कौवाले मरेको मूसो फेला पारेको रहेछ । पन्ध्र, बीस कौवाले उसको पिछा गरिराखेका थिए । ऊ तिनलाई छल्दै सक्दो छिटो एकान्त ठाउँमा पुग्न चाहन्थ्यो । पिछलग्गूहरुले उसलाई ठुँगिरहेका थिए । कौवा रगतपच्छे भइसकेको थियो । यो के भइरहेको हो, उसले केही बुझ्न सकेको थिएन । अचानक उसको चुच्चोबाट मूसो भुइँमा खस्यो । सबै मूसो टिप्न तँछाडमछाड गर्न थाले । बल्ल उसले चैनको सास लियो ।