमान मन्दिरमा फूल चढाएर हामी ध्यान स्थलतिर लाग्यौं ।
ध्यान हल अलग्गै भवनमा रहेछ । त्यहाँको मौनता यति सघन थियो मानो एकै छिनलाई मनमा विचारको कोलाहल समाप्त भयो । स्थिरता, चैन र समरसताको गहन अनुभूति भयो । हामीलाई आश्रम देखाउँदै गरेकी लक्ष्मी घिमिरेले माथ्लो तलामा जान संकेत गरिन् । रंगमञ्च । लक्ष्मीजीको भरत नाट्यम्को साधना स्थल । चेन्नइबाट आर्ट एण्ड आर्किटेक्टमा ग्रयाजुएसन गरेकी उनले राष्ट्रिय नाचघरमा एकल नृत्य प्रदर्शन गरिसकेकी रहिछन् ।
भान्छाघर । आश्रमका दुई सय साधक र विद्यार्थीले एकसाथ भोजन गर्न मिल्ने फराकिलो हल । जता हेरे पनि बालक, तन्नेरी र वृद्धवृद्धा सबैले आ–आफ्नो क्षमता र योग्यताअनुसारको काम गरिरहेका । तरकारी केलाउने, चामल निफन्ने, मकै भुत्ल्याउने, लुगा धुने, सरसफाइ, अध्ययन–अध्यापन, पूजा–पाठ, खेलकुद । उसिनेका मकै दहीसँग खाँदैगरेकी दुर्गाजीले भान्छाबाटै भोक लाग्यो कि भनी सोधिन् । हामी आश्रमका परिकल्पनाकार रामचन्द्र दासलाई भेट्न गयौं ।
दासको परिकल्पना : काम र रामको फ्युजन
हाम्रा सामु रामचन्द्र दासको सरलता, गाम्भीर्य र ओज प्रभावी थियो । जीवनको अर्थ खोज्दै पण्डिचेरी स्थित श्री अरविन्दो आश्रममा पुगी एक दशक बिताएपछि उनी चन्द्रमणि भुसालबाट रामचन्द्र दास बने । उनको आन्तरिक शान्तिको प्यास मेटिएको थियो । स्वदेशमै केही गरौं भन्ने संकल्प लिई बीस वर्ष पहिला फर्किए, तर स्वदेशको स्थिति सन्तोषजनक थिएन । आधुनिकताको प्रभावले बढ्दो गरिबी, छिन्नभिन्न परिवार र बालबालिकाको दुर्गति । उनले कम्तीमा बालबालिकाको कल्याण गर्ने संकल्प लिई थानकोटमा श्री अरविन्दो योग मन्दिरको स्थापना गरे । कालक्रममा कैयौं प्रौढहरुले पनि आश्रममा आश्रय लिए । आश्रमकै आम्दानी र सबैको सहयोगले अग्ला भवनहरु बने, गौशाला बन्यो, जैविक खेती प्रणाली सुरु गरियो र स्कूल सञ्चालन भयो ।
कहीँ पुग्दा मानिसमा कल्पनाशीलता, सृजनशीलता, उज्वल भविष्यको परिकल्पना, आशावाद, काम र जीवनप्रति प्रेम अझै बचेखुचेको देख्न पाउनु सन्तोष र सौभाग्य हो । आम रुपमा आजभोलि मानिसहरु जीवनप्रति निराश छन्, अँध्यारो भविष्य कल्पेर हताश छन्, काममा कत्ति लगाव छैन, परिश्रममा विश्वास छैन, नेता वा अरु कसैले विकास ल्याइदिएन र जीवन बर्बाद भयो भन्ने सोच हावी छ । आश्रममा बिल्कुलै भिन्न दृश्य देख्न पाइयो । सबैले आ–आफ्नो काम गरिराखेका थिए, चेहरामा प्रसन्नता थियो, काममा लगन थियो, भविष्यप्रति निश्चिन्तता थियो ।
यस्तो लाग्थ्यो, आश्रमको परिवेशमा अध्यात्म र भौतिकता फरक–फरक कुरा हुन् भन्ने धारणा मेटिँदै थियो । आजसम्मको आम मान्यता त यही छ : अध्यात्म भनेको योग, ध्यान, सन्यास, एकान्तवास, जीवनबाट विरक्ति । र भौतिकता भनेको जागिर, घर, गाडी, कामकाज, दौडधूप, तनाव वा मोजमस्ती, असन्तोष वा ऐशआराम । लाग्थ्यो, आश्रमको जीवनचर्या देख्दा अध्यात्म र भौतिकताबीचको सीमारेखा मेटिंदै छ, विपरीत मानिएका दुई खालका जीवनपद्धतिबीच मानौ फ्युजन हुँदै छ ।
