Saturday, July 12, 2014

ध्यान कहाँ छ ?



नेत्र आचार्य

सन्त कबीर तीर्थयात्रा गर्दै हरिद्वार पुगेका थिए । एक बिहान घामको झुल्कोमा उनी गंगा नुहाउन नदी किनारमा पुगे । कबीरले पवित्र गंगा जलमा डुबुल्की लगाए र सफा लुगा पहिरेर नदी किनारमा विचरण गर्न थाले । एउटा पण्डित किनारमा बसेर माला जप्दै थियो । शरीरमा धोती बेरेको र लामो टुप्पी पालेको त्यो पण्डितको अनुहार ध्यानमग्न थिएन । कबीरले थाहा पाइहाले, पण्डितको ध्यान मालामा कम र नदीमा नुहाइरहेका स्त्रीहरुमा अधिक थियो । पण्डितले मुखले मन्त्रोच्चारण गरिरहेको थियो, हातले माला जपिरहेको थियो तर उसको दृष्टि बारम्बार स्त्रीहरुको शरीर अवलोकनमा तल्लीन थियो । यो देखेर कबीरको मुखबाट तत्क्षण एउटा कविता निस्क्यो — माला तो कर में फिरे, जीभ फिरे मुख माँही । मनुवा तू दशों दिशा फिरे, ये तो सुमिरण नाहीँ । 

आजभन्दा छ सय वर्ष पहिला अर्थात् सन्त कबीरको जमानामा मानिसको ध्यान खिच्ने थोरै कुरा मात्र थिए होला । यद्यपि त्यस बखत पनि अन्तर्मुखी हुन कठिन थियो । सन्त कबीरले यही यथार्थ संकेत गरेका हुन् सायद । वर्तमान समयमा मानिसको ध्यान खिच्ने व्यक्ति, वस्तु र तरिकाहरु अनगिन्ती छन् । अचेल ध्यानको अभ्यास गर्नु कठिनतम हुँदै गइरहेको छ । के कसरी मानिसको ध्यान तान्ने उपक्रमहरु भइरहेका छन् र तीबाट बच्न के विधि अपनाउन सकिन्छ भन्ने चर्चा गर्नु यो आलेखको विषयवस्तु हो ।
आजभोलि ध्यानको लोकप्रियता बढ्दै गइरहेको देखिन्छ । डाँडाकाँडा र थुम्काहरुमा तिब्बती मूलका रिन्पोछेहरुले निर्माण गरेका विशाल गुम्बाहरुमा मात्र होइन, शहरको छेउछाउका पाखाहरुमा बग्रेल्ती खुल्दै गएका आश्रम वा योग केन्द्रहरुमा ध्यानको अभ्यासलाई प्राथमिकतामा राखिएको पाइन्छ । ठमेलजस्ता पर्यटकीय इलाकामा होटलहरुले योग र ध्यानलाई पाहुनाको आकर्षण बनाउन थालेको धेरै अघिदेखि हो । ध्यानको लोकप्रियता बढाउन बूढानीलकण्ठमा सन् असीको दशकमा खुलेको विपश्यना ध्यान केन्द्रले धेरै नै भूमिका खेलेको छ । कम्तीमा मानसिक अशान्ति र तनावबाट मुक्त हुनका लागि ध्यानको अभ्यास उपयोगी हुँदोरहेछ भन्नेमा सबै विश्वस्त भइसकेका छन् । यस परिदृश्यमा ध्यानमा बाधा पुर्याउने तत्वहरु र तीबाट आफूलाई जोगाउने उपाय जान्नु निश्चय नै लाभदायी हुनेछ । 
दिनानुदिन बजारीकृत हुँदै गइरहेको वर्तमान समयमा मानिसहरुको ध्यान वस्तु र सेवाहरुमा आकर्षित गर्न लाखौं करोडौं रुपियाँ लगानी गरिन्छ । ताकि मानिसहरु आकर्षित होऊन् र उत्पादक या सेवा प्रदायक कम्पनीहरुका उत्पादनहरु खरिद गरुन् । 
हामीले आफूलाई यति स्वच्छन्द पाराले छोडिदिन्छौ कि हामीलाई आफू अरुद्वारा नियन्त्रित भएको र उपभुक्त भएको पत्तै हुँदैन । हाम्रो बहुमूल्य समय, सम्पत्ति र ऊर्जा परिशोषित भएको हामीले हेक्कै राखेका हुँदैनौं । हामी टेलिभिजनको अगाडि या इन्टरनेट सर्फिङ गरेर घण्टौं बसिदिन्छौं । हाम्रो मनको एकाग्रतालाई मिडियाका सूचना, जानकारी र विज्ञापनका प्रचारबाजीहरुले त्यसैगरी भताभुङ्ग पारिदिन्छन् जसरी तोपगोलाहरुको वर्षाले सेनाका टुकडीहरु छिन्नभिन्न हुन्छन् । तब मात्र हामी ती वस्तु वा सेवाहरुको खरिद गर्न जान्छौं र दिनरात नभनी कमाएको सम्पत्ति नष्ट गरिदिन्छौं । हामीलाई सुख र शान्ति  चाहिएको हो । सुख र शान्ति पाइन्छ भन्ने बारम्बार सुनेपछि हामी झण्डै विश्वस्त भइहाल्छौं र चाहिएका वा नचाहिएका सामग्री बटुल्छौं । तर यस उपक्रममा वास्तवमा लाभान्वित हुने केवल वस्तु वा सेवा प्रदायक, प्रचारकर्ता वा तिनका एजेन्टहरु हुन्छन् । तिनीहरुको स्वार्थ र बैंक ब्यालेन्स बढिरहन्छ, हामी एकपछि अर्को खरिददारीको कुलतमा फस्छौं र आफ्नो समय, सम्पत्ति एवं ऊर्जा समाप्त पार्छौं । आफ्नै नाभिको सुगन्ध खोज्न कस्तुरी मृग जंगल जंगल चाहारेर थकित भएजस्तै । 

