Sunday, September 23, 2012

सर्जकको आराधना


नेत्र आचार्य

डच कलाकार विन्सेन्ट भ्यान गगको प्रसिद्ध चित्र ‘द स्टारी नाइट’ मा भुइँ झार र सिरुका पातहरु आकाशमा टिमटिमाएका ताराभन्दा माथिसम्म फैलिएका छन् । कतिपयले असम्भव र अतिशयोक्तिपूर्ण भने । कलाकारको आशय थियो, आम मानिसका उत्ताल आकांक्षाहरुको सगर चुम्ने अभीप्सा दर्शाउनु । मानिसको मनको उडान योभन्दा सुन्दर र सटीक ढंगले सायदै व्यक्त गर्न सकिएला । कलाकारको रुपमा उनी आम सर्वसाधारणभन्दा के कुरामा भिन्न थिए भने आफू बाँचेको समयलाई पढ्न सक्थे, आफ्ना इन्द्रियजन्य आवेगलाई अतिक्रमण गरेर त्योभन्दा परको शान्ति, स्थिरता र प्रेमको अनुभूति गर्न सक्थे । सातामा तीन दिन खाना खान्थे । आफन्तले दिने गरेको आयस्ताले सधैं खान पुग्दैनथ्यो । कमाउनका निम्ति समय निकाल्न सक्दैनथे, उनलाई त घुँडा धसेर चित्र कोर्दै फुर्सद हुँदैनथ्यो । २१ सयभन्दा अधिक प्रसिद्ध कलाकृतिका सर्जक उनले बाल्यकालबाटै कलाको आराधना थालेका थिए ।

भ्यान गगको भावदशा विचित्रकै थियो । जीवनभर बिहे गरेनन् । एक पटक उनी वेश्यालय गएका थिए । त्यहाँकी सुन्दरीको खुब प्रशंसा गरे । सुन्दरीले पनि उनको प्रशंसा गर्न खोजी । तर, भ्यान गग कुरुप थिए । सुन्दरी अलमलिई : यी मान्छेको के चाहिँ प्रशंसा गर्नु । आखिरमा उसले भनी, ‘तिम्रा कान निकै राम्रा छन् ।’ भोलिपल्ट भ्यान गगले एउटा कान काटेर त्यो सुन्दरीलाई पठाइदिए । ‘तिमीले मन परायौ, त्यसैले मेरो एउटा कान तिमीलाई उपहार !’

कलाको आराधना र तदनन्तर भावदशाको परिपाकका सम्बन्धमा पप संगीत सम्राट माइकल ज्याक्सनको अनुभूति पनि उस्तै उल्लेख्य छ । पाँच वर्षको कलिलो उमेरदेखि संगीतमा होमिएका उनले हजारौं–लाखौं श्रोतालाई एकसाथ आन्दोलित पार्न सक्ने गीतहरु स्टेजबाट गाए । एक पटक ओस्कार पुरुस्कार समारोहमा उनले भनेका थिए, ‘मैले कहिल्यै आफ्नो जन्मदिन समेत हाइसुख्खले मनाउन पाइनँ । सयौं–हजारौं दर्शकका अगाडि सांगीतिक कार्यक्रम गर्दा मलाई कहिल्यै फुर्सदन हुँदैनथ्यो । यद्यपि आज संगीत सृजना मेरो ‘सेकेण्ड नेचर’ जस्तै भएको छ, मेरा ओठहरुबाट स्वतस्फूर्त गीत गुञ्जन्छ, मरो शरीरका अवयव संगीतको लयमा त्यसैत्यसै लहरिन थाल्छन् ।’

एउटा सर्जकको कलाप्रतिको लगाव प्रेममा रुपान्तरित हुन थालेपछि साधनाबाटै जीवन–ऊर्जा प्राप्त हुन थाल्छ र यही भावभूमिमा सृजनाको मूल फुट्छ । इन्द्रियजन्य भोग वा दमनलाई अतिक्रमण गर्ने सामथ्र्य सर्जकमा पैदा हुन थाल्छ र उसको मनमा शान्ति एवं स्थिरता छाउँछ । आठै बर्षदेखि कविता साधनामा लागेका बालकृष्ण सम ‘मेरो कविताको आराधना’ मा भन्छन्, ‘अशान्त भएको मेरो मनले केवल कवितामा शान्ति पायो – मनको उद्वेगलाई लयमा ढालेर राख्नु, अनि फेरिफेरि त्यसैलाई भावुक हृदयले गाइरहनु, कविताको आराधना गर्नु ।’

चिसो चुल्होमा समको आराधनाको मानौ ‘साङ्गे’ भएको छ, एउटा भावुक प्रेमीलाई उनी यस्तो सल्लाह दिन्छन् : तिम्री प्रेमिका रुपकी रानी नै हुन् भने, उनलाई पाउने उत्कण्ठा तिम्रो मनमा लबालब भरिएकै हो भने एउटा अब्बल अठोट गर । किनकि जिन्दगीसित बाजी ठोक्नुपर्छ । जिते हस्तिनापुरको राज, हारे चपरीमुनिको बास । एक दिन मर्नु नै छ भने बाँचुञ्जेल तातो र रातो फलामजस्तै भई प्रभुतासाथ बाँच्नु नि । यस्तो दृढताका सामु अस्तित्वले सबै सौन्दर्य तिम्रो प्रयोजनका लागि न्यौछावर गरिदिनेछ । तब तिम्रो सपनाकी परी तिमीलाई प्राप्त होलिन् :

‘उनी देखा पर्लिन् चलमल गरी छन्दबिचमा
उनी ढल्की हिंड्लिन् पदपद विषे पाउहरुमा
उनी हाँस्लिन् मुस्की मधुर गहिरा भावहरुमा
उनी तिमै्र होलिन् जब डुबिसक्यौ काव्य रसमा ।’

उता, कालिदासको मेघदूतमा एक निर्वासित यक्षले बादललाई दूत बनाएर आफ्नी नबबधुलाई सन्देश पठाउँछ । आकाशमा बादल मडारिन थालेपछि सुखी मानिसको मन त बिथोलिन्छ, दुखी यक्षको हालत कस्तो भयो होला ! यक्षले ढुंगामा प्रेमिकाको चित्र कोर्छ र आलिंगन गर्न खोज्छ, तर आँखामा आँसु भरिन्छ, उसले प्रेमिकालाई देख्न सक्दैन । अनि विधातालाई गाली गर्छ, ‘थुक्क, ढुंगामा पनि प्रेमिकालाई भेट्न दिन्नस् !’ मोतीरामको पिकदूतमा नायिकाले सुगामार्फत प्रवासी पतिलाई फट्कार्छे, ‘पाकेको फल छाडी जानु परदेश कुन शास्त्रको धर्म हो ?’ भावदशाको पराकाष्ठा र शब्दशक्तिको ‘मास्टरी’ बाट मनोरम सृजना जन्मँदोरहेछ ।
एउटा लेखक कलममा टेकेर नाच्न सक्नुपर्छ, शब्दहरु उसका प्रेमिका भन्दा प्रिय हुनुपर्छ, तब वास्तविक सृजनाले उसको सामु घुम्टो खोलिदिने सम्भावना हुँदोरहेछ । खासमा, सर्जक यति आत्मविश्वासले भरिपूर्ण हुन्छ, आराधनालाई उसले यति सम्मान गर्छ, दुनियाको केही कुराले, कसैले उसको आत्मसम्मान हल्लाउन सक्दैनन् । साधनामा विश्वास छ भने सफलताले नतमस्तक हुँदै बाटो खोलिदिन्छ । असफलता केवल उसको संकल्प पर्याप्त शक्तिशाली थिएन भन्ने संकेत हो । कुनै शायरले भनेका छन् :

खुदको कर बुलन्द इतना, खुदको कर बुलन्द इतना
कि खुदा बन्दे से खुद पूछे बता तेरी रजा क्या है ।

सर्जकले स्वयंलाई बुलन्द अर्थात् उन्मुक्त, निर्भय र उम्दा बनाउनका निम्ति हरतरहले स्वतन्त्र रहनु अभीष्ट हुन्छ । किनकि, सृजनशील व्यक्तिमा वैचारिक स्वतन्त्रताको महत्ता सर्वाधिक हुन्छ । सृजनशील लेखक, कलाकार प्रत्येकको आफ्नै नियम, सिद्धान्त, धर्म वा दर्शन हुने गर्दछ । देश–दुनियालाई हेर्ने आफ्नै अन्दाज हुनुपर्दछ । स्वयं स्रष्टा भएर पनि लेखकले अरुको विचार, सिद्धान्त वा सृजना पद्धतिको अनुकरण गर्दछ भने उसले के नयाँ सृजना गर्न सक्ला ?

सर्जकलाई आखिर के कुराले कलात्मक वा साहित्यिक सृजना कोर्न सक्षम बनाउँछ ? मस्कोमा चलेको रसियन फर्मालिज्म नामक साहित्यिक सिद्धान्तवादीहरुले गजपको अन्दाज व्यक्त गरे, ‘सर्जकले भाषिक विवेचनाका माध्यमबाट दैनन्दिन घटना–परिघटनालाई ‘डिफमिलियराइज’ गरिदिन्छ, पाठकलाई यस्तो लाग्छ मानौं सधैं देखेभोगेका कुरा पहिलोपल्ट देख्दैछ, भोग्दैछ । एकोहोरो जीवन बाँच्दाबाँच्दा पाठकले गुमाएको संवेदनामा सर्जकले पुनर्ताजगी भरिदिन्छ ।

सर्जकले यस्तो कसरी गर्न सक्छ त ? यसमा सिद्धान्त निष्णात नित्सेको अलिक रहस्यवादी व्याख्या छ । नित्सेको रुमानी अन्दाजलाई सरल ढंगले यसरी बुझ्न सकिएला ः आफूलाई खुपै बौद्धिक, विवेकवान् सम्झने मानिस कुनै नशालु बुटीको प्रभावले वा वसन्ती पवनको मधुर झोंक्काले एकाएक आफूलाई बिर्सन पुग्छ । त्यतिखेर कालान्तरदेखि एक्लाइएकी प्रकृतिले पनि आफ्नो आवारा सन्तान ‘मान्छे’ सँग एकाकार हुन एउटा आयोजन गर्छे । एउटा अद्भूत उत्सव सुरु हुन्छ । धर्तीले स्वेच्छिक ढंगले उपाहारहरुको छेलोखेलो गरिदिन्छे र हिमालदेखि मरुभूमिसम्मका मानिस र जीवजन्तु एकसाथ भेला हुन्छन् । चितुवा र बाघहरु रथमा जोतिन्छन् । डाइनोसियाक रिचुअल फूलमाला, लावालस्करसाथ अगाडि बढ्छ । यो कस्तो दृश्य हो ? नित्से भन्छन् : बिथोविनको कुनै संगीतको चित्र बनाउन मिल्दो हो भने यो जात्रामा कोलाहल र हाहू गर्दै उर्लेको भीड रथका सामु धूलोमा श्रद्धापूर्वक नतमस्तक भएको दृश्य अन्दाज गर्न सकिन्थ्यो होला । त्यो अप्रतीम भव्यता र मस्तीमा को दास, को मालिक ! निरंकुशता वा आवश्यकताका कारण मानिस–मानिसबीच खडा भएका पर्खाल गल्र्याम्गुर्लुम भत्किन्छन् । ‘माया’ को घुम्टो च्यातिन्छ । विश्वबन्धुत्व र सौहार्दता व्याप्त हुन्छ । मानिस–मानिसबीच प्रेम र सद्भाव छताछुल्ल हुन्छ । अब यतिखेर मानिसले बोल्न बिर्सन्छ, गाउन थाल्छ, हिंड्न बिर्सन्छ, नाच्न थाल्छ । उसले भगवत्ता बोध गर्छ र सपनामा देखेका देवताहरु जस्तै भव्य अन्दाजमा पाइला अगाडि बढाउँछ । ऊ केवल कलाकार हुँदैन, बरु स्वयं एक कलाकृति बन्छ । यसरी कला जन्मन्छ । केवल एउटा सुन्दर कलाकृतिका रुपमा यो संसार र समग्र अस्तित्व अनन्त रुपले तर्कसंगत बोध हुन्छ ।
कला–साधनाको यज्ञ पूर्वतिर केही भिन्न ढंगले सुसम्पन्न हुन्छ । पूर्वमा सर्जकद्वारा हाडमासुको देहमा उर्लने वासनाका आँधीहरुबाट मुक्त इन्द्रियातीत आनन्दको खोजी भइरह्यो । अन्ततः, फेलापर्यो शान्त रस । मानौं, एउटी नवयौवना रुपकी रानी चुलबुले आँखा नचाउँदै र मादकता छर्दै छेवैबाट गुज्रँदै छे । उसको आगमनमा वासनायुक्त व्यक्तिले आफूलाई समाल्न मुश्किल हुन्छ । तर, मुक्त, निद्र्वन्द्व व्यक्तिको दृष्टिमा रुपसीको आगमनले निखार आउँछ । उसलाई न भोगको लालसा हुन्छ न दमनको आवश्यकता । ऊ केवल साक्षीभावमा रहन्छ, उसको मनमा शान्त रस पैदा हुन्छ । उसले युवतीलाई मात्र हैन, युवती देख्ने आपूmभित्रको द्रष्टालाई देख्छ । यही हो साक्षी भाव, यही हो जागरण । यही थियो विदेह जनकको दर्शन । कुनै कालखण्डमा हाम्रो देशको भूमिमा विकसित भएको र आज हामीले पूरै बिर्सेको जीवन जिउने कला ।

मानौ कुनै दुर्घटना घट्यो । त्यसबखत घटनामा इन्भल्भ अर्थात् संलग्न व्यक्तिलाई खास के भएको थियो, कसरी दुर्घटना हुन पुग्यो थाहा हुँदैन । बरु जसले बाटो छेउमा उभिएर हेरिरहेको थियो उसलाई थाहा हुन्छ, कुन गाडी कताबाट आयो, कसले गल्ती गर्यो, कसरी दुवै जुध्न पुगे । साक्षी भाव भनेको यही हो : कर्म गर्नु तर त्यसमा संलग्न, आसक्त नहुनु ।

कोहावर अर्थात् सुनौला सुहागरात नामक मिथिला कलामा चित्रित अक्षत योनीमा संभोगरत लिंगलाई छेवैको बाँसको टुप्पामा बसेर टोलाउँदै हेरिरहेको सुगा साक्षी भावको प्रतीक हो, उदाहरण हो । म कहाँ छु, के गरिरहेको छु भन्ने यथार्थलाई कर्म गरिरहँदा पनि पृथक् रहेर सोच्न सक्नुपर्छ यो सन्देश आश्चर्यचकित भई हेरिरहेको सुगाले बताउँछ । मान्छेको शरीर चेतनाको स्थूल रूप हो जसलाई समात्न सकिन्छ । जसलाई समात्न सकिँदैन चेतनाको त्यो सूक्ष्म रूप आत्मा हो । सम्भोगरत हुँदा शरीरमा अनुभूति भइरहेको रोमाञ्च कसलाई अनुभूति भइरहेको हो ? त्यसलाई पक्रन सके व्यक्तिको दृष्टिकोणमा रुपान्तरण हुन्छ र शान्त रस पैदा हुन थाल्छ । व्यासले महाभारतजस्तो महाकाव्य तयार गर्नुमा, वाल्मीकिले करुणरसप्रधान रामायण रच्नुमा यही शान्त रसको प्रभाव थियो । कालिदास, भारवि, माघ, अश्वघोष, वाणलगायत महाकविहरु शान्त रसमा सिक्त थिए । जसरी हावा र प्रकाश एउटै स्रोतबाट पैदा भएर सर्वव्यापी हुन्छ त्यसैगरी मानिसको चेतनाको परम स्रोत एउटै हो, मानिसबीच कुनै भेद छैन भन्ने बोधलाई उनीहरुले आत्मसात गरेका थिए । बुद्धसम्म आइपुग्दा शान्त रसको मूल फुट्छ । अप्रतिहत अर्थात् अवरोधरहित ज्ञान पाएका बुद्धको शान्त चित्तमा करुणा जागृत भयो । समस्त बुद्ध वचनहरु स्वतस्फूर्त, काव्यमय र शान्त रसले सिञ्चित छन् । समाकालीन समयमा तीक्ष्ण व्यंगोक्तिहरुका सुष्ठु लेखक खगेन्द्र संग्रौला पनि यही भन्छन्, ‘कनेर नलेख, लेख्दा साँचो लेख ।’ हरेक कालखण्डमा सर्जकबाट यही अपेक्षा हुन्छ उसले कलाको आराधना गरोस् ताकि सृजनाको स्वतस्फूर्त प्रवाह गतिमान होस् । netra.acharya@gmail.com

Source: २०६९ भाद्र २३ को नागरिक दैनिकमा published. 






