उपभोक्तावादी संस्कृतिको प्रभावले गर्दा मानिस वस्तुहरुको उपभोग वा संकलनमा दौडिरहेको छ, अडिने फर्ुसत छैन । मानिस राग, द्वेष र मोहको धापमा भासिँदै गइरहेको छ, बेहोशीमा, मूर्च्छामा धेरै र होशमा कम बाँच्न थालेको छ । यो दौड र प्रतिस्पर्धामा मानिसले पर्यावरण विनाश गर्यो जसले गर्दा मौसम परिवर्तन, खाद्यान्न अभाव, महंगी, भोकमरी, बेचैनी, अशान्ति, हिंसा, आतंक बढिरहेका छन् । अहिले मानिस स्वयंबाट सञ्चालित छैन, सूचनाबाट सञ्चालित छ । सूचनाको अत्रि्रवाहले मानिसको मस्तिष्क भारी भएको छ, प्रदूषित भएको छ । शान्ति र कल्याणका लागि ध्यान आजको अपरिहार्य आवश्यकता हो । ध्यानबाट लाभान्वित हुन चित्तको स्वभाव जान्नु पर्दछ ।
चित्तको स्वभाव : चित्त बिनाकाम यत्रतत्र भागिरहन्छ । यसको गति हावाभन्दा छिटो हुन्छ । एक तत्वको चिन्तनको अभ्यासमार्फ् मनलाई नजितेसम्म यो रातमा बेताल नामको राक्षसजस्तै चुलबुल गरिराख्छ । जंगली हात्तीले बस्तीमा पसेर जति विनाश पार्न सक्छ त्योभन्दा अधिक उन्मत्त चित्तले हानि पुर्याउँछ । यो बुझेर बुद्धले शील र समाधि मार्फ् चित्तलाई शुद्ध र शान्त राख्ने विधि बताउनुभएको थियो । गलत काम गर्दा स्वतः गिल्ट फिलिङ आउनु मानव जिनमै विकसित भइसकेको छ ।
ध्यान र शान्ति : अस्थिर चित्तलाई वशमा राख्नका लागि पहिला त चित्तलाई फेला पार्न सक्नर्ुपर्छ । षट् पारमिता र खासगरी शमथ भावनाको अभ्यासबाट चित्तलाई फेला पार्न सकिन्छ । शमथमा चित्तलाई विगतको यादमा या भविष्यको कल्पनामा जान नदिई वर्तमानमा होशपर्ूवक रहन अभ्यस्त बनाइन्छ । शमथको अभ्यास गर्दा स्मृति र सम्प्रजन्यलाई ख्याल गरिरहनु पर्छ । चित्तबाट पार पाउन चाहिँ विपश्यना भावनाको अभ्यास गर्नुपर्छ । विपश्यना भनेको काय, वेदना, चित्त र धर्महरुलाई कायानुपश्यी, वेदनानुपश्यी, चित्तानुपश्यी, धर्मानुपश्यी भएर तटस्थ भावले अवलोकन गर्नु हो । यसबाट काय, वेदना, चित्त र सबै धर्महरुको वास्तविक स्वभाव अनित्य, दुःख र अनात्म रहेछ भन्ने बोध हुन्छ । यही भावनाका क्रममा प्रतीत्यसमुत्पाद-अविद्या, संस्कार, विज्ञान, नामरुप, षडायतन, र्स्पर्श, वेदना, तृष्णा, उपादान, भव, जाति, जरामरण) को ज्ञान, निस्वभावता या शून्यताको साक्षात्कार हुन्छ । चार आर्य सत्य र अष्टांगिक मार्गको रहस्य खुल्छ । यो बोधका कारणले आसक्ति हट्छ । हामीलाई आफ्नै बुद्ध नेचर अनुभूत हुन थाल्छ जुन प्रभास्वर हुन्छ । आफूसँग आनन्दित रहने कला ध्यान हो, यो बोध हुन्छ । चेतनाका चार हिस्सा हुन्छन् ः विज्ञान, संज्ञा, वेदना र संस्कार । केवल विज्ञानको अवस्थामा रहने कला विपश्यना अभ्यासबाट सिक्न सकिन्छ । यसबाट शान्त भएको चित्तमा त्रिकोटी परिशुद्ध प्रज्ञा उत्पन्न हुन्छ ।
ध्यान र प्रज्ञा ः प्रज्ञाको प्रादर्ुभावले ध्यानलाई अझ सघन बनाउँछ तब जीवन र जगत्को यथाभूत ज्ञान हुन्छ । तदनन्तर दुखी सत्वहरुप्रति करुणा जागृत हुन्छ । ध्यानले तनाव व्यवस्थापन होइन, त्यसबाट मुक्ति दिलाउँछ । सजगता, होशमा रहने अभ्यास भए तनाव हुँदैन । एकै समयमा दर्ुइ चित्त हुँदैन, कि राग चित्त हुन्छ कि ज्ञान चित्त । दर्ुघटना पर्न लागे पनि ध्यान चित्त छ भने भय हँुदैन । उसलाई बोध हुन्छ, यो जहाज खतरामा छ, मेरो शरीर खतरामा छ, म छैन । ध्यान समयको वचत हो, खर्च होइन । दाउरेले बन्चरोमा धार लगाउनुजस्तै । मोबाइलमा रिचार्ज आवश्यक परेजस्तै । ध्यान गर्ने होइन, हुने कुरा हो । दिमाखको अधिकतम उपयोग गरेरभन्दा नगरेर, विश्राममा रहेर अधिक आनन्द लाभ गर्न सकिन्छ भन्ने रहस्य बोध हुन्छ ध्यानको अभ्यासबाट । ध्यानको सर्वोपरि उद्देश्य त निर्वाण नै हो । Synopsis of a research paper of same title presented at Dharmachakra Academic Center. www.dharmacakraacenter.org