बाहिरी वस्तु तथा सेवाहरुले आन्तरिक सुख र शान्ति दिन सक्दैनन् । यो कुरा आफ्नै अनुभव र अनुभूतिबाट बुझ्न थालेपछि मात्र मानिस आध्यात्मिक पुस्तकहरु पढ्न वा चर्चाहरु सुन्न थाल्छ, अनि मात्र विस्तारै विस्तारै अन्तर्मनमा चियाउने चेष्टा गर्न थाल्छ । साधनाका पद्धतिहरुमा उसको रुचि बढ्न थाल्छ । 
बाहिरी वस्तुहरुमा विक्षिप्त भएको मनलाई एकाग्र बनाउन केही साधना विधि या पद्धति आवश्यक हुन्छन् । चेतना अर्थात् हामीभित्रको वास्तविक साक्षी सत्ताको साक्षात्कार गर्न पहिला त मनलाई अन्तर्मुखी बनाउनुपर्छ । त्यसको लागि ध्यान अपरिहार्य हुन्छ । र ध्यानका लागि मनलाई एकाग्र, एकचित्त बनाउनुपर्छ । 
मनलाई एकाग्र बनाउन माला जपेर वा मन्त्रोच्चारण गरेर मात्र पुग्दैन, ध्यान कहाँ छ भन्ने कुरा अधिक महत्वपूर्ण हुन्छ । ध्यान आफूतर्फ फर्काउनु आध्यात्मिक साधनाको पहिलो सिंढी हो । ध्यान एकाग्र बनाउनका लागि इन्द्रिय संयम आवश्यक हुन्छ । इन्द्रिय संयमका सम्बन्धमा भगवान बुद्ध भन्नुहुन्छ, निष्फला नेत्र विक्षेपा नकर्तव्या कदाचन । निध्यायन्तीव शततं कुर्यात् दृष्टिरधोगतम् । अर्थात्, बिनाकाम कहिल्यै पनि आँखा यताउता नडुलाउनु । बाटोमा हिँड्दा पनि ध्यानमग्न भएझैं चार कदम अगाडि मात्र हेर्नू । पूर्वीय अध्यात्म परम्परामा साधनाका सयौं विधिहरु पाइन्छन् । आफूलाई कुन विधि उपयुक्त हुन्छ यो पत्तो लगाउने काम व्यक्तिको आफ्नै हो । विपश्यना ध्यान, प्रेक्षा ध्यान, चक्र ध्यान, अष्टाङ्ग योग साधना, कुण्डलिनी तन्त्र ध्यान, मन्त्र ध्यान पद्धति आदि सबैको अध्ययन र अभ्यास गरेपछि आफूलाई उपयुक्त विधि पत्तो लाग्छ ।
यी विधि र पद्धतिहरुले ध्यान साधकको बाहिर भट्किइरहेको चित्तलाई आफूतिर फर्काउन मदत गर्छन् । चित्त एकाग्र हुँदै गएपछि चित्तका संस्कारहरु नष्ट हुन्छन् । संस्कार रहित मन शुद्ध र पवित्र हुन थाल्छ । तब मात्र मनको स्वच्छ दर्पणमा चेतनाको निर्मल ज्योति देखा पर्न थाल्छ । मन शुद्ध भएपछि मात्र व्यक्तिले मौनको भाषा बुझ्न थाल्छ । त्यसैले भनिएको हो सायद, जसको मन शुद्ध उसका भगवान् बुद्ध । 
‘मान्छेको मन उज्यालो छ भने व्यक्तित्वमा सौन्दर्य झल्कन्छ । व्यक्तित्वमा सौन्दर्य भए घरमा सौहार्दता हुन्छ । घरमा सौहार्दता भएमा देशमा सुव्यवस्था कायम हुन सक्छ, तब मात्र समग्र विश्वमा शान्ति सम्भव हुन्छ । व्यक्तिको मनलाई उज्यालो पार्न मानव धर्मको अवलम्बन आवश्यक हुन्छ, ध्यानको अभ्यास आवश्यक हुन्छ ।’ गत साता नारायणी नदी किनारमा आयोजित सत्संगमा भेला भएका दशौं हजार जिज्ञासु र धर्मप्रेमीहरुलाई सतपालजी महाराजले यही भने । 