Saturday, July 21, 2012



सफल कृति असल कृति

-- नेत्र आचार्य
तपाइँले पढ्दै गरेको पुस्तक कुन कोटीको हो : सफल कि असल ? कृतिलाई के कुराले असल वा कालजयी बनाउँछ ? शंकर लामिछानेका पुस्तक जति पटक पढ्दा पनि नयाँ कुरा फेला पर्छ । तर कतिपय पुस्तक एक पटक पढेपछि फेरि छुन मन नलाग्ने खालका हुन्छन् । तपाइँले खर्च गरेको समय र पैसाको उचित मूल्य पाउनुभएको छ त ?

महाकवि कालिदासका सम्बन्धमा एउटा किंवदन्ती छ । कालिदास एक दिन प्रातःस्नान गरेर नदीबाट दरबारतिर फर्कंदै थिए । नुहाउँदा पक्रेको ज्यूँदो माछा हातमा समातेका उनलाई बाटैमा राजा भोजले भेटे । दरबारमा मांसाहार निषेध थियो । कालिदासले हत्तपत्त माछा काखीमुनि च्यापे । तै, राजाले सोधिहाले ;

‘कविजी, काखीमा लुकाइराखेको के हो ?’
कालिदासले अक्मकाउँदै भने, ‘मेरो नवीन काव्य हो ।’
‘पानी चुहिराखेको छ त !’ राजाले पत्याएनन् ।
‘काव्यरस हो ।’ कालिदासले छल्न खोजे ।
‘फड्फडाइराखेजस्तो देखिन्छ नि !’ राजा अझैं शंकालु बने ।
‘जीवन्त काव्य फडफडाउनु स्वाभाविकै हो’ कालिदास आत्मविश्वासपूर्वक बोले ।
‘कस्तो गन्ध आइराखेको’ राजाले नाक खुम्च्याउँदै भने ।
‘काव्यमा वर्णित युद्धभूमिमा सडेका जीवको दुर्गन्ध हो’ कालिदास कत्ति डगेनन् ।


यत्तिकैमा काखीको माछा चिप्लेर भुइँमा खस्यो । कालिदासले आँखा चिम्ले । राजा भोज निहुरेर भुइँको पुस्तक उठाए र भने, ‘ए, अभिज्ञान शाकुन्तलम् रहेछ । म पढेर दिउँला है ।’ कालिदासले चकित हुँदै आँखा खोले । उनले भुइँमा खेसकोे वस्तु मैले सोचेकै काव्य भइदेओस् भन्ने संकल्पना आँखा चिम्लेर गरेका थिए । कविको संकल्प साकार भएको थियो ।

असल साहित्यको गुण जीवन्त, रसपूर्ण र कालजयी हुन्छ भन्ने यो प्रसंगको संकेत हो । विक्रमको प्रथम शताब्दीका कवि कालिदासका कृति आज पनि साहित्यप्रेमीका निम्ति उत्तिकै सरस र प्रिय छन् । कृतिलाई के–के कुराले उत्कृष्ट र कालजयी बनाउँछ ? कालिदासको कृतिको मुख्य वैशिष्ट्य के हो त ?
पद–पदमा भाषिक सौन्दर्य र भावको माधुर्य छचल्किनु, उपमा र प्रतीकका माध्यमबाट जीवनका महनीय रहस्यहरु प्रस्तुत गर्न सक्नु र भौतिक आकर्षणमा आधारित वासना अन्ततः प्रेमका कारण नैतिक सौन्दर्य र आध्यात्मिक ज्ञानमा रुपान्तरित भएको काल्पनिकीलाई सजीव ढंगले अभिव्यक्त गर्न सक्नु कालिदासका वैशिष्ट्य हुन् ।

कालिदासले आफ्नो कृतिको विषयवस्तु सांस्कृतिक र पौराणिक प्रसंगबाट लिएका छन् र तिनलाई आफ्नो उद्देश्य प्राप्तिअनुरुप ढालेका छन् । अभिज्ञान शाकुन्तलम्मा नायिका शकुन्तला सुकोमल, निर्दोष तर बुझ्झकी युवती हुन् भने नायक दुष्यन्त स्वार्थी प्रेमी । कण्व ऋषिले तपस्या गर्ने जंगलमा उनकै शरणमा बसेकी शकुन्तलाको मनमा दुष्यन्तप्रति जागेको प्रेमभाव, गन्धर्व–रीतिको विवाह, विछोडपछिको कष्टपूर्ण जीवन र पुनर्मिलनसम्मका परिघटना समेटिएका छन् । नाटकमा जीवनको विविधता समेटिएको छ र विविध प्रकारका रुचि भएका मानिसका लागि रोचक विषयवस्तु प्रस्तुत गरिएका छन् ।

कालिदास, भारवि, वाण, श्रीहर्ष, माघ आदि संस्कृत साहित्यका महाकविका कालजयी कृतिका आधारमा तय भएको असल साहित्यको शास्त्रीय समीक्षा पनि मननीय छ । संस्कृत काव्य–समीक्षक भन्छन् : नरत्वं दुर्लभं लोके विद्या तत्र सुदुर्लभा । कवित्वं दुर्लभं तत्र शक्तिस्तत्र सुदुर्लभा ।। अर्थात् मानिसमा मानवीयता भरिनु दुर्लभ छ, उत्तम विद्या आर्जन झन् दुर्लभ छ । कवित्व क्षमता अझै दुर्लभ छ र प्रतिभा हुनु सुदुर्लभ छ ।
सर्जकमा प्रतिभा हुनु निश्चय नै महत्वपूर्ण हो । यद्यपि प्रतिभा भएर मात्रै पनि पुग्दैन । कालिदास भन्छन्, खानीबाट निकालेको रत्न पनि नखार्दासम्म सुनको गहनामा जड्न योग्य हुँदैन । सर्जक जीवन र जगत्का द्वन्द्वहरुबाट गुज्रिँदै ज्ञान र अनुभवले खारिएको हुनुपर्दछ भन्ने कालिदासको आशय हो । तब मात्र सर्जकले गतिशील र चरित्रको हिमशैल सदृश पात्रहरु विकसित गर्न सक्छ ।

रचनामा सम्प्रेषणीयता हुनु उत्तिकै वाञ्छनीय हुन्छ । सम्प्रेषणीयताका सन्दर्भमा भाषामाथिको पकड प्रारम्भिक चरण हो । उही कुरालाई सामान्य मानिस र सर्जकले व्यक्त गर्ने ढंग अलग हुन्छ । अभिधा, लक्षणा र व्यञ्जना गरी शब्द शक्ति गहिरिँदै जान्छ । असल रचनामा वाक्यको सोझो अर्थ मात्र हुँदैन, लाक्षणिक संकेत पनि हुन्छ र त्यसबाट कुनै विशिष्ट अर्थ समेत ध्वनित भइरहेको हुन्छ । ‘गंगामा घर छ’ भन्नेले नदीको प्रवाहमा घर छ भनेको पक्कै होइन, नदीको किनारमा भन्ने संकेत गरेको हो । यही वाक्यमा पारखीले शान्त, पवित्र स्थानमा घर रहेछ भन्ने भाव समेत ध्वनित भएको अनुभूति गर्छन् ।

पाश्चात्य काव्य समीक्षक लोन्जाइनसका अनुसार असल लेखकको कृति आलंकारिक भाषा, भव्य अभिव्यक्ति, तीव्र भावावेग र गरिमापूर्ण संरचनाजस्ता  गुणहरुले  ओतप्रोत हुन्छ जुन लेखन अभ्यासका क्रममा विकसित हुँदै जान्छन् । उदात्त विचार र अभिप्रेरणा व्यक्तिगत प्रतिभाका विषय हुन् । भाषिक कुशलता अनवरत अभ्यासबाट हासिल हुने कुरा हो । अमरकोषको भूमिकामा विद्वान् कुलचन्द्र गौतमले भनेका छन् ः ‘मानिसको मनका समस्त भावना मनमा नै विलीन हुन्छन् यदि अर्थलाई इतरावबोध्य शब्दमा गुम्फित गर्ने सामथ्र्य छैन भने ।’ अगाडि मूढो छ भन्नुपर्दा एउटा वैयाकरणले ‘शुष्कवृक्षतिष्ठत्यग्रे’ भनिदिन्छ । एउटा साहित्यिकले ‘नीरस तरुरिह विलसति पुरतः’ भन्छ । साहित्यिकको भाषामा माधुर्य रस छ जसले सुन्ने व्यक्तिको ध्यान सजिलै तान्छ । आज हामीले महाकवि भन्ने व्यक्तिहरुमा शब्द चयन र अर्थ गुम्फनको सामथ्र्य साधारण मानिसमा भन्दा अधिक थियो । यही गुणले उनीहरुलाई मानव सभ्यताका अमर सर्जक बन्न धेरै मदत गरेको सजिलै अन्दाज गर्न सकिन्छ ।

असल कृति समाजको ऐना मात्र होइन । एरिस्टोटल भन्छन्, स्रष्टाले आप्mनो कृतिको विषय–वस्तु निश्चय नै समाज र प्रकृतिबाटै लिन्छ  । तर जस्ताको तस्तै प्रस्तुत गर्दैन, आफ्नो ढंगले प्रस्तुत गर्छ । यसकारण असल लेखक नक्कलकर्ता पनि हो र सर्जक पनि हो । असल कृति समाजलाई अझ सुन्दर बनाउने प्रयत्न हो, जुन कार्य प्रकृतिले गर्न भ्याएको हुँदैन ।

आफू बाँचेको समाजलाई अझ सुन्दर बनाउनका निम्ति लेखकमा मानव सभ्यताको विभिन्न कालखण्डमा विकसित साहित्य, संगीत, नृत्य, चित्रकला, ज्ञान–विज्ञान, दर्शनलगायतका विषयदेखि लिएर  शास्त्रीय र समकालीन कृतिहरुसम्मको रचना परम्परा ज्ञान हुनु आवश्यक हुन्छ । टिएस इलियटले ट्रेडिसन एण्ड इन्डिभिज्युएल ट्यालेन्टमा यही कुरा संकेत गरेका छन् । एउटा लेखकले आफ्नो कृतिमा विगत र वर्तमानलाई फ्युजन गराउँछ र साथसाथै वर्तमानका नवीन सम्भावनाहरु उजागर गर्छ । इलिएटको ‘अवैयक्तिकताको सिद्धान्त’ मा लेखकले कसरी आफूलाई परम्पराको सुसंगतिमा राखेर मात्रै नयाँ सृजना गर्न सक्छ भन्ने व्याख्या छ ।

इलिएट लेखकलाई क्याटलिस्टसँग तुलना गर्छन् । लेखक रचना प्रक्रियामा रासायनिक प्रतिक्रियाको क्याटलिस्ट जस्तै हो जसमा भावनाहरु मुख्य घटक हुन्छन् । यद्यपि लेखक आफ्नै भावनाको ज्वारबाट माथि उठेको हुन्छ, आफ्ना निजी भावनाहरुलाई किमार्थ कृतिमा अभिव्यक्त गर्दैन । केवल क्याटलिस्टको काम गर्छ । तबमात्र उत्कृष्ट कृति जन्मिन सक्छ ।

नेपाली पुस्तक बजारमा केही कालयता चहलपहल बढेको छ । पाठकको संख्या बढेसँगै लेखक र प्रकाशक पनि बढोत्तरी भएका छन् । यो विस्तार गुणात्मक कम र संख्यात्मक अधिकतर देखिन्छ । बालकृष्ण समले ‘स्वास्नीमान्छे’ नाटकमा आफैंमाथि गरेको व्यंग्य यहाँ सम्झन योग्य छ । आफैं पात्र बनेका समलाई अज्ञात स्थानमा ‘अमृत तयार गर्ने कारखाना’को मालिकले के गर्छौ भनेर सोध्दा सम भन्छन् ः म नेपाली लेखक हुँ । संस्कृत र अंग्रेजी साहित्यको आकाशमा जसको गति छैन तिनले मेरा कविता पढ्छन् । निश्चय नै, नेपाली साहित्य गुणात्मक हिसाबले विकसित हुन बाँकी छ । यसका निम्ति अझै समय लाग्न सक्छ । यद्यपि आफ्नो वास्तविक धरातलको बोध हुनु लेखक र पाठक दुवै पक्षका निम्ति लाभदायी हुनेछ ।

बिक्री र चर्चाका आधारमा कृतिलाई असल वा कमसल भन्नु अल्पदृष्टि हुनेछ । किनकि बजारका निश्चित नियमहरु हुन्छन् र तिनको अक्षरशः पालना गर्ने हो भने चुत्थै कृति पनि चर्चामा आउन सक्छ । पदको आडमा केही मानिसलाई अघिपछि लगाएर, ठूला पत्रिकामा विज्ञापन छापेर, कक्टेल पार्टीहरु आयोजना वा नौलो ढंगको ‘गुरिल्ला मार्केटिङ’ गरेर पुस्तक बजारलाई प्रभावित पार्न सक्ने प्रकाशन संस्थाहरु एकपछि अर्को जन्मदै छन् । हुनत, जेजसरी भए पनि पुस्तक बजार विकसित हुनु सकारात्मक हो । कार्ल माक्र्सको भनाइलाई सत्य मान्ने हो भने उनका अनुसार संख्यात्मक विकास अन्ततः गुणात्मक विकासमा रुपान्तरित हुन्छ ।

यद्यपि चर्चाका कृति पढ्दा लेखकहरुले पाठकको यसरी मूल्यांकन गरेको छनक पाइन्छ : मानिस ज्ञान होइन विस्मृति चाहन्छन् । मानिसलाई निद्रा चाहिएको छ । बेहोशी, मूच्र्छा चाहिएको छ । ताकि जीवनका कटु यथार्थहरु भुलेर एकै छिनलाई भए पनि राहत महसुस गर्न सकियोस् । यही सोचले पप गीत जस्तै पप फिक्सन लेखिन थालेका छन् । कृतिको मूल्य एक पेग ह्वीस्की जति भए पुगिहाल्यो नि भन्ठान्न थालिएको प्रतीत हुन्छ । पृथ्वीनारायण क्याम्पसमा नेपाली पढाउने मेरा गुरु रघुनाथ अधिकारी भन्नुहुन्थ्यो : ‘शंकर लामिछानेका कृति अनेकौं पटक दोहो¥याएर पढेको छु, जति पटक पढ्दा पनि नयाँ कुरा फेला पर्छ ।’ तर पढ्दासम्म एक खालको भाङको नशाले छोपेजस्तै हुने र त्यसपछि फेरि कहिल्यै दराजबाट झिकेर पढ्न रुचि नहुने कृतिको कति मूल्य होला ?