यस्तो कसरी सम्भव भइराखेको थियो त ? हाम्रो जिज्ञासा क्रमशः शान्त भयो । एउटा मूल मन्त्र सबैको जिब्रोमै झुण्डिएको रहेछ : ‘समग्र जीवन योग हो ।’ एकाध आधारभूत दृष्टिकोण परिवर्तन गरेर जीवनलाई योगमय बनाउन सकिन्छ । उही काम प्रेम र ध्यानपूर्वक गर्दा अध्यात्मबोध हुन्छ । काम र रामको फ्युजन हुन्छ । आदर्श भनौं वा दृष्टिकोण यत्ति हो । र, यो आदर्शमा बाँच्न सिकाउन बालकलाई जति सजिलो अरुलाई हुँदैन । त्यसैले पहिला विद्यालय खोलियो । रामचन्द्र दासले भने, ‘समय लाग्न सक्छ तर, बाल्यकालमै यो आदर्शमा दीक्षित गराउन सके उनीहरुले आजीवन दिव्यताको अनुभूति गरिरहन सक्छन्, मातृभूमिको कल्याणका लागि योग्य जनशक्ति तयार हुन सक्छ ।’
आफू नरहे पनि मातृभूमिलाई माया गर्ने पुस्ता तयार गरेर विदा हुने सुष्ठु संकल्प । हुन पनि, सभ्य र विकसित विश्वका सामु हाम्रो मातृभूमिको अवस्था दयनीय छ । आज नेपाल आमाको दोहोलो काढिएको छ । हामी आम मानिसहरु भने रमिते भएर बसिराखेका छौं । कोही व्यक्ति आमाको छातीमा चढेर उन्मत्त भएको देख्दा उनको छोरो हेरेर बस्न सक्दैन । हातमा औजार हुने औजार लिएर दौडन्छ, कलम हुने कलम लिएर दौडन्छ, शस्त्र हुने त्यही लिएर दौडन्छ, साथमा केही नहुने आवाज लिएर दौडन्छ, तर हेरेर बस्दैन । रामचन्द्रदास अरविन्दोबाट प्राप्त ज्ञान र कर्मको फ्युजनको धारणालाई उपयोग गरेर मातृभूमिको सेवामा जुटेका देखिन्छन् ।
श्री अरविन्दोको योग–दर्शन
दासलाई यो संकल्पमा प्रेरणा र आत्मबल दिने श्री अरविन्दोको योग दर्शन नै हो । जीवन र योगलाई भिन्न नदेख्ने दृष्टि । धर्म सजाएर राख्ने आदर्श मात्र होइन, योग दुई घण्टा उछलकुद गर्ने कसरत मात्र होइन, अध्यात्म दर्शन जानेर–मानेर बस्ने जजमानी मात्रै होइन, यी त जीवनका अधिकतम सम्भावनाहरुमा बाँच्ने पद्धति हुन् । मानव उ¬िद्वकास रोकिएको छैन । यही मान्यताका साथ मानवका अनन्त सम्भाव्यताहरु पहिल्याउन अग्रसर छ अरविन्दो योग ।
फ्रेडरिक नित्सेको परिकल्पना थियो : जसरी बाँदरबाट विकसित भएर मानवको उत्पत्ति भएको थियो त्यसैगरी मानव विकसित हुँदै महामानव हुनेछ ।
श्री अरविन्दोको परिकल्पना अझ अगाडि छ । उनी भन्छन् : उद्विकास रोकिएको छैन । विवेक नै अन्तिम शब्द होइन, विवेकी प्राणी नै प्रकृतिको सर्वोत्कृष्ट प्राणी होइन । जनवारहरुको बीचबाट मानिस प्रकट भएझैं मानव जाति विकसित हुँदै महामानव हुनेछन् ।