धनको खोजीमा हामीले पूरै जीवन लगायौं । यद्यपि धनले मात्रै मनको सुख र शान्ति दिन सक्दोरहेनछ भन्ने प्रस्ट भइसकेको छ । यो वास्तविकता अब धनी—गरीब सबैलाई जगजाहेर भइसकेको छ । एक पटक ध्यानको खोजी गरी हेरौं । सायद ध्यान नै असली धन सावित हुन सक्छ । मानिस बडा कौतुहलयुक्त प्राणी हो । मानिसले देखेको वा सुनेको हरेक कुरा एक पटक फेला पारेर, छामेर, सुम्सुम्याएर, चाखेर हेर्न माहिर हुन्छ । आधुनिक मानिसले सबै प्रकारका साहसिक कार्यहरु गरेर हेरिसकेको छ । आफ्नै शुद्ध चेतनाको खोजी गर्ने चेष्टा भने गरेको छैन । आशा गरौं, हामीमा चेतनाको खोजीमा जुट्ने चेष्टा पलाओस् । 
Published in Nagarik Daily on 11 March 2014
http://www.nagariknews.com/opinion/story/14863/14863.html

१०१ प्रेरणादायी आध्यात्मिक कथाहरूको संगालो

हजुरबाले नातिलाई कथा सुनाउँदै भने‚ मेरो मनभित्र दुइटा ब्वाँसा छन् । यौटा ब्वाँसो शान्त भएर बस्न मन पराउँछ । कसैलाई हानि गर्दैन‚ झगडा मोल्दैन । 
अर्को रिसाहा छ । अरूलाई हेप्छ र व्यर्थमा झगडा मच्चाउँछ । मलाई कहिले एउटाले बहकाउँछ कहिले अर्कोले । जब एउटा अर्कोमाथि हावी हुन खोज्छ‚ मेरो दिमाखको सन्तुलन बिग्रन्छ ।

एक छिन सोचेपछि नातिले सोध्यो‚ हजुरबा तपाइँको मनभित्र अक्सर कुन ब्वाँसो हावी हुन्छ ?