असल कृतिको अभिप्राय पाठकलाई जगाउनु हो, सचेत बनाउनु हो, सुताउनु हैन । चेतनाको जागरणको आनन्द निकै माथ्लो स्तरको हुन्छ जुन एउटा असल कृतिले जगाउन सक्छ । तर हाम्रा आम पुस्तकमाथिको प्रतिक्रिया भने लज्जाजनक छ । गगन थापा भन्ने गर्छन्, मलाई निद्रा लागेन भने सधैं एउटै उपाय गर्छु : कुनै पुस्तक पढ्न थाल्छु । नेपाली पुस्तक बजारमा अक्सर कृति निद्रा लगाउनलाई पढिने वस्तु भएका छन् । एक पश्चिमी साहित्यिक भन्छन् : पुस्तक त्यस्तो पढ जसले तिमीभित्रको बरफको डल्ला फोरिदेओस् । मलाई लाग्छ हामीले तिनै किताब पढ्नुपर्छ जसले हामीलाई घोच्छन्, घाइते बनाउ“छन् । यदि पढिरहेको किताबले टाउकोमै भुत्ल्याएर हामीलाई धङधङीबाट, बेहोशीबाट ब्यु“झाउ“दैन भने त्यो किताब केका लागि पढ्ने ? आनन्दका लागि? त्यसका लागि त डेटिङ वा डिस्को गए भइहाल्यो नि । हामीलाई त्यस्ता किताब चाहिन्छन् जसले कुनै आ“धीतूफानले जस्तै हामीलाई प्रभावित पार्छन्, जसले हामीले आफूलाई भन्दा पनि धेरै माया गर्ने कुनै आफन्तको मृत्युले भन्दा अधिक हामीलाई हतप्रभ बनाउ“छन्, जसले कुनै निर्जन जंगलमा निर्वासित हु“दाको जस्तो नितान्त नौलो अनुभूति गराउ“छन् । पुस्तक त्यस्तो हुनुपर्छ जसले हामीभित्र जमेको हिम–समुद्रमा बन्चरो हानोस् ।

वर्तमान युगमा अर्थोपार्जन नै हरेक विधाको सफलताको कसी बनेको छ । लेखकीय सफलता पनि यही कसीमा हेर्न थालिएको पाइन्छ । अर्थोपार्जन महत्वपूर्ण पाटो हो । यद्यपि असल लेखक एउटा सुन्दर कृति लेख्ने क्रममा नै सफल भइसकेको हुन्छ । जीवन एक यात्रा हो भने यात्राको आनन्द लिन सक्नु नै लक्ष्य प्राप्त गर्नु हो । महान् कृतिका लेखकहरु लेख्दालेख्दै रुपान्तरित भएका सुनिन्छ । ती लेखकहरु बृहत् अध्ययन र अनुभूतिबाट गुज्रेका थिए । भनिन्छ, सफलताको छोटो बाटो छैन । धूलो, पात र प्वाँख मात्रै छिटो छिटो माथि पुग्छन् ।

‘सक्रिय मस्तिष्क’लाई कुनै प्रकारको नशाको सहाराले छेउ लगाएर लेखिएको कृतिले पाठकका इन्द्रियलाई अपिल गर्न सक्ला, कहिलकाहीँ बुद्धिलाई पनि घुमाइदिन सक्ला तर चेतनालाई स्पर्श गर्न किमार्थ सक्दैन । चेतना जीवन आनन्दको मुख्य स्रोत हो । वेद भन्छ, चेतनाको आनन्दबाटै सृष्टि भएको हो, आनन्दमै यो गतिशील हुन्छ र आनन्दमै विलय हुन्छ ।

आफूलाई लेखक भनाउन हतार गर्नुभन्दा पहिला उत्कृष्ट विषयवस्तु र कुशल प्रविधि प्राप्त गर्नु अधिक वाञ्छनीय हो । पाठकलाई न्याय गर्नु, तिनको समय र स्रोतको उचित मूल्य दिनु लेखकीय धर्म हो । वीपी कोइरालाले भनेका छन्, ठूलो मान्छे होइन, असल मान्छे हुनु । ठूलो मान्छे त धेरै हुन्छन्, दुनियालाई असल मान्छेको खाँचो छ । नेपाली पुस्तक बजारलाई पनि असल कृतिहरुको खाँचो छ ।

Article published in Nagarik Daily (21 July 2012)
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1045-nagarik-21-july-2012/2-nagarik.html


Friday, June 08, 2012

पुस्तक मेरा सहयात्री


मैले पढेको पहिलो किताब तनहूँका सागर श्रेष्ठ 'पिया'को कुनै पुस्तक थियो । अत्यन्त सरल र पद्यमय भाषामा लेखिएको त्यो सानो पुस्तकमा ज्ञान सर्वोत्तम आनन्द हो भन्ने सन्देश थियो । त्यो पुस्तिक पढेर मैले कति ज्ञान पाएँ, पाइन याद रहेन तर त्यो पुस्तिका जति दोहोर्‍याएर पढ्दा पनि आनन्द आएको मलाई सम्झना छ । सायद त्यही आनन्दले होला मैले अन्य पुस्तक खोजेर पढ्न थालें ।


विस्तारै पढ्ने बानी बसेपछि मैले विद्यालय जीवनमै म्याक्सिम गोर्की, एन्टोन चेखबलगायतका  कृति पढें । ४६ सालताका अग्रज दाजुहरूले गाउँमा खोलेको गोप्य पुस्तकालयबाट मलाई ती पुस्तक प्राप्त भएका थिए । ती पुस्तकले मेरो गाउँबाहिरको छुट्टै संसारको बारेमा मलाई अवगत गराए र मैले झन् धेरै पुस्तक खोजेर पढ्न थालें ।

मामाघर र सदरमुकाम जाँदा केही न केही किताब घर ल्याउँथें । सुरूमा देवकोटा, सम, पारिजातलगायत मोदनाथ प्रश्रति, रमेश विकल, किशोर पहाडी, सीता पाण्डेहरूको साहित्य खुब पढियो । सङ्ग्रौलाले विकलको कथाकारितामाथि लेखेको जबर्जस्त समालोचना पढेपछि भने नेपाली कथा साहित्य नै फिका लाग्न थाल्यो । 'औंल्याउनका लागि कुनै आदर्श छैन, लड्नको लागि कुनै महान् लक्ष्य छैन, पाठक छेउ प्रस्तुत गरिने जागरणकारी सन्देश कलाकारसँग छैन भने उसको कलाको सामाजिक महत्व नै रह्यो के -' मैले विकल र विस्तारै प्रश्रति पनि पढ्न छोडिदिएँ । क्याम्पस जीवनको आरम्भताका दौलतविक्रम विष्ट, विपी कोइराला, शङ्कर लामिछानेका विचार प्रधान कृति पढे । चपाइएका अनुहारहरू, हिटलर र यहुदी, एब्स्ट्रयाक्ट चिन्तन : प्याज, गोधुली संसार आदि खुब मन परे ।

क्रमशः प्रेमचन्द, शरच्चन्द्र, निर्मल वर्मा आदिका कथा, उपन्यास पढ्न थालेपछि नेपाली साहित्यसँगकै मेरो सहयात्रा पातलियो । शरच्चन्द्रको शेष प्रश्नकी नायिका कमललाई म कहिल्यै बिर्सन सक्तिन । जीवनलाई औधी माया गर्ने तर उत्तिकै अनासक्त त्यो नायिकालाई देखेर नायक भन्छ, 'मनलाई यत्तिको निर्विकार पारिसकेकी छौ, संसारमा कसैको विरुद्ध तिमीलाई कुनै गुनासो छैन ।' कमल भन्छे, 'जुन कुरा छैन त्यसलाई किन नभएको होला भनेर आँखाबाट आँसु काढ्नमा मलाई शरम लाग्दछ ।'
      कुनै दिन यात्रामा संयोगले समको स्वास्नीमान्छे पढ्दा त्यसले पुस्तकसगको सहयात्रामै नयाँ मोड ल्याइदियो । त्यो अनौठो नाटकमा समले आफैंलाई पात्र बनाएका छन् । पहाडको गुफाभित्र कुनै काल्पनिक दुनियामा अमृत बनाउने कारखानाको मालिकले उनको परिचय सोध्दा उनी म नेपाली साहित्यकार हुँ भन्छन् । कसले पढ्छ तिम्रो साहित्य भन्ने प्रश्नको जवाफमा सम भन्छन्, 'संस्कृत र अङ्ग्रेजी साहित्यको आकाशमा जसको गति छैन तिनले मेरो साहित्य पढ्छन् ।'

      समको जवाफले मलाई झसङ्ग बनायो । मैले संस्कृत र अङ्ग्रेजी भाषामा लेखिएका कृति पढ्न सक्दिनथें, भाषा कठिन लाग्ने हुँदा । मलाई समको त्यो कृतिले आफ्नो धरातलको बोध गराइदियो । त्यतिखेर म स्नातक तहमा भर्ना हुने तरखरमा थिएँ ।अङ्ग्रेजी कमजोर भए पनि मैले प्रवेश परीक्षा मेहनत गरेर पास गरेँ र अङ्ग्रेजी साहित्य विषय राखेर स्नातकमा भर्ना भएँ । पढ्नै पर्ने बाध्यता भएपछि अङ्ग्रेजी सुध्रिएला भन्ने मेरो विश्वास थियो । साहित्यमा रुचि भएको हुँदा अङ्ग्रेजी राम्रो बनाउन धेरै टाउको दुखाउन परेन । मैले डिएच लरेन्स, बाइरन, सेर्भेन्टस्, दोस्तोयब्स्की, टोल्सटोय, काफ्का, क्यामु, इट्स, किट्स, इलियट, स्टेभन वालेस, डाइलन टोमसका कृति पढिरहँदा अङ्ग्रेजी पढाउने गुरु देवी गौतम भन्नुहुन्थ्यो, 'अङ्ग्रेजी भाषामा यति उत्कृष्ट साहित्य छ, त्यो नपढी मर्ने मानिस ठूलै अभागी हो ।' ती लेखकका कृति पहिलो पटक पढ्दाका दिन मस्त थिए ।

      अङ्ग्रेजीका साथसाथै मैले संस्कृत साहित्य पनि पढ्न थालेको थिएँ । संस्कृत भाषा प्रशिक्षण उत्तीर्ण गरेर म संस्कृत विद्यापीठमा बिहानमा भर्ना भएँ । कालिदास, भारवी, दण्डी, माघलगायत महाकविका अभिज्ञान शाकुन्तलम्, किरातार्जुनीयम्, कादम्बरी, नैषधीय चरितम्जस्ता महाकाव्य र आख्यान् संस्कृत भाषामै पढ्दा लाग्यो, योभन्दा सर्वोत्कृष्ट साहित्य अरु कहाँ छ, ख्वै - मैले आजपर्यन्त फेला पारेको छैन । कुनै यक्षले बिछोडिएकी आफ्नी नवबधुलाई मेघदूतमार्फ सन्देश पठाउँछ, 'तिमीलाई सम्झेर बसिरहेको ढुङ्गामा त्रि्रो आकृति कोरेर आलिङ्गन गर्न खोज्छु, तर आँखामा आँसु भरिन्छ, म तिमीलाई देख्नै सक्तिन, पत्थरमा पनि हाम्रो मिलन देख्नै नचाहने विधाता कति निर्दयी ।' संस्कृत साहित्य सबै कवितामा हुन्थ्यो, त्यो पनि कर्णकटु अक्षर वर्जित ।

      जति सुन्दर भए पनि मृत भाषामा दरिइसकेको संस्कृत साहित्यको रसास्वादनलाई एक दिन मैले पनि विराम दिएँ । अब साहित्य नै पढे पनि लर्तरो साहित्यतिर आँखै नजाने भइसकेको थियो । विस्तारै दर्शनका कृतिहरूतिर मन तानियो, खलिल ज्रि्रान, रजनीश, मार्क्स, हेगेल, स्पिनोजा, शोपेनहावर, नित्से पढ्न मन पर्न थाल्यो । जिब्रानको दि प्रोफेटका केही वाक्यहरूमै ठूला साहित्यका ठेली पढिसक्दा पाइने स्वाद पाउँथें म । त्यो पुस्तक नेपालीमा अनुवाद गर्ने जोश पनि आयो । त्यो अनुवाद 'गुरु' प्रकाशित भइसकेको छ । तर रजनीशले प्रोफेट नित्सेको दस स्पेक जराथुस्त्रको प्रतिध्वनिमात्र हो भनेको पढेपछि नित्सेको कृति खोज्न म तीन वर्षपुस्तक पसल चाहार्दै भौंतारिएँ । फेलापार्दा हीरा पाएझैं लाग्यो । जराथुस्त्र साँच्चै हीरा नै रहेछ । नित्सेका कृतिहरूमा म आकषिर्त हुँदै गएँ र स्नातकोत्तरको थेसिस जराथुस्त्रमै गरें ।

      पुस्तकसँगको मेरो सहयात्रामा जोरबा द ग्रीक पढेपछि नयाँ मोड आएको छ । जोरबा पढ्दैन तर काम कति एकचित्त भएर गर्छ भने एकपटक ऊ कुमाले हुन्छ, भाँडा बनाउँदै गर्दा बारम्बार बूढी औंलाले घुमिरहेको भांडा छोएर दाग लगाइदिँदा झोंकमा उसले अचानोमा राखेर औला च्वाट्ट छिनाइदिन्छ । भांडा राम्रा बने, ला गएकोमा उसलाई कहिल्यै सुर्ता भएन । उसका धेरै प्रेमिका हुन्छन् । सबैले उसलाई औधी मन पराउँछन् । कारण, ऊ कसैसँग बसिरहँदा उसको दिमाखमा अन्य कोही हुँदैन । प्रेमिकाहरूले उसलाई पूर्ण रूपमा आफ्नो साथमा पाउँछन् । जोरबाको काम र सम्बन्धप्रतिको लगाव मलाई अध्ययन जत्तिकै र अझ बढी स्तुत्य लागिरहेको छ ।