बोधिसत्वले सबैको दुख मुक्ति नभएसम्म निर्वाणको अवस्थामा प्रवेश नगर्ने संकल्प गर्छन् । बौद्ध दर्शनमा एक–एक गर्दै हरेक व्यक्तिले मुक्ति पाउने परिकल्पना थियो । वर्तमान युगमा हामीलाई चाहिएको व्यक्ति–व्यक्तिको रुपान्तरण हैन, समाजको रुपान्तरण हो । तर पूर्वीय दर्शनमै समाजको एकसाथ रुपान्तरणको अवधारणाको अभाव देखिन्छ । श्री अरविन्दोले ‘पूर्ण योग’ को अवधारणा विकसित गरे । पूर्ण योग रुपान्तरणको योग हो जहाँ समस्त चेतना र प्रकृति माथिदेखि तलसम्म एकसाथ रुपान्तरण हुन्छ । यस्तो रुपान्तरण हरेक मानिस दिव्य प्रभाव र दिशा अपनाउन पूर्णतया ग्रहणशील र तम्तयार नभएसम्म सम्भव हुँदैन ।
यसका निम्ति श्री अरविन्दोले ‘लाइफ डिभाइन’ अर्थात् दिव्य जीवनको परिकल्पना गरे । व्यक्ति, वस्तु वा कामलाई यो आध्यात्मिक र त्यो भौतिक, यो वन्दनीय र त्यो त्यज्य, यो प्रिय र त्यो अप्रिय भनी भेददृष्टि नराखी समग्र जीवन र यसका गतिविधिमा दिव्यता देख्न सक्नु प्राथमिक चरण हो । यही अभ्यासका क्रममा व्यक्ति रुपान्तरणलाई आत्मसात गर्न सक्षम हुन्छ ।
जीवनलाई अनन्य प्रेम गर्ने पण्डिचेरीका प्रसिद्ध सन्त एवं दार्शनिक श्री अरविन्दोले समग्र जीवनलाई योगमा रुपान्तरण गराउने व्यवस्थित प्रणाली विकसित गरेका छन् । कर्मयोगी अरविन्दो भन्छन् ः अरुले देशलाई जंगल, पहाड, मैदान र नदीनाला सम्झन्छन्, म देशलाई आफ्नी आमा मान्छु । उनको पूजा गर्छु, मातृभक्तिमा जस्तो जीवनको आनन्द मैले अरु कुरामा भेटेको छैन ।
हरेक व्यक्तिले आफूमा यही स्तरको मातृभूमि प्रेम विकसित गर्न सकून् भन्ने अरविन्दो योगको अभीष्ट हो । यो सदिच्छा मनमा जागृत हुँदा यसले साकार रुप लिन असम्भव पनि छैन । केवल हामीले आफ्नो वास्तविक क्षमताको पहिचान गर्नु आवश्यक छ । हाम्रो वास्तविक शत्रु हामीबाहिरको कुनै शक्ति होइन । हाम्रो आफ्नै रोइलो, कमजोरी, कायरता र स्वार्थीपना, हाम्रो पाखण्ड र अन्यौलग्रस्त ‘सेन्टिमेन्टालिटी’ नै हाम्रा मुख्य शत्रु हुन् ।
जीवनका अनन्त सम्भावना पहिल्याउने महनीय व्यक्तित्व श्री अरविन्दोप्रति भावविभोर हुँदै विख्यात कवि रवीन्द्रनाथ ठाकुरले लेखेका छन्, ‘धेरै पहिला अरविन्दोमा यौवनको उत्ताल ऊर्जासहितको नायकीय व्यक्तित्व देख्दा मैले गाएको थिएँ : ‘अरविन्दो, रवीन्द्रनाथको नमन स्वीकार गर ।’ आज मैले उनलाई प्रज्ञाको प्रशान्ततामा देखेँ र मौन भाषामा भनेँ : अरविन्दो, रवीन्द्रनाथको नमन स्वीकार गर ।’
साँझपख श्री अरविन्दो योग आश्रमबाट फर्कंदा यस्तो लागिरहेको थियो : नेपाल एउटा सुन्दर बगैंचा हो, हामी सबै माली । मालीहरुलाई आफ्नो बगैंचाको महत्ता, सौन्दर्य र गरिमा बोध भएका दिन यसको कायापलट हुन समय लाग्नेछैन । बुद्धको देश, सगरमाथाको देश समृद्धिको देशमा रुपान्तरित हुन सक्छ । यही सुदूर भविष्यका निम्ति सस्याना बालबालिकालाई दीक्षित गरिरहेका रामचन्द्र दासको कर्मयोगलाई सलाम ।