
मालिकलाई यति राम्रो सिकर्मीले काम छोडेर जान लागेकोमा चिन्ता परेको थियो । मालिकले भन्यो, ‘तिमी जानै लाग्यौ । जानुअघि कृपया मलाई एउटा अन्तिम घर बनाइदिन सक्छौ ?’
पन्ध्र वर्षसम्म काम गरेको मालिकका लागि थप एउटा घर बनाइदिने प्रस्ताव सिकर्मीले अस्वीकार गर्न सकेन । यद्यपि यो उसको अन्तिम गृह निर्माण थियो । ऊ कहिले काम सकिएला र छुट्टी लिउँला भन्ने सोचिराख्थ्यो र आधा मनले काम गर्थ्यो। अतिरिक्त समय कहिल्यै काम गरेन । सिमेन्ट, गिटी र बालुवाको सर्वोत्तम मिश्रण तयार गर्नमा पनि उसले ध्यान दिएन । यो घरमा पौडी पोखरी पनि राखेन । काठपात पनि गुणस्तरीय छनोट गरेन । पहिलाजस्तो कलात्मक फर्निचर पनि बनाएन ।
घर बनिसकेपछि मालिकले सिकर्मीलाइ अफिसमा बोलायो र चाबीको गुच्छा दिँदै भन्यो, ‘पन्ध्र वर्षसम्म गरेको उत्कृष्ट कामको सम्मान गर्दै भर्खरै तिमीले बनाएको घर तिमीलाई नै उपहार दिँदैछु ।’
सिकर्मीका आँखमा आँसु आए । उसले यो घर आफूले पाउँला भन्ने एक रत्ती सोचेको थिएन । आफ्नै लागि घर बनाउँदैछु भन्ने थाहा भएको भए उसले यो घरको गुणस्तर र रुपरंगै अर्कै बनाउनेथियो ।
यो कथा साँचो पनि हुनसक्छ, काल्पनिक पनि । हामीहरु चाहिँ यथार्थमा ठीक यस्तै गर्छौं । हामीले आफ्नो जीवन निर्माण गरिरहेका हुन्छौ हरेक दिन । तर प्रायः हामीले आफ्नो पूर्ण क्षमता र ऊर्जा प्रयोग गर्दैनौं; आधा मनले घस्रिरहेका हुन्छौं । हाम्रो ऊर्जा व्यर्थका कुरामा नष्ट भइरहेको हुन्छ । अनि, समय गुज्रिसकेपछि हामी झसङ्ग हुन्छौं; यस घरमा त हामी आफैं पो बस्न पर्नेछ ।
हामीलाई लाग्छ, फेरि सुरुदेखि जीवन निर्माण थाल्न पाए कति मेहनतले काम गर्थ्यौ होला, पढ्थ्यौं होला, सिक्थ्यौं होला ! जीवन स्व—निर्माण—परियोजना हो । आजको हाम्रो प्रवृत्ति र छनौटले भविष्यको हाम्रो घर निर्माण गरिरहेको हुन्छ जसमा हामी जीवन बिताउनेछौं ।