नयाँ पत्रिका ११ साउन २०६५ (२६ जुलाई २००८)मा प्रकाशित


https://dl.dropbox.com/u/74437393/how%20i%20developed%20reading%20habit.doc



Tuesday, June 05, 2012

साक्षी चेतनाका कुरा




हेर्ने साक्षी चेतना र खाने शरीर जड अलग हुन्छ । यो बोध हुन सकेमा जीवनमा गुणात्मक परिवर्तन आउँछ । साक्षी भावको अभ्यास गर्न सकिन्छ । व्यस्त क्षणमा टक्क अडिएर स्थितिलाई हेर्नुहोस् मानिसहरु, गाडीहरु, लमतन्न परेको सडक र पसलहरुको अन्तहीन शृंखला । यो सबै हेरिरहँदा प्रतिक्रियाविहीन, निश्चेष्ट रहनुहोस् । मूल्यांकन नगर्नुहोस् । प्रियअप्रियको भाव त्यागिदिनुहोस् । केवल  हेर्नुहोस्  । साक्षी भावले । कर्ता वा भोक्ता भावले होइन । अहा कति राम्रो, छ्या कस्तो घिनलाग्दो, यस्तो मूल्यांकनले आसक्ति बढाउँछ । एकदम अनासक्त रहनुहोस् । साक्षीभाव घनीभूत हुँदै जाँदा चेतनाको ज्योति प्रकट हुन थाल्छ, मनका पत्रहरु खुल्दै जान्छन्, मुक्त, निस्संग स्व-अस्तित्वको बोध हुन थाल्छ ।

खुट्टामा घाउ लागे मलाई घाउ भयो भन्न छोडेर खुट्टामा घाउ भयो भनौं । शरीर जड हो चेतना साक्षी हो । यति कुरा बारम्बार हेक्का राखौं । दुख र सुख दुवैमा अप्रभावित बनिरहौं । दुवै क्षणमा शरीरसँग तादात्म्य नराख्नाले भोक्ताभाव, कर्ता भाव हराउँछ ।

रामकृष्ण परमहंस, पतञ्जलि, बुद्धलाई पनि भोक लाग्थ्यो । उनीहरुले मलाई भोक लाग्यो कहिल्यै भनेनन् । भन्थे शरीर भोकायो । हामी भन्छौं मलाई भोक लाग्यो । शरीरसँग कुनै दूरी नराखी बाँच्ने हुँदा हामीलाई दुखले सताउँछ, सुखको उत्तेजनाले मत्याउँछ ।

शरीरसँग बाँधिइरहन किन पर्यो - शरीर तपाईं रहने सुन्दर घर हो । यसको उचित हेरचाह गर्नुहोस् । तर आफूलाई शरीर नै हुँ भन्ने नठान्नुहोस् । मन पनि प्यारो छ । मनको पनि उपयोग गर्नुहोस् । मनको पनि आवश्यकता छ । हृदय त झन् प्यारो छ । हृदयका सुमधुर भावनाहरुसँग पनि बाँच्नुहोस् । केवल यति हेक्का राख्नुहोस ‍ म साक्षी हुँ । जसलाई म साक्षी हुँ भन्ने सतत स्मरण भइरहन्छ उसलाई परम चेतना उपलब्ध हुन्छ ।

हामी त बोध गर्ने चेतना हौं । सबै भोक शरीरको हो ।

शरीरसँग कुनै दूरी नराखी बाँचेका छौं । त्यसैले गर्दा आफ्नो दुख आफैंले बेसाएका छौं । शरीरले दुख भोगेको पनि हेरौं, सुख भोगेको पनि हेरौं । साक्षी हाम्रो वास्तविक स्वरुप हो । यसरी हर्ेर्ने अभ्यास फलीभूत हुँदाका दिन दुखको पनि मजा लिन सक्नेछौं ।

हामी त यहाँ पर्यटक पो हौं । हेर्न आएको । सबैसँग मैत्री भाव राखौं, मिलेर बाँचौं, मस्ती गरौं, रमाऔं । भटका पंछी भूल न जाना ये जग तेरा नहीं ठिकाना ।

तपाइँ केवल साक्षी हुनुहुन्छ । साक्षी तपाइँको स्वरुप हो । तपाइँ कर्ता पनि होइन - काम त शरीरले गरिराखेको छ । तपाइँ विचारक पनि होइन - विचार त मनद्वारा भइरहेका छन् । तपाइँ भावुक पनि होइन - हृदयबाट भावना जाग्छन् । तपाइँ त केवल साक्षी हुनुहुन्छ - कृत्यहरुको, विचारहरुको र भावहरुको । यी तपाइँका तीन अभिव्यक्ति हुन् । यी तीनै प्रकारका अभिव्यक्ति देख्ने साक्षीलाई फेला पार्नुहोस् । यही जीवनको सर्वोतम प्राप्ति हुनेछ ।

जसले तपाइँका उल्लिखित तीन प्रकारका अभिव्यक्ति हरदम देखिरहन्छ त्यो स्व-चेतनामा हरपल टिकीरहनु साक्षी भाव हो । हामी चाहन्छौं यो भावमा टिकिरहौं तर बाहिर भागिरहने मन र भित्र दबेका इच्छाआकांक्षा एवं वासनाहरुले हामीलाई बगाइहाल्छन् । अतः ध्यानको अभ्यासले मनका संस्कारहरु मेटाउन आवश्यक हुन्छ । बुद्धले भनेका छन् पुराना संस्कार नाश भएपछि र साक्षी चेतनामा टिकिरहने अभ्यास भएपछि नयाँ संस्कार उत्पन्न हुँदैनन् । तब भवचक्र अर्थात् दुखचक्रको अन्त्य हुन्छ ।

कोहावर चित्रमा सुहागरातको दृश्य छ यद्यपि मास्तिर साक्षी चेतनाको प्रतीक चन्द्र सूर्यका रुपमा चराका रुपमा अंकित छ । यसको भाव हुन्छ कर्म गरौं तर त्यसमा असंग रहौं  निर्लिप्त रहौं । तस्वीर स्रोत : Mithila Art Institute http://orias.berkeley.edu/Mithila/ImagesMithila.htm

Friday, May 25, 2012

जनक दर्शनका कुरा





१. जनक दर्शन अर्थात् साक्षीभाव, आत्मज्ञान ।

या लोकद्वयसाधिनी चतुरता सा चातुरी चातुरी ।

अर्थात् संसारको क्षणभंगुर सुख पनि भोग गर्न सक्नु र मोक्षलोकको चिरस्थायी आनन्द पनि नगुमाउनु वास्तविक बुद्धिमानी हो । साक्षीभावको साधनाद्वारा जनकले दुवै लोकको सुख अनुभूति गरेका थिए ।

२. साक्षीभाव भनेको कर्ता भाव रहित भई कर्म गर्नु हो, फलप्रति आसक्ति नहुनु हो, आफ्नै कर्मको आफैं साक्षी हुनु हो । -सरल भाषामा भन्दा, कर्ता भाव भनेको म काम गरिरहेको छु भन्ने भावना तिरोहित हुनु, हराउनु । यो शरीरले काम गरिरहेको छ, म शरीरको र कामको पनि साक्षी हुँ भन्ने हेक्का भइरहनु ।)

३. यो साक्षीभाव प्राप्त गर्न आफूलाई शरीर होइन आत्मा सम्झन सक्नर्ुपर्छ । जनकले आफूलाई राजसी वस्त्र आभूषण र राजदण्ड धारी शरीर होइन, र्सवव्यापी, र्सवदर्शी आत्मा सम्झन्थे । यही कारणले उनलाई विदेह राजा भनियो, राजषिर् भनियो ।

४. जनक दर्शनले पर्ूर्वीय चिन्तन परम्परामा उल्लेख्य स्थान राख्छ । प्राचीन नगरी जनकपुरमा राज्य गरेका यी राजाले वेदव्यासका विद्वान् छोरा शुकदेवलाई जीवन दर्शन सिकाउने क्षमता राख्थे । व्यासले जनकलाई भेटेर साक्षीभाव सिक्न शुकदेवलाई पठाएको प्रसंग देवी भागवत्मा आउँछ ।

५. देवी भागवत् बाहेक बृहदारण्यक उपनिषद्, अष्टावक्र गीता आदिमा पनि जनक दर्शनको शास्त्रीय चर्चा पाइन्छ ।

६. जनक दर्शनले आत्मज्ञान प्राप्त गर्न घरबार त्यागेर बनबासी हुनु पर्दैन, केवल भोक्ता भाव, कर्ता भाव त्यागे पुग्छ भन्छ । ऋत् अर्थात् सृष्टिक्रम, सूर्योदय, सुर्यास्त, ऋतुपरिवर्तन, दैनिक व्यवहार र स्वयंलाई समेत कर्ता वा भोक्ता भावले होइन, साक्षी भावले हेर्नु म शरीर होइन आत्मा हुँ भन्ने स्मरण गरिरहनु आत्मज्ञान हो । यति ज्ञानलाई व्यवहारमा उतार्न सफल भएपछि राजा जनकले विदेह -म शरीर हुँ भन्ने भावना रहित) अवस्था प्राप्त गरेका थिए । आष्टावक्रको भोगविलास विमुख दर्शनको प्रतिच्छाया पनि जनक दर्शनमा पाइन्छ । ऐन्द्रिकतादेखि अतिन्द्रियतासम्म, भौतिकतादेखि अध्यात्मसम्मको अन्तर्यात्रा दिशानिर्देश गर्ने यो दर्शन र तान्त्रिक दर्शनमा तारतम्य पनि देखिन्छ ।

कोहावर अर्थात् सुनौला सुहागरात नामक मिथिला कलामा चित्रित अक्षत योनीमा संभोगरत लिंगलाई छेवैको बाँसको टुप्पामा बसेर वाल्ल पर्दै हेरिरहेको सुगा साक्षी भावको प्रतीक हो, उदाहरण हो । म कहाँ छु, के गरिरहेको छु भन्ने यथार्थलाई कर्म गरिरहँदा पनि पृथक् रहेर सोच्न सक्नुपर्छ यो सन्देश आर्श्चर्यचकित भई हेरिरहेको सुगाले बताउँछ । शरीर चेतनाको स्थूल रूप हो जसलाई समात्न सकिन्छ । जसलाई समात्न सकिँदैन त्यो चेतनाको सूक्ष्म रूप आत्मा हो । सम्भोगरत हुँदा शरीरमा अनुभूति भइरहेको रोमाञ्च कसलाई अनुभूति भइरहेको हो - त्यसलाई पक्रन सके जीवनमा ठूलै आन्तरिक क्रान्ति हुन्छ । त्यसैले आफ्नो होशलाई बाँसको टुप्प्ामा रहेको सुगाझैं सर्वोपरि राख्नुहोस्, कुनै पनि बेला आफूभित्र चेतनाको दीयो प्रज्वलित हुन सक्छ । यसप्रकार कोहावरमा चित्रित तान्त्रिक दर्शनमा जनक दर्शनकै भोगदेखि योगसम्मको यात्रा देख्न सकिन्छ ।

७. द्रष्टा, असंगता, आत्मज्ञान । आत्मज्ञान प्राप्त गरेपछि आत्मा पाकेको बदाम जस्तै असंग हुन्छ, आत्माले शरीर त खोल मात्रै रहेछ भन्ने पत्तो पाउँछ ।

८. साक्षी भावको जीवन दर्शनका प्रणेता भएका हुँदा राजा जनक नेपालका दार्शनिक विभूति ।


यो दर्शन किन सजिलै बुझ्न सकिँदैन त ः

जनक दर्शन सिद्धान्त होइन, जीवन पद्धति हो । जनक दर्शन चेतनाको स्तरको जीवन पद्धति हो । -हाम्रो शरीरका भिन्नभिन्न स्तर हुन्छन् : बाहिरी शरीर, स्वासप्रश्वास वा प्राण, मन, बुद्धि र चेतना) । सिद्धान्त बौद्धिक प्रयासले बुझ्न सकिन्छ । तर जीवन पद्धति बुझ्न साधना आवश्यक हुन्छ । ध्यानको अभ्यास आवश्यक हुन्छ ।

वासनाका पछि दगुरिरहेको मनले साक्षीभाव बुझ्न सक्दैन । जसरी बगिरहेको पानीमा आफ्नै प्रतिबिम्ब देख्न सकिँदैन ।

ध्यानको अभ्यास गर्दा शील पालना अनिवार्य हुन्छ । हिंसा नगर्नु, झूठो नबोल्नु, अरुको वस्तुको लोभ वा चोरी नगर्नु, यौन व्यभिचार नगर्नु र मादक पदार्थ सेवन नगर्नु यी पाँच शील हुन् । स्वभावतः मानिसको प्रकृति हिंसा उन्मुख, लोभी, व्यभिचारी हुन्छ । बुद्धि र विवेकले मनलाई रोक्न सकिन्छ । शील पालना गर्दा मन ओरालो लाग्न पाउँदैन । निश्चय नै, स्वाभाविकतालाई जित्न सक्नु ठूलो चुनौती हो ।
शान्त तलाउमा प्रतिबिम्ब देख्न सकिएजस्तै स्थिर मन भएपछि चेतनाको ज्ञान हुन्छ । चेतनाको ज्ञान हुनु नै आत्मज्ञान हो ।

ध्यानमा बस्दा के हुन्छ त - शरीर अचल हुन्छ । बिस्तारै स्व्ासप्रश्वास सूक्ष्म वा स्थिरप्रायः हुन थाल्छ । अनि मन स्थिर हुन्छ । मन स्थिर हुनु भनेको विचारको कोलाहल शान्त हुनु हो । अन्यथा हामी हर्दम केही न केही सोचिबिचारी रहेकै हुन्छौं ।

पानी सङ्लिन थाल्छ, अनि प्रतिबिम्ब देखिन्छ । मन शान्त हुन्छ, अनि चेतना प्रकट हुन्छ । चेतनाको स्तरमा जिउनुको आनन्दै बेग्लै हुन्छ । चेतनाको स्तरमा बुद्धि अत्यन्त संवेदनशील हुन्छ, प्रखर हुन्छ । स्वास लिनु मात्र पनि अद्भुत आनन्ददायी हुन्छ । स्वास लिनु सजीव प्राणीका निम्ति एउटा अद्भुत घटना हो, रहस्य हो । चेतनाको स्तरमा जीवन महाभोग हो ।

