मान्छेमा स्नेह, दयालुता र कोमलता छैन भने जीवन निरस, कठोर र कुरुप हुँदै जान्छ । जति जति उमेर बढ्दै जान्छ, मानिसले जिन्दगीलाई राजनीति, नोकरी र परिवारको चिन्ताले भर्नथाल्छ । मानिस भयभीत रहन थाल्छ, र विस्तारै विस्तारै आफ्ना सारा संवेदनशीलता गुमाउँछ । तब न उसले अस्ताउँदो सूर्य, न बादल, न ताराहरु देख्नसक्छ । उमेर बढ्नुको साथसाथै आफ्नै बुद्धिले मानिसको जीवन तहस-नहस गर्न थाल्छ ।