हजुरबाले भने‚ त्यही हावी हुन्छ जसलाई मैले खानपिउन दिन्छु ।

कथानक सनसनीपूर्ण रूपमा विकसित हुँदै जानु कौतुहलसँगै मिठास बढ्दै जानु र अन्त्यमा अक्सर झल्याँस्स पार्दै  हामीलाई गाढा निद्राबाट ब्युँझाउने गरी रहस्यको पोको खुल्नु सुन्दर कथाको विशेषता हो । छोटामीठा कथा पढ्दा आनन्द आउँछ ।


यो संगालोका कथाहरूले जीवनलाई हेर्ने एक फरक दृष्टि दिन्छन् । जीवन दुखैदुख हो यदि जीवनलाई नियाल्ने दृष्टि सही छैन भने ।  हामीले आम्रपाली जस्ती सुन्दरी युवतीलाई कसरी हेर्छौं ? बुद्धका आँखामा आम्रपाली कस्ती देखिइन् होला ? जीवनप्रति सही दृष्टि विकसित गर्न मदत पुर्‍याऊन् भन्ने सोचका साथ यी कथाहरू चुनिएका हुन् ।

Sunday, January 05, 2014

nirvanashatak / aatmashatak - Adi Shankaracharya

Swami Vivekananda had written the literal meaning in English...


निर्वाणषटक - आद्य शंकराचार्य

मनोबुद्ध्यहंकार चित्तानि नाहम्
न च श्रोत्रजिव्हे न च घ्राणनेत्रे ।
न च व्योमभूमिर्नतेजो न वायु:
चिदानंदरूप: शिवोऽहं शिवोऽहम् ॥

I am neither the mind, nor the intellect, nor the ego, nor the mind-stuff;
I am neither the body, nor the changes of the body;
I am neither the senses of hearing, taste, smell, or sight,
Nor am I the ether, the earth, the fire, the air;
I am Existence Absolute, Knowledge Absolute, Bliss Absolute —
I am Shiva, I am He.

न च प्राणसंज्ञो न वै पञ्चवायु:
न वा सप्तधातुर्न वा पञ्चकोष: ।
न वाक्पाणिपादौ न चोपस्थपायु:
चिदानंदरूप: शिवोऽहं शिवोऽहम् ॥

I am neither the Prâna, nor the five vital airs;
I am neither the materials of the body, nor the five sheaths;
Neither am I the organs of action, nor object of the senses;
I am Existence Absolute, Knowledge Absolute, Bliss Absolute —
I am Shiva, I am He.

न मे द्वेषरागौ न मे लोभमोहौ
मदो नैव मे नैव मात्सर्यभाव: ।
न धर्मो न चार्थो न कामो न मोक्ष:
चिदानंदरूप: शिवोऽहं शिवोऽहम् ॥

I have neither aversion nor attachment, neither greed nor delusion;
Neither egotism nor envy, neither Dharma nor Moksha;
I am neither desire nor objects of desire;
I am Existence Absolute, Knowledge Absolute, Bliss Absolute —
I am Shiva, I am He.

न पुण्यं न पापं न सौख्यं न दु:खम्
न मन्त्रो न तीर्थं न वेदा: न यज्ञा: ।
अहं भोजनं नैव भोज्यं न भोक्ता
चिदानंदरूप: शिवोऽहं शिवोऽहम् ॥

I am neither sin nor virtue, neither pleasure nor pain;
Nor temple nor worship, nor pilgrimage nor scriptures,
Neither the act of enjoying, the enjoyable nor the enjoyer;
I am Existence Absolute, Knowledge Absolute, Bliss Absolute —
I am Shiva, I am He.

न मे मृत्युशंका न मे जातिभेद:
पिता नैव मे नैव माता न जन्म ।
न बन्धुर्न मित्रं गुरुर्नैव शिष्य:
चिदानंदरूप: शिवोऽहं शिवोऽहम् ॥

I have neither death nor fear of death, nor caste;
Nor was I ever born, nor had I parents, friends, and relations;
I have neither Guru, nor disciple;
I am Existence Absolute, Knowledge Absolute, Bliss Absolute —
I am Shiva, I am He.

अहं निर्विकल्पो निराकाररूपो
विभुर्व्याप्य सर्वत्र सर्वेन्द्रियाणि
सदा मे समत्वं न मुक्तिर्न बन्ध:
चिदानंदरूप: शिवोऽहं शिवोऽहम् ॥

I am untouched by the senses, I am neither Mukti nor knowable;
I am without form, without limit, beyond space, beyond time;
I am in everything; I am the basis of the universe; everywhere am I.
I am Existence Absolute, Knowledge Absolute, Bliss Absolute —
I am Shiva, I am He.

स्रोत http://mandarjg.blogspot.com/2007_09_01_archive.html