Monday, April 30, 2012

सन्त कबीरको विशेष प्रवचन


सन्त कबीरले एक पटक एउटा विशेष प्रवचन दिँदै थिए । एउटा उर्दी जारी गरिएको थियो : प्रवचनमा यस्तो उपाय बताइने छ जसको प्रयोग गर्दा खाने बेला थालमा झिंगा बस्नेछैन । कबीरले यो प्रवचन सुन्न आउनेले रु. पचासको टिकट काट्नु पर्ने बन्दोबस्त गरेका थिए । मानिसहरू अचम्म मान्दै थिए । प्रवचन सधैं निशुल्क हुन्थ्यो । यसपालि उनीहरूलाई टिकट किन्न भनिएको थियो । गर्मीको बेला जति सरसफाइ गरे पनि थालमा झिंगा बसेर हैरान पाथ्र्यो । पक्कै कबीरले कुनै अनौठो उपाय बताउँछन् होला भन्ठानेर सबैले टिकट किने । प्रवचन शुरु भयो । कबीरले सधैंजस्तै साम्प्रदायिकता होइन, सेवा नै धर्म हो भन्ने विषयमा बोले र प्रवचन टुंग्याए । मानिसहरू कतिखेर कबीरले थालमा झिंगा नबस्ने उपाय बताउलान् भनेर पर्खिरहेका थिए । होहल्ला हुन थाल्यो । कबीरले सबैलाई शान्त रहन आग्रह गरे र भने, 'उपाय अत्यन्त सजिलो छ, खाने बेलामा देब्र्रे हातले झिंगा धपाउनुहोला । थालमा झिंगा बस्नै पाउँदैन ।' 'अरे, त्यो त कुनै नयाँ कुरा भएन, धपाएपछि थालमा झिंगा बस्दैन भन्ने त हामीलाई पनि थाहा छ नि, यत्ति भन्नलाई पचास रुपैयाँको टिकट भिडाउनु सुहाउने कुरा होइन' मानिसहरू कराउन थाले । 'कबीरले भने, 'तपाईंहरूलाई यो उपाय थाहा छ भन्ने मैले पनि बुझेको छु । तर तपाईंहरूले त्यति सजिलो उपाय गरिराख्नुभएको छैन । टिकट किनाएको केवल तपाईंहरू आफूले जानेको कुरा गर्नुहोस् भन्नलाई हो । सेवा नै धर्म हो भन्ने तपाईंहरूले जान्नुभएको छ, यही कुरा प्रवचनमा सुन्न आउन आवश्यक छैन । यथाशक्य सेवाको भावनाले काम गर्न थाल्नुहोला । मैले भन्न खोजेको यत्ति हो ।' 


Sunday, March 18, 2012




बेंगलोर योग यात्रा
नेत्र आचार्य


गोरखपुरबाट ५० घण्टाको रेलयात्रापछि बेंगलोर पुग्दा खजुर, नरिवल र ताडीका बगैंचामा बिहानको कलिलो घाम पोतिएको थियो । नयाँ ठाउँमा पुग्दाको उत्तेजनाले हो वा मनमा संवेदनशीलता भरिएर, ती वृक्षका लामा पात हावाले हल्लाउँदा आत्मीयलाई धेरैपछि भेट्दाजस्तो कम्पन मनमा अनुभूति भइरह्यो । ‘ओम्’, योग सम्मेलनमा आउनेलाई स्वागत गर्नेहरु रेलवे स्टेसनमै पर्खिरहेका रहेछन् । 



ओम्कारको उच्चारणसँगै उनीहरुले हामीलाई एक–एक गुलाफका गुच्छा दिए । बस चढेर हामी तोकिएको निवासस्थान विवेकानन्द योग विश्वविद्यालयतर्फ गइहाल्यौं । मुख्य सहरबाट एक घण्टाको दूरीमा एकान्त स्थानमा रहेको विश्वकै पहिलो योग विश्वविद्यालयको विशाल परिसरमा पुग्दा मनमा त्यसैत्यसै उमंग भरियो । योग हामी पूर्वीयहरुको सभ्यता हो, यसको जगेर्ना गर्ने चेष्टा थालिएको देख्न पाउनु पनि गौरवको विषय हो । यात्राको थकान र धूलोले भरिएका हामी सबै पहिला स्नानागारमा नुहाउन पस्यौं । सय जनाले एकै पटक नुहाउन मिल्ने धाराहरु, विशाल भोजनालय, ध्यान केन्द्र, योगासन हल, थरीथरीका प्राकृतिक स्वास्थ्योपचार कक्ष, सभागृह, छात्रावास, घुम्नको लागि फराकिलो उद्यान र वृक्षहरु, योग विश्वविद्यालयको भव्यता वर्णनातीत लाग्थ्यो । विश्वविद्यालयको समग्र भूगोल र व्यवस्थापन एकपटक देखिसकेपछि मात्र ज्यान थाकेर हत्तु परेको बोध भयो । हामी विश्रामगृहमा पस्यौं । 
भोलिपल्ट विश्वप्रसिद्ध योग गुरु बिकेएस आयंगरले पानसमा बत्ती बालेर योग सम्मेलनको उद्घाटन गरे । विश्वका २६ देशबाट भेला भएका पाँच हजारभन्दा बढी सहभागीले श्रद्धापूर्वक उभिएर पर्र ताली पिटे । कालजयी कृति ‘लाइट अन द योग’का लेखक यी वयोवृद्ध गुरुले योगले शरीरलाई त लचिलो, निरोग एवं दीर्घजीवी बनाउँछ नै, मन र चेतनालाई पनि स्वस्थ एवं आनन्दित बनाउने हुँदा योगको भरपूर लाभ लिन आग्रह गरे । 
सम्मेलनको विशालता देख्दा छक्क परिन्थ्यो । कतै योगासनका कठिन अभ्यासहरुको प्रदर्शनी, कतै सांस्कृतिक झाँकी, कतै आरोग्यबद्र्धक उत्पादनहरुको प्रदर्शनी, कतै प्रवचन, कतै कार्यपत्र वाचन, कतै खानपिन गर्नेहरुको लर्को ।


नेपाल प्रतिनिधिमध्येबाट सभासद् धर्मशीला चापागाईंलाई मञ्चमा बोलाइएको थियो । वक्ताका रुपमा डा. हरिप्रसाद पोखरेलले बुद्ध जन्मेको योगभूमि नेपालबाट ३३ वर्षअघि योग सम्वत् आरम्भ भएको र योगदिवस मनाइँदै आएको बताउनुभयो । नेपालको सहभागिता यत्ति नै रह्यो । 


तेस्रो दिन भने डा. अञ्जु डंगोलले मिनिबस चढेर बेंगलोर घुम्न हौस्याइन् । आयंगरको योग प्रशिक्षण छोडेर सहर घुम्न हिँड्दा उहिले स्कूलमा कक्षा बंक गरेर खोलातिर माछा मार्न जाँदाजस्तो डर पनि रोमाञ्च पनि अनुभूति भइरह्यो । गाइडले पहिला हरेकृष्ण मन्दिर लग्यो । मन्दिरभित्र नागबेली परेका अगणित घुम्तीमा हरेक पाइला हरे राम हरे राम राम राम हरे हरे, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे भन्दै सार्नुपर्दोरहेछ । एक घण्टामा कृष्णजीको दर्शन पाइयो । फर्कंदा परिसरभित्रका सयौं बिक्री कक्ष अवलोकन गर्दै ओर्लनुपर्यो । ‘मन्दिर कम सपिङ सेन्टर ज्यादा पो रहेछ’ दीपक शर्माले काजु किन्दै भने । भक्तजनलाई दोब्बर–चौबर मूल्यमा सामान बेचिंदै थियो । फोटो खिच्न पनि नपाइने मन्दिरका देउता दर्शन गरी पवित्र भाव लिएर निस्कँदै गरेकालाई बासी मिठाइ, खेलौना, लुगा र देउताका मूर्ति व्यापार गर्ने इन्डियनहरुको आइडिया विस्मयकारी लाग्यो । 


टिपु प्यालेस दोस्रो गन्तव्य । टिपु सुल्तानले गर्मीमा हावा खान काठैकाठले बनाएको यो दरबारमा झ्याल–ढोका थिएनन् । सिंहासनमा बसेर फोटो खिच्दै हामी पनि क्षणभरका लागि श्रीपेचबिनाको सुल्तान बन्यौं । गेटबाहिर नरिवल भरिएको ठेलागाडी पर्खिरहेको थियो, गर्मीमा प्यास मेट्न योभन्दा मीठो पेय अर्थोक के होला ! तर साथीहरुलाई देख्दा लाग्थ्यो मानौं नरिवल पानी पिउनभन्दा पिउँदै गरेको फोटो खिच्नमा ज्यादा रस छ । 
लाल बाग नामको विशाल बगैंचा लभर्स गार्डेनका नामले चर्चित रहेछ । सहरभरिका प्रेमीप्रेमिका यहाँ आई खुल्लमखुल्ला प्रेम गर्दारहेछन्, हाम्रो स्वयंभूको जंगलजस्तो । बूढाबूढी र बेरोजगारहरु साइड लागेर बसेका भेटिँदारहेछन् । खजुरका रुखहरु र फूलैफूल भरिएको बगैंचाको आकर्षण विशाल सीसामहल रहेछ । महलभित्र हजारौं गुलाफका फूलहरुले बनेको गुम्बज आश्चर्यजनक थियो । 


महात्मा गान्धी रोडमा पुग्दा गाइडले भन्यो ः सुबह से साम तक महात्मा गान्धी रोड, साम से सुबह तक महात्मा ब्रान्डी रोड । बेंगलोरका मानिस खानपिन र मोजमस्तीमा निकै सौखीन छन् । काम कम सिनेमा ज्यादा हेर्छन् । शहरमा १०८ सिनेमा हल छन् । घरमा पहिला हिरोलाई पूजा गर्छन् अनि भगवान्लाई । 
‘उँटीको काजु, मैसूरको सर्वत, बेंगलोरको सिल्क र स्याण्डलउड फेमस हुन् । फुटपाथका सामान लेना नहीं, लेनेके वाद धोना नहीं, धोने के बाद रोना नहीं । अतः म तपाईंहरुलाई सहरको सर्वोत्तम एवं सुपथ मूल्यको सपिङ सेन्टरमा लग्दैछु जहाँ सिल्क र स्याण्डलउडका सामान खरिद गर्न सक्नुहुनेछ’ गाइडले हामीलाई पसलभित्र छिरायो । 


अर्को गन्तव्य साइन्स म्युजियममा पस्दा विशाल डाइनोसर भयानक हुँकार गरिरहेको थियो । विजुलीले चल्ने यो भीमकाय रेप्लिकाले आँखाबाट आगो ओकल्दै टाउको उठाउँदै गरेको दृश्य विस्मयकारी थियो । पहिलो तलामा राइट दाजुभाइले बनाएको पहिलो विमान, स्टिम इन्जिनले चल्ने रेल, पांग्रा, बीड, घिर्नी, पेच आदि विज्ञानका आधारभूत उपकरण थिए । रमाइलो विज्ञान नामको तलामा ऐना हेर्दा आफ्नो अनुहार होइन बाँदर–बाँदर्नी पो देखियो । अर्को छेउको ऐनामा हेर्दा टाउको पछाडि पो देखियो । अर्को ऐनामा हेरेर कुरा गर्दै थियौं, पल्लोपट्टी टेलिभिजनमा पो ब्रोडकास्ट भइरहेको ! आफ्नो अनुहार फेला पार्न मुश्किल भयो । अर्को आश्चर्यजनक प्रविधि थियो शरीरमा पानीको प्रतिशत नाप्ने । मेशिनमा पहिला वास्तविक तौल देखिन्थ्यो, स्वीच थिचेपछि ठोस तौल विस्थापन भएर ७० प्रतिशतको हाराहारी पानीको मात्रा देखिन्थ्यो । अरु तलामा अन्तरिक्ष विज्ञानका चमत्कारी दृश्य र बायोटेक्नोलोजीका कक्ष थिए । कम्प्युटर साइन्स कक्षमा इन्टरनेटले कसरी विश्वलाई एउटै सञ्जालमा जोडेको छ देखाइएको थियो । विज्ञानसम्बन्धी विषय पढ्ने विद्यार्थीका लागि त यो हेर्नै पर्ने संग्रहालय हो । 


‘बेंगलोरका मानिसहरु इन्टरनेट प्रविधिमा स्मार्ट छन्, शिक्षामा तेज छन्, कमाइमा तेज छन्, पिक– पकेटिङमा पनि तेज छन् । सहरमा घुम्दा होसियार रहनुहोला ।’ गाइडले बेलाबेला हामीलाई सम्झाउँदै थियो । म्युजियमपछि विधान सभा र हाइ कोर्ट सडकबाटै देखाएर उसले हामीलाई अर्को सपिङ सेन्टर पो पुर्यायो । अब भने यही गाइडदेखि सावधान रहनुपर्ने हामीले सोच्यौं । सहर अवलोकन यत्ति नै भो । हुन पनि, एक करोड जनसंख्या भएको बेंगलोरका तनावग्रस्त मान्छे र हर्न बजाइरहेका सवारीको भीड, प्रदूषण र कोलाहल हाम्रालागि असैह्य भइसकेको थियो । 


अर्को दिन योग तथा नेचुरोप्याथी सम्मेलनमा बित्यो । पाँच हजारभन्दा बढी सहभागीलाई ब्रेकफास्टदेखि बेलुका डिनरसम्म प्राकृतिक खाना पाकिरह्यो ः अंकुरित गेडागुडी, रोटी, दही र सख्खरमा पकाएको भात, नरिवलको चटनी, चुकन्दर र गाजरको सलाद, उखु र पालकको गुलियो पेय, जडिबुटी चिया र हरेक खानामा कडी पत्तीको बासना । नरिवलको स्वादिलो पानी, खाने एवं मालिस गर्ने तेल, चटनीमात्र हैन, प्लेटसमेत बन्दोरहेछ । नरिवलका खबटालाई मेसिनमा पेलेर बनाइएका हलुका डिस्पोजेबल प्लेटमा प्राकृतिक खाना खानुको मज्जै बेग्लै । सम्मेलन पाँच दिने पिकनिक जस्तो पनि भयो । विश्वभरिका योगप्रेमी र चुनिएका विज्ञहरुको अपूर्व जमघट र नवीनतम ज्ञान–विज्ञानको अन्तहीन प्रदर्शनी सम्मेलनका आकर्षण रहे । योगाभ्यासबाट शरीरलाई हदैसम्म  लचक र निरोग बनाउन सकिन्छ भन्ने प्रदर्शनी र व्याख्या दिनभरि चलिरह्यो । गँड्यौला त्यति नागबेली हुन वा दोब्रिन सक्दैन होला; बडी–आर्ट कतिसम्म कलात्मक हुनसक्छ त्यो देख्न पाइयो । शरीर एक योगाभ्यासीले नाकले दूध पिए र २८ इन्च लामो चम्किलो तरवार देख्दादेख्दै सुलुत्तै निले, हामीले सास रोकेर हेरिरह्यौं । उनी उस्तै शान्त रहे, अनुहारको भावभंगिमा बिग्रिएको देखिएन । 
फर्कने दिन आयो । हाम्रो यात्राका अगुवा डा. सूर्यबहादुर कार्कीसँगै अधिकांश सहभागी दिल्ली, हरिद्वार हुँदै फर्कने भए । बेंगलोरबाट सिधै नेपाल फर्कने समूह सात जनाको भयो । नयाँ संयोजनले सबैको स्लिपर टिकट कन्फर्म गर्न पनि सकेन । जसरी पनि फर्कनु त छँदैथियो, केरा चिप्स खाँदै रेलवे स्टेसनको प्रतीक्षालयमा समय बिताउन थाल्यौं । 


समयमै रेल आइपुग्यो, धक्कमधक्का गर्दै पसेर तीन जनाको सिटमा सात जना कोचिएर बस्यौं । रेलको सयर भने गजब भयो । आठ सिटको बक्समा सबै नेपाली थियौं । एक दिन नाच्दै गाउँदै बित्यो, अर्को दिन हाँस्दै खेल्दै । मगन्ते भने भाँतीभाँतीका आइलागे । कोही सद्दे खुट्टा खोच्याउँदै आउँथे, कोही सोझो ढाड बंग्याउँदै । एक टोली त निकै जण्ड आइलागे । ‘आइला’ भन्दै हत्केला पड्काउँदै आउने यो टोली तेस्रो लिङ्गी रहेछ । भारतमा तिनको निकै कदर हुन्छ रे, बिहेमा तिनले आशिक दिए भने फलिफाप हुन्छ रे । जे भए पनि रेलमा छिरेर यात्रुबाट जबर्जस्ती पैसा झार्ने छुट दिन हुँदैनथ्यो, सरकारले नियन्त्रण गर्नै सक्दोरहेनछ । एउटी काली हाम्रो बक्समा छिरेपछि होमजी खुम्चिएर बसे । काली त झन् सन्किई । होमजीको गाला मुसार्दै उसले भनी, ‘आइला रे, छोकरी तेरे साथ सो नहीं रही, तुझे कर नहीं रही, क्यों सिकुडता रे । चल, आज भ्यालेन्टाइन डे है, प्यार से जल्दी दश रुपये दे दे और आइ लभ यु बोल ।’ होमजी आलटाल गर्न खोज्दै थिए । ‘जल्दी दे दे, नहीं तो सबके सामने तेरे कपडे एक एक करके उतारुँगी ।’ अब भने होमजीले पर्स खोतले, भनेको दाम दिए र लामो सास फेरे । 
५२ घण्टाको यात्रापछि गोरखपुर रेलवे स्टेसनमा आइपुग्दा दीपकजीको सुटकेश फेला परेन । एक साता अघि यही स्टेसनमा उनको मोबाइल चोरी भएको थियो । अहिले सुटकेश । निकै खोजेपछि पल्लो बक्समा सुटकेश भेटियो । समयमै नखोजेको भए चट् हुनेरहेछ । भीडभाड र चोर–उचक्काहरुको सहरबाट यथाशीघ्र मुक्ति पाउन हामी साँझमै सुनौली जाने बस चढ्यौं । जनक र बुद्ध जन्मेको नेपालको जमिन टेकेपछि भने यस्तो लाग्यो मानौं जीवनका सारा समस्या स्वतः सुल्झिए । मनमा देशप्रेम जगाउन कसैले कञ्जुसी नगरे हुन्छ, हामी साँच्चै नै सुन्दर र शान्त देशका भाग्यमनी बासिन्दा हौं । यहाँको बाहुन जातैले चोखो होला वा नहोला, नेपाली जन्मले योगी हुन् । यति स्थिर, प्रशान्त र सौम्य मानिस अन्यत्र सायदै फेला पर्ला, यो यथार्थ अनुभूति गर्न एक पटक भारतको कुनै सहर घुमेर फर्के पुग्नेरहेछ ।


My Banglore yoga yatra published in Nagarik Daily 17th March 2012




Wednesday, November 09, 2011

मिथैमिथको मिथिला यात्रा

Ram-Janaki Bibaha Mandap

'शिरोच्छेदन किया राम ने रावणका पर वह मरा नहीं 
उसके शिर मडराते रहे 
लाखौं करोडौं नहीं अरबौं कि संख्या में 
और जब वह मरा भी था, केवल दश शिर ही तो मरे थे
बाँकियों को थाम लिया कन्धे हमारे कन्धों ने 
इसिलिए तो आज हैं हम राक्षस अधिक और आदमी कम ।'
-युगलकिशोर लाल

पहिलो प्रभाव
जनकपुरमा छठपर्व हेर्न जाने भनी अमृत भादगाउँले र म तिहारको भोलिपल्ट भरतपुरको पारस बसपार्कमा भेटियौँ । कुनै पनि बसमा बस्ने ठाउँ बाँकी थिएनन् । एउटाको डन्डीमा अडिएर छ घन्टाको यात्रा छठको रमाइलो कल्पना गर्दै पूरा गर्‍यौँ । साँझमा जनकपुर पुगेपछि साथीको साथीलाई फोन गरेर कहाँ बस्न सुविधाजनक होला भनी सोध्यौँ । काठमाण्डू गेष्ट हाउसमा तय भयो । पहिलो रात थकाइले गर्दा वेलैमा निद्रा परेछ, मच्छरले टोकेको पनि पत्तो भएन । स्नानकक्षमा पानी कालो रंगको आउँदो रहेछ, नुहाइसक्दा पो थाहा भयो । फोहोरामा थापिँदा बत्ती मलिन भएको हुँदा पहिला पत्तै भएनछ । अब लुतो आउनेभो भनेर म भोलिपल्ट दिनभरि भुटभुटिइरहेँ । 
सबेरै प्रातः भ्रमण निस्कँदा मूल सडकमा एक हुल सुँगुरले स्वागत गरे । थुतुनो उचाली-उचाली तिनले मानो 'जनकपुर हामी सुँगुर जातिको राजधानी हो' भनिरहेका थिए । फोहोरका डुँगुर र दुर्गन्धित नालीहरूमा हालीमुहाली गरिरहेका सुँगुरहरूको दाबी अस्वीकार गर्न कठिन थियो । 
मैले व्यंग गर्दै भनेँ, 'सुन्दर नगरी जनकपुर !'
अमृतले थपे, 'सुँगुर नगरी जनकपुर !'
भानु चोकदेखि जानकी चोकसम्मको बाटोमा ती स्थूलकाय प्राणीहरूको बिगबिगी थियो । जनकपुरको तुलनामा काठमाण्डू सफा लाग्यो । वेलाबखत फोहोर नउठ्ने समस्या भए पनि दुर्गन्धित नालीहरू राजधानीमा त्यत्ति देख्नुपर्दैन । साथीले कोण­-कोणबाट जानकी मन्दिरको तस्बिर लिए । परिसर फूल, केरा र मिठाई बेच्नेहरूले ओगटेको हुँदा भनेजस्तो फोटो खिच्न मिलेन । 

जनक दर्शन र मिथिला कला
दिउँसो जनकपुरका पौराणिक प्रसंग स्थानीय डा. राजेन्द्र विमलबाट थाहा पायौँ । जनक वंशका राजा सिरध्वज जनक दर्शनका प्रणेता थिए । यो दर्शनले आत्मज्ञान प्राप्त गर्न घरबार त्यागेर वनबासी हुनु पर्दैन, केवल भोक्ता भाव, कर्ता भाव त्यागे पुग्छ भन्छ । ऋत् अर्थात् सृष्टिक्रम, सूर्योदय, सूर्यास्त, ऋतु परिवर्तन, दैनिक व्यवहार र स्वयंलाई समेत कर्ता वा भोक्ता भावले होइन, साक्षी भावले हेर्नु, म शरीर होइन आत्मा हुँ भन्ने स्मरण गरिरहनु आत्मज्ञान हो । यति ज्ञानलाई व्यवहारमा उतार्न सफल भएपछि राजा जनकले विदेह -म शरीर हुँ भन्ने भावनारहित) अवस्था प्राप्त गरेका थिए । आष्टावक्रको भोगविलास विमुख दर्शनको प्रतिच्छाया पनि जनक दर्शनमा पाइन्छ । ऐन्दि्रकतादेखि अतिन्दि्रयतासम्म, भौतिकतादेखि अध्यात्मसम्मको अन्तर्यात्रा दिशानिर्देश गर्ने यो दर्शन र तान्त्रिक दर्शनमा तारतम्य पनि देखिन्छ । 
कोहावर अर्थात् सुनौला सुहागरात नामक मिथिला कलामा चित्रित अक्षत योनीमा सम्भोगरत लिंगलाई छेवैको बाँसको टुप्पामा बसेर वाल्ल पर्दै हेरिरहेको सुगा साक्षी भावको उदाहरण हो । म कहाँ छु, के गरिरहेको छु भन्ने यथार्थलाई कर्म गरिरहँदा पनि पृथक् रहेर सोच्न सक्नुपर्छ यो सन्देश आश्चर्यचकित भई हेरिरहेको सुगाले बताउँछ । शरीर चेतनाको स्थूल रूप हो जसलाई समात्न सकिन्छ । जसलाई समात्न सकिँदैन त्यो चेतनाको सूक्ष्म रूप आत्मा हो । सम्भोगरत हुँदा शरीरमा अनुभूति भइरहेको रोमाञ्च कसलाई अनुभूति भइरहेको हो ? त्यसलाई पक्रन सके जीवनमा ठूलै आन्तरिक क्रान्ति हुन्छ । त्यसैले 
आफ्नो होसलाई बाँसको टुप्पामा रहेको सुगाझैँ सर्वोपरि राख्नुहोस्, कुनै पनि वेला आफूभित्र चेतनाको दियो प्रज्ज्वलित हुन सक्छ । यसप्रकार कोहावरमा चित्रित तान्त्रिक दर्शनमा जनक दर्शनकै भोगदेखि योगसम्मको यात्रा देख्न सकिन्छ । 
राजा जनककै प्रभावले प्राचीन कालदेखि जनकपुरमा अभूतपूर्व धार्मिक सहिष्णुता रहिआएको डा. विमलले बताए । आपसी सहिष्णुताका कारण शैव, वैष्णव र शाक्त सम्प्रदायको एउटै परिचय बनेको रहेछ स्मार्त दर्शन । हरेक घरमा तुलसीको मठ, त्यसमा हनुमानको ध्वजा र देवीको प्रतीक स्वरूप शिलाहरू राख्ने चलन अद्यापि जनकपुरबासीमा रहेछ । सन्न्यासीले ललाटमा तीन सम्प्रदायको प्रतीक विभूति, त्रिपुण्ड र रातो टीका आज पनि लगाउँदा रहेछन् । यति सहिष्णु पुरवासीहरूले बुद्धलाई भने नगरमा छिर्न दिएनछन् । बुद्ध नगर बाहिरै अखाडा जमाएर बसेछन् । उनका अनुयायीहरूलाई पुरवासीहरूले देखिसहँदैनथे रे । भिक्षुहरूले 'ऊँ नमः सिद्धम्' भन्दा जनकपुरेहरूले 'ओ नामा सिधम् गुरुजी चितम्' भन्दै उल्लीबिल्ली गर्थे रे । 
जनकपुरमा सुफी सन्तहरूको पनि बसोबास छ । हिन्दू र मुस्लिम दर्शनको मिश्रति रूप सुफी दर्शनकै प्रभावले जानकी मन्दिरको छेवैमा मदरसा बनेको रहेछ । जैन दर्शनका तीर्थंकर मल्लीनाथ र नेमीनाथ जनकपुरकै भएको बताउँदै संस्कृतिविद् डा. विमलले दाबी गरे, 'जनकपुर आध्यात्मिक ऊर्जाले सिञ्चित भूमि हो ।' 

धनुषा धाम
दोस्रो दिन नागरिक दैनिकका जनकपुर संवाददाता सुरेश यादव र मित्र राजेन्द्र महतोसँगै धनुषा धाम हेर्न गयौँ । धनुषा पुग्न मोटरसाइकलमा एक घन्टा लाग्यो । त्यहाँको मुख्य आकर्षण रामले त्रेता युगमा सीता स्वयंवरका वेला भाँचेको धनुष रहेको मानिने मन्दिर रहेछ । मन्दिर अति सामान्य थियो तर जहाँ धनुष टुक्रिएको जनविश्वास गरिएको छ, त्यहाँ जमिनमा अनौठो शिला फैलिएको रहेछ । न त्यसलाई ढुंगा भन्न मिल्ने न धातु । रमाइलो कुरा त त्यो शिला बढ्दै गइरहेको स्थानीयबासीले बताए । राजेन्द्रजी स्वयंले शिलाको आयतन फराकिलो हुँदै गएको देखेको स्वीकार गरे । भाँचिएको धनुषका बारे अनेक मिथक जनजिब्रोमा रहेछन् । अन्य कसैले उचाल्न नसक्ने धनुषलाई जानकीनन्दिनी सीताले घर लिपपोत गर्दा देब्रे हातले उचालेर त्यसमुनि लिप्थिन् रे । जनकले सोचेछन्, सीता दैवी शक्ति हुन्, यिनको विवाह कुनै दैवी पुरुषसँगै गरिदिनुपर्छ । त्यसका लागि रचाइएको स्वयंवरमा देशदेशावरका वीर आएछन् तर धनु कसैले हल्लाउन पनि सकेनछन् । रावणले त जोडले धनु उचाल्न खोज्दा आफैँ लडेर सबलाई हँसाएछ । पालो आएपछि रामले सजिलै धनु उचालेछन् तर ताँदो चढाउन खोज्दा भाँचिएछ । 
त्यो धनु परशुरामले तीर्थयात्रा गर्न जाँदा जनकलाई राख्न दिएका रहेछन् । फर्केर आउँदा भाँचिएको देखेपछि उनी नराम्ररी जंगिएछन् । लक्ष्मणले जति सम्झाए पनि परशुरामको रिस शान्त भएनछ । फन्केर हिँडेका परशुराम अलिक पल्तिरको कुण्डमा नुहाउन पसेछन् । चिसो पानीले बल्ल उनको दिमाग ठण्डा भएछ । परशुराम कुण्ड बाटैमा पर्दो रहेछ । त्यहाँ अहिले पनि तलाउ रहेको हाम्रा साथीहरूले देखाइदिए । 

छठको रमाइलो 
छठपर्वको आरम्भ भइसकेको छ । सानाठूला तलाउहरू सिंगारिएका छन् । पानी मैलो भए पनि तैरिरहेका फोहोर हटाइएको छ । किनारमा व्रतालुहरूले पूजासामग्री लहरै सजाएका छन् । फलफूल, केरा, ठगुआ, सिंगारिएको माटोको घैंटो र बीचमा दियो बलिरहेको छ । जनकपुरे स्त्रीहरू बिछट्ट सिंगारिएर सडकमा निस्केका छन्, व्रतालु तलाउ किनारमा जम्मा भएका छन् । सर्वत्र घुइँचो छ । आतशबाजी गरिँदै छ । आकाश ढर्र्र्र धडाम्जस्ता आवाजले गुञ्जिएको छ । स्थानीयहरू त्यसैत्यसै रौसिएका छन् । छठ त जनकपुरेहरूलाई नसाजस्तै लाग्दो रहेछ । व्रत बस्नेको मनोकांक्षा पूरा हुन्छ । यसमा कसैले आशंका गर्नेे साहस पनि गर्दा रहेनछन् । बिहान सबेरैको ठण्डीमा फोहोर तलाउमा डुबुल्की मारेर हातमा अघ्र्य लिएर घन्टौँ सूर्योदय पर्खने व्रतालुहरूको आस्था कति प्रबल होला ! मैले त्यतिखेरै सोचेँ, यो लेखेर देखाउन सकिँदैन, किनभने आँखैले देखेर पनि विश्वास गर्न मुस्किल भइरहेको थियो । 
छठका बारेमा विरोधाभाषी मिथक प्रचलित रहेछन् । छठी माताको आराधना गरेको देखिन्थ्यो तर अघ्र्यचाहिँ सूर्यदेवलाई चढाउने विधि महत्त्वपूर्ण रहेछ । डा. विमलले छठपर्व आर्यहरू आउनुपूर्वदेखि चलिआएको तर्क गरे । अनार्यहरूले सूर्यलाई स्त्रीरूपमा पूजा गर्थे । त्यसैले सूर्यको उपासना गरिन थालेको हो । छठमा गहुँका पक्वान्न चढाइने चलनले पनि यो पुष्टि हुन्छ । उनका अनुसार आर्यहरूलाई गहुँको जानकारी थिएन । 
स्थानीय पत्रकार राजेश्वर नेपालले पौराणिक स्रोत उद्धरण गर्दै छठी मैया अर्थात् षष्ठी देवी महादेवकी पुत्रवधू अथवा कार्तिकेयकी प्राणपि्रया थिइन् भने । वैवर्त पुराणको प्रकृति खण्डको अध्याय ४३ र देवी भागवतको ९औँ स्कन्धको ४६औँ खण्डमा यसको प्रसंग रहेछ । षष्ठी तिथिमा निष्ठापूर्वक दिनभरि निराहार बसी गहुँको पीठोको खजुरिया -ठेकुवा) र चामलको पीठोको भुसवा बनाएर साँझमा नदी वा पोखरीको छठघाटमा पुगेर सूर्यलाई साक्षी राखी छठी देवीलाई अघ्र्य चढाइन्छ । 
छठमा उपयोग हुने हरेक वस्तुको प्रतीकात्मक अर्थ छ । चामलको पीठोमा पानी राखेर परिकार बनाइनुको तात्पर्य अक्षता अर्थात् अक्षत् ब्रह्ममा जल अर्थात् जीवनको सम्मिलन गरिएको हो । हाम्रो जीवन ब्रह्ममय होस्, जीवनमय होस् भन्ने अपेक्षा यहाँ लुकेको छ । सेतो सबै रंगहरूको सम्मिलन हो, जीवन सबै रंगले सजियोस् भन्ने आशय यसमा छ । 

मिथिला हिजो र आज
र्फकनुअघि जनक दर्शन थप बुझ्न हामी युगलकिशोर लाललाई खोज्दै गयौँ । लाल कालिदासको मालविकाग्निमित्रम् नाटक पढ्दै बसेका रहेछन् । मीठो चियासँगै दर्शन चर्चा आरम्भ भयो । मिथिला नामकरण हुनुमा रोचक मिथ रहेछ । जनकका पूर्वज राजा निमी निसन्तान मरे । पुरोहितहरूले उत्तराधिकारी जन्माउन निमीको मृत शरीर मन्थन गरे । यसरी जन्मिएका पुरुषलाई मैथिल भनियो, मैथिल राजाले शासन गरेको हुँदा यो क्षेत्रकै नाम मिथिला रह्यो । गुरु परम्परा, शास्त्र अध्ययन, सत्संग र सात्विक भोजनले मानिसको बोध निर्धारण गर्छ । जनकवंशीय राजा यस्तै सुष्ठु परम्परामा हुर्किएका थिए । अन्ततः जनक वंशका २१औँ राजाले अष्टावक्रसँगको शास्त्रार्थबाट आत्मज्ञान प्राप्त गरे । जनक दर्शन सनातन हिन्दू दर्शनभन्दा पृथक् होइन, केवल जीवनलाई दर्शनमय बनाइरहन जनक सफल भए । तब यो जनक दर्शन भयो । 
मैले लाललाई सोधेँ, 'यस्तो अपूर्व दर्शन र संस्कृतिका धनी जनकपुरेहरू आज किन आफ्नै जीवनलाई अव्यवस्थित र सहरलाई कुरूप बनाइरहेका छन् ?' 
जवाफ लालको जिब्रोमै झुन्डिएको रहेछ । उनले भने, 'जनकपुर शाहवंशीय राजाको कोपभाजन बन्नाले यस्तो भयो । आजसम्मका शासकले जनकपुरलाई लुटेर, अपमानित गरेर, शोषण गरेर शान्त भएका छैनन् ।' 
'अरूलाई दोष दिएर मात्रै नपुग्ला कि ?'
लाल समझयुक्त व्यक्ति रहेछन् । उनले आदमी कम राक्षस अधिक शीर्षकको माथिको कविता सुनाएर सबैको कमजोरी संकेत गरे र मलाई सन्तुष्ट पारिदिए । 

आस्थाको दियो
जनकपुरेहरू छठी देवी को हुन्, सूर्यलाई अघ्र्य दिएर कसरी तिनको आराधना हुन्छ प्रष्ट देखिएनन् । यद्यपि बर्सेनि तनमनलाई कष्टसाध्य व्रत बसिराख्छन् । हुन पनि मान्छे आस्थाले नै बाँचेको हुन्छ । मान्छेको आस्था उखेलेर फाल्नुहुन्छ भने मान्छेले तपाईंलाई उखेलेर फाल्छ । अतः आस्थाको सम्मान गर्नुको विकल्प छैन । आस्था तर्कभन्दा बलशाली हुन्छ, यो धु्रवसत्य बिर्सन हुँदैन । भनिन्छ आस्थावान् व्यक्तिलाई वृन्दावनमा रात बिताउँदा सबेरै अनुभूति हुन्छ यहाँ केही छ । कुनै अदृश्य ईश्वरीय चैतन्यले मनमस्तिष्क ओतप्रोत हुन्छ । लालले पनि भनेका थिए जनकपुर पुण्यभूमि हो, ल्यान्ड अफ मिर्‍याकल हो । यहाँ केही छ, जसले मानिसलाई नजानिँदो स्पर्श गर्दछ । र्फकने वेलामा साथी अमृतलाई यो आस्थाले छोएछ । उनले मौका पाउँदा फेरिफेरि आइरहने मन गरे । मलाई जनक दर्शनले बढी छोयो । त्यो सुन्दर दर्शन बिर्सेका जनकपुरेलाई के सम्झनु । तिनले एक न एक दिन आफ्ना पुर्खा र पहिचान सम्झेलान् भन्ने मेरो सपना छ । डा. विमल, लालजी र धनुषा लैजाने दुई साथीहरू भने सम्झनामा आइरहने छन् । लालजीको कविता पनि ।  

Published in Naya Patrika Daily 9 Nov 2011 

Janaki Mandir view from Bibaha Mandap
www.nayapatrika.com

Sunday, October 23, 2011

मेरो स्वाध्ययन र ध्यान



यदि तीन दिन सम्म कुनै किताब नपढ्ने हो भने 
बोलीमा बासी कुराको गन्ध आउन थाल्छ । अज्ञात

संयोगवश मैले सानैदेखि किताबलाई साथी बनाएँ । पहिला म साहित्यको पाठक थिएँ । कविता, कथा र उपन्यास पढेर रमाउँथेँ । गोपालप्रसाद रिमाल, भीमदर्शन रोका, डब्लु. बी. इट्स र जोन किट्सका कविता, दौलतविक्रम विष्ट, एन्टोन चेखब र डिएच लरेन्सका कथा, पारिजात, शरच्चन्द्र, दोस्तोयब्स्की, लर्ेर्मेन्तोभका उपन्यास पढ्दाका दिन कति मधुर थिए म शब्दमा बताउन सक्दिन । त्योताका वास्तविक दुनिया फिका र साहित्यको दुनिया रोचक लाग्थ्यो । बुझ्दै जाँदा साहित्यको रसिकता क्षणभंगुर हुँदोरहेछ भन्ने थाहा भयो । पढिराख्दासम्म रमाइलो, छोडेपछि उही एक्लोपन, उही विरक्ति । मैले दर्शन पढ्न थालेँ । ग्रीकतिरका विद्वान्ले दर्शनलाई सबभन्दा सुमधुर संगीत भन्दारहेछन् । सुरु-सुरुमा त मलाई पनि त्यस्तै लाग्यो । पढ्दा पनि कस्तो मजा । कथा-उपन्यास पूरै किताब पढेर सकेपछि बल्ल रहस्य खुल्थ्यो र आहा ! भन्दै मुख मिठ्याउन मन लाग्थ्यो । दर्शन त दर्ुइ चार हरफ पढेपछि मस्ती अनुभव हुँदोरहेछ । यसलाई सर्वोत्तम संगीत भनिएको ठिकै रहेछ भन्ने लाग्यो । दर्शनका पुस्तक पढ्दाताका म पुस्तकालयहरुमा घन्टौं बिताउँथेँ । नयाँ पुस्तक खोज्न चाहिँ टुरिस्ट एरियाका पुस्तक पसलहरु धाउनुपथ्र्यो । नित्सेको दस स्पेक जराथुस्त्र भन्ने किताब खोज्न निकै समय लाग्यो । कैयौं दिनसम्म म बेचैन भएर पसलहरुमा भौंतारिइरहेँ । तर किताब पाइएन । त्यो किताब फेला पार्न मलाई पोखराबाट काठमाण्डू आउनुपर्‍यो । जब फेलापारेँ, रातदिन गरेर पढिसिध्याएँ । नित्सेले जत्तिकै जीवनलाई माया गर्ने लेखक मैले आजसम्म भेटेको छैन । जीवन प्रतिको प्रेम व्यक्त गर्दै उनी भन्छन् ः
'हामी प्रेमका भोका छौं र भोकमा काँचो भात पनि मीठो हुन्छ ।'

नित्सेका किताब निकै समय पढिरहेँ मैले । ती किताबले तत्कालीन समयमा मेरो सोचाइको दायरालाई बृहत्तर बनाए । जीवनलाई अपार प्रेम गर्न सिकाए । तुच्छ सुखलाई त्यागेर महान् सुखको प्राप्तिका लागि थाक्दैनथाकी संर्घष्ा गरिरहने ऊर्जा दिए । नित्सेको जीवनवादी दर्शन पढेको हरेक पाठकलाई यस्तै प्रभाव परेको हुनर्ुपर्छ ।

यद्यपि समय बितेर गयो कि म, पत्तै भएन । दर्शनको न्यानो पनि असमयमै सेलाउन थाल्यो । विस्तारै मलाई दर्शनशास्त्रहरु अव्यावहारिक लाग्न थाल्ो । देश-दुनिया एकातिर छ, जिन्दगीका संर्घष्ाहरु एकातिर छन्, दर्शनशास्त्र कहाँकहाँको कपोलकल्पनामा हराइरहेको मैले देखेँ । मैले दर्शन गलत रहेछ भनेको चाहिँ हैन, तर व्यावहारिक पटक्कै रहेनछ । पढ्दा आनन्द आओस् साथसाथै जीवनसँग त्यसको प्रत्यक्ष साइनो पनि होस्, पढाइ त त्यस्तो पो उत्तम हुन्थ्यो । मेरो जीवनको बाटोमा उज्यालो र्छन नसकेका विचरा दर्शनशास्त्रहरु खाटमुनिको अँध्यारोमा थन्किए । अब मैले अझै माथिल्लो स्तरको विधा खोज्नुपर्‍यो जुन रसिलो पनि होस् गुनिलो पनि ।

अन्ततः मैले ध्यानका सम्बन्धमा पढ्न थालेँ । ध्यान बारे पढ्नु रसिलो त छँदैथियो, जीवनप्रतिको दृष्टिकोण बदलिदिने हुँदा तत्क्षण अध्ययनको प्रभाव पनि अनुभूति हुन्थ्यो । जति हरफ पढ्दै गयो उति नै आफूमा रुपान्तरण भइरहन्थ्यो । ध्यानको अभ्यास गर्न थालेपछि त शरीर र मनमा पुनर्ताजगी अनुभव हुन थाल्यो । रातभरिको गहिरो न्रि्राले थकान मेटिई शरीरमा स्फर्ूर्ति भरिएजस्तै ध्यानको अभ्यासले शरीर तरोताजा, मन तनावरहित र उन्मुक्त हुँदोरहेछ ।

ध्यानले मलाई धेरै मदत गर्‍यो । परिवारको माया नपाएको कारणले होला मलाई हर्दम एक खालको छटपटी भइरहन्थ्यो । बिनाकारण बेचैन भइरहन्थेँ, सायद संवेदनशील हृदय भएकोले मैले कसै न कसैसँग विश्वास र मायाको सम्बन्ध जोड्न चाहन्थेँ । तर जसलाई विश्वास गर्न चाह्यो उसैले धोका दिन्छ, उसैले फाइदा उठाउन खोज्छ । परिस्थिति नै यस्तो छ, मानिसहरुलाई परिस्थितिले कुटिल बनाइरहेको छ, कसलाई दोष दिनु । मलाई बारम्बार कस्तो लागिरहन्थ्यो भने हर्ेर् इश्वर, कस्तो कालखण्डमा जन्मिएछु । जन्मिए पनि यो दर्रि्र देशमा किन जन्मनुपरेको होला, त्यसमाथि यो बिकट पहाडको असभ्य बस्तीमा किन जन्मिनुपरेको होला । झन् यो संकुचित मानसिकता भएको परिवारमा किन - म छिटै परिवार छोडेर नजिकको शहरमा पसेँ । र केही वर्षछि उच्च शिक्षा अध्ययनका लागि राजधानी आएँ । यद्यपि जहाँ गए पनि कर्मसँगै भनेजस्तो एक्लोपन र बेचैनीले साथ छोडेन । समस्या उही थियो, ६५ लाख मानिसहरुको भीडमा म एक्लै हुन्थेँ । विश्वास र प्रेमको खडेरी परेको यो भयानक कंक्रिटको जंगलमा, यस्तो तामसयुक्त कालखण्डमा बाँच्नका लागि सहारा खोज्नु नै सायद गलत हो । केही कुरा खोज्नु नै, चाहनु नै दुखलाई निम्ता दिनु रहेछ । हामीले जे खोजिरहेका हुन्छौं त्यो त सदार्सवदा हामीसँगै हुँदोरहेछ, केवल हामीलाई त्यसको होश नहुँदोरहेछ । ध्यानको अभ्यासले जुन दिन होश आयो त्यो दिन कस्तुरीजस्तै आफ्नै शरीरबाट निसृत सुगन्ध खोज्न मैले अन्यत्र आँखा डुलाउन छोडिदिएँ ।

जुन दिन मलाई पर्ूण्ातया मौन रहँदाको अपार ऊर्जा अनुभूति भयो, जुन दिन अस्थिर मन स्थिर भयो, जुन दिन सतत ध्यानस्थ रहने किमिया मैले फेला पारेँ, त्यही दिन मानो म उन्मुक्त भएँ । मैले आफैँसँग मित्रता गाँसेँ र आफैंलाई आफ्नो साथी बनाएँ । त्यसपछि त मेरा दुखका दिन गए । मैले दुखमा पनि सुख फेला पारिहाल्थेँ । दुख त आफ्नै आकांक्षाहरुको छायाँ पो रहेछ । दुखबाट भाग्नु छायाँबाट भाग्नुजस्तै रहेछ ः भाग्यो भने पछि लाग्ने, छहारीमा ढुक्कले बसिदियो भने हराउने । दुख होला कि भनेर, भविष्यको पीर गरेर वा अरुले के भन्लान् भनेर चिन्तित वा भयभीत हुनु र आफैंले पेन्ट गरेको राक्षसको चित्र देखेर डराउनु उस्तै कुरा रहेछन् । यद्यपि यो रहस्यको ज्ञानले मात्र भयमुक्त बनाउँदैन, बोध हुनर्ुपर्छ । र बोध हुनका लागि मन शान्त हुनर्ुपर्छ, प्रज्ञा अर्थात् विशिष्ट ज्ञान हुनर्ुपर्छ । जब मलाई यो बोध भयो, मैले यो देशमा, त्यो गाउँमा, त्यो परिवारमा जन्मनुपरेकोमा नियतिलाई दोष दिन पनि  छोडिदिएँ । बरु मलाई यस्तो संयोग पर्नु सौभाग्य पो रहेछ भन्ने लाग्न थालेको छ । किनभने यी सबप्रति तीब्र वितृष्णा हुँदैनथ्यो भने यो बोध पनि हुने थिएन होला । यो बोधको आनन्दका तुलनामा देशले, जन्मस्थानले वा परिवारले दिने आनन्द एक छेउ पनि रहेनछ । इच्छाहरु, तिर्सनाहरु, वासना र कामनाहरु पूरा गरेर पाइने सुख वा महासुख तृष्णाको क्षयबाट पाइने सुखको तुलनामा सोह्र भागको एक भाग जति पनि हुँदैन रहेछ ।

ध्यानको प्रभाव कति विज्ञानसम्मत छ भनी आफैंले अनुभूति गरेर हेरेँ । आरम्भका दिनमा मैले यसरी प्रयोग गर्थें । प्रथमतः मैले कम्तीमा एक दिनका लागि कुनै पनि कुराको लोभ नगरी बस्ने दृढ संकल्प गर्थें । कसैप्रति अनुराग मनमा नराखी, कसैसँग कुनै प्रकारको गुनासो, रिस वा क्रोध नगरी बस्थें । व्रत बस्नेले दिनभरि खाना नखाई पेट खाली राखेजस्तै ध्यान बस्नेले मनलाई खालि राख्नु अत्यावश्यक हुन्छ । कमसेकम आज दिनभरिका लागि मैले लोभ गर्दिन, कुनै व्यक्ति वा वस्तुको चाहना गर्दिन, कसैप्रति गुनासो वा रिस गर्दिन भन्ने निश्चय गरिसकेपछि मन यत्तिकै शान्त हुन थाल्थ्यो । त्यसपछि एकान्तस्थलमा सजिलो गरी बस्थेँ । शरीर र मनलाई निश्चल र स्थिर राख्थेँ । बिल्कुलै हलचल नगरी पर्ूण्ा रुपले मौन बस्थेँ । पर्ूण्ा मौन भन्नाले आन्तरिक संवाद पनि नगरी बस्ने भनेको हो । मन हर्दम संकल्प-विकल्प गरिराख्छ, मनमा कुरा खेलाइराख्छ । अतः मनलाई समेत मौन राख्नु वास्तविक मौन हो । डुलिराख्ने मनलाई ठेगान लगाउने विधि सास आएको-गएको हेरिराख्नु हो । सास नाकमा पस्दा प्वालहरुमा शीतलता अनुभूति हुन्छ, निस्कँदा न्यानो अनुभूति हुन्छ । क्रमशः एकाग्र र शान्त हुँदै गएपछि सास भित्र फोक्सोमा कहाँसम्म पुग्छ, त्यहाँ कतिञ्जेल रोकिन्छ र निस्कँदा केकति निस्कन्छ हेक्का राख्थेँ । म अत्यन्त शान्त भइराखेको छु भने सासको सूक्ष्म गति थाहा पाउन सक्थेँ । त्यतिमात्र होइन, शरीरमा रक्तसञ्चार भइरहेको समेत थाहा पाउँथेँ । हात, पाउ आदिमा रगत खेलिरहेको थाहा हुन्थ्यो, शरीरभरि त्यसको कम्पन अनुभूति हुन्थ्यो, मन अभूतपर्ूव आनन्दको सागरमा तैरिन थाल्थ्यो । जति जति ध्यानस्थ हुँदैगयो उति उति यो चरम आनन्दको अनुभूति अझै घनिभूत हुन थाल्थ्यो । कहीँ पुग्नलाई, कुनै काम सक्नलाई जस्तो हर्दम बेचैन बनाउने हतारो हराउँथ्यो । के को हतार, के को धपेडी । को आफ्नो, को पर्राई । को मित्र, को शत्रु । को धनी, को गरिब । के सुख, के दुख । के सफलता, के असफलता । भेदबुद्धि समाप्त हुन्थ्यो । रातदिन प्रतिस्पर्धाको भावनाले बेचैन भइराख्ने मनलाई यतिखेर चैन अनुभूति हुन थाल्थ्यो । भेदभावले गर्दा छियाछिया हुने मनको कोमलतालाई राहत हुन्थ्यो । यसरी ध्यानको मस्ती अनुभूति हुन थालेपछि मैले ध्यानलाई आफ्नो एउटा दैनिकी बनाएँ । आजभोलि त म जबजब शान्त रहन्छु तब तब अपार ऊर्जा र आनन्दको अनुभूति गर्छर्ुु पलेँटी कसेर आँखा चिम्म गरेर ध्यानमा बस्नै पर्दैन ।

'अब मुझको करार तो सबको करार है
दिल क्या ठहर गया तो जमाना ठहर गया ।'

सायद यही कारणले भनिएको होला ः आफू भलो त जगत् भलो ।
ध्यानको कला सिक्ने हो भने यसबाट सबैको जीवनलाई सहज, शान्त र आनन्दित बनाउन मदत मिल्छ । विद्यार्थीलाई ध्यानले अध्ययनमा एकाग्रता हुन्छ, स्मरण शक्ति बढ्छ, आत्मविश्वास सुदृढ हुन्छ । प्रतिस्पर्धाको भावनाले होइन, उत्कृष्टता प्राप्त गर्ने ध्येयले उसले अध्ययन गर्न सक्छ । प्रतिस्पर्धाले तनाव निम्त्याउँछ भने उत्कृष्टताको ध्येय राख्दा मनमा प्रफुल्लता अनुभूति हुन्छ । प्रश्न उठ्न सक्छ, एकाग्रता कसरी हुन्छ त - कसरी हुन्छ भने, ध्यानको अभ्यास छैन भने मन बेचैन, अस्थिर र तनावग्रस्त भइरहन्छ । धमिलो पानी भएको पोखरीजस्तै । त्यस्तो पोखरीमा पिंधमा के छ देख्न सकिँदैन । केले पानी धमिलो बनाएको छ थाहा हुँदैन । जब ध्यानको अभ्यास गर्ने बानी बस्छ, तब हाम्रो मन सङ्लिन थाल्छ । सङ्लो पानीमा सबैथोक प्रस्ट देख्न सकिन्छ । तलाउमा तरङ्गहरु उठिरहेका छन् भने पनि गहिराइमा देख्न सकिँदैन । ध्यानले मन अत्यन्त शान्त हुन थाल्छ । शान्त मनको गहिराइसम्म देख्न सकिन्छ । मनको गहिराइमा अनावश्यक कुराहरु छन् भने तिनलाई मिल्क्याउन सकिन्छ । र पढेका सूत्र तथा व्याख्याहरु त्यहाँ भण्डार गर्न सकिन्छ । यसरी होशपर्ूवक निश्चित ठाउँमा सञ्चय गरेका जानकारीहरु चाहिएको बेला तत्काल तिनलाई फेला पारेर वा सम्झेर उपयोग गर्न सकिन्छ ।

ममा ध्यानको प्रभाव पर्न थालेपछि एक्लोपना हराउँदै गयो । ध्यानस्थ भएका बेला मानिस-मानिसबीचका पर्खालहरु भत्किँदारहेछन् । म सबैसँग साथसाथ छु, हामी सबैका बीच सहसम्बन्ध रहेको छ, हामी सहअस्तित्वमा बाँचिरहेका छौं भन्ने बोध हुँदोरहेछ । हामी एउटा युनिभर्समा छौं, एउटै र्सर्ूय र वायुमण्डल सबैले उपयोग गरिराखेका छौं । त्यतिमात्र होइन, हामी सबैको मन र बुद्धिभन्दा गहिराइमा जुन ज्ञानको प्रकाश छ त्यो एउटै चेतनाको स्रोतबाट निसृत भइरहेको छ । यति कुरा राम्ररी बुझेपछि कहाँको एक्लोपन । मेरा आफ्ना इच्छा, चाहनाहरु अरुले पूरा गरिदिइराखेको र अरुका आकांक्षाहरु मैले पर्ूर्ति गरिराखेको मैले देख्न थालेँ । ध्यानको अभ्याससँगै मेरो अध्ययनमा पनि चामत्कारिक प्रगति भयो । बौद्ध दर्शनमा स्नातकोत्तर तहमा म विश्वविद्यालयमा सर्वोत्कृष्ट भएँ ।

यसप्रकार एक्लोपनबाट मुक्त हुने चाहनाले मलाई कहाँबाट कहाँ पुर्‍याइसकेको थियो । एउटै वाक्यमा भन्दा, मैले ढुंगो खोज्दा देउता फेला पारिसकेको थिएँ । जब आवश्यक परेन तब मैले भरोसा लाग्ने मित्रहरु पनि फेला पर्न थालेँ । संसारभरिका यस्ता मित्रहरुको साथ-संगत हुन पाउनु मेरो निम्ति लाख हो । प्रविधिको विकासले धर्तीका पल्लो छेउका साधकहरुसँग समेत सुपरिचित बनाएको छ । उनीहरुबाट बारम्बार प्राप्त हुने हौसला मेरो जीवनको ऊर्जा पनि हो आनन्द पनि । उखानै छ, नमाग्दा मोती मिल्छ, माग्दा भीख पनि पाइँदैन । जब मैले कसैबाट केही कुराको अपेक्षा नै गर्न छोडिदिएँ, तब स्नेहको सम्बन्ध बन्न थाल्यो । सायद ममा पात्रता विकसित भयो होला । सायद संसारको रीत यस्तै रहेछ कसैबाट केही अपेक्षा गर्नु नै दुखको कारण रहेछ । त्यसैले भनिएको होला ः भीख माग्दा सिक्का मात्रै मिल्छ, त्यो पनि खोटो ।

अर्कोतर्फ निरपेक्ष रहँदाको सुख वर्ण्र्ाातीत हुँदोरहेछ । चेतनामा बाँच्नुको आनन्दमा मग्न भइरहेका बेला म काठमाण्डूमा आयोजना भएका केही आध्यात्मिक कार्यक्रमहरुमा पुगेँ । मौनताको आनन्द फेला पारेका व्यक्तिहरु भेट्ने र तिनका अनुभूति सुन्ने मेरो चाहना थियो । यद्यपि अपेक्षाकृत एकान्तस्थलको आश्रममा बसी साधना गरिराखेका 'गुरु'हरुसमेत भोगको लालच लुकाएर बसेका मैले देखेँ । तिनका आँखामा अतृप्त वासनाहरु सल्बलाईरहेका देखिन्थे, तिनले व्यवहारमा स्वार्थकै दुनो सोझ्याइरहेका हुन्थे । मैले तत्क्षण आफ्नो दृष्टिपथ अन्यत्र मोडेँ । उपेक्षा गर्नुभन्दा उत्तम अस्वीकृति सूचक प्रतिक्रिया अर्थोक केही हुँदैन ।
पर्ूण्ातया छलकपटमुक्त विशुद्ध सामाजिक जीवन बाँच्ने अभिलाषा राख्ने व्यक्ति फेला पार्नु आकाश कुशुम खोज्नुजस्तै रहेछ । आधुनिक युगका जटिलताहरुले गर्दा पनि यस्तो भएको होला । यो कलियुगको उत्कर्षबेला हो शायद, यहाँ इमान-जमान खोज्नु नै सारहीन कार्य हो । बाहिर खोज्न छोडेर स्वयंभित्र खोज्न थालेपछि भने सारा आकांक्षाहरु तिरोहित हुँदारहेछन् । मनको खालीपन अनन्त सम्पदाले भरिँदोरहेछ । हुन पनि, यो मन पवित्र र शुद्ध राख्न सके त्योभन्दा ठूलो दौलत, आनन्द र निर्भयता अर्थोक के हुन सक्छ - मुठ्ठी बाँधेर राख्दा हामीसँग एक मुठीमात्र आफ्नो हुन्छ, मुठ्ठी खोलिदिँदा संसारको सारा सम्पदाका हिस्सेदार हुन्छौं । अर्कोतर्फ हिंस्रक व्यक्ति आत्मग्लानिले स्वयं दण्डित हुन्छ, सज्जन सदाचारका कारण भयमुक्त रहन्छ । मेरा एक विपस्सी मित्र तन, मनले सन्त भइसकेका छन् । विपश्यना ध्यानको अभ्यास गर्ने उनी हर्दम ध्यानस्थ देखिन्छन् । उनको अनुहारमा सुखको उत्तेजना पनि छैन, दुखको तनाव पनि छैन । उनको सम्यक् खानपान, आचरण र शान्त प्रकृतिले सबैलाई प्रभावित पारिराखेको हुन्छ ।

ध्यानको प्रभावले प्रशान्तता प्राप्त गरेका समकालीन व्यक्तिहरुलाई भेट्दा मेरो मनमा अत्यन्त उत्साह भरिन्छ । यो आलेख पढ्ने सबै पाठकलाई कम्तीमा एक पटक दश दिने विपश्यना ध्यानको शिविरमा सहभागी हुन म हार्दिक अनुरोध गर्छर्ुु ध्यानबाट प्राप्त गरेको धन बाँडिरहन मन लाग्दोरहेछ । अन्य स्रोतबाट प्राप्त धनजस्तो निजी प्रयोजनका लागि सञ्चय गर्न मन मान्दोरहेनछ । म तपाईंलाई सोध्छु, के तपाईं खोज्यो त्यही पाउन चाहनुहुन्छ - यदि चाहनुहुन्छ भने बाहिर दौडनुपहिला आँखा चिम्लेर ध्यानको अभ्यास गर्नुहोस् । तपाईंले जे खोज्यो त्यो पाउनुहुनेछ । रजनीशले भने, जिन खोजा तिन पाइया । कृपया ख्याल गर्नुहोला, यी वचनको प्रतीकात्मक अर्थ छ । शाब्दिक रुपमा बुझ्नु अधुरो बुझाइ हुनसक्छ ।

यदि ध्यान छैन भने तपाईं उज्यालो, रंगीचंगी र सुन्दर संसारमा अन्धो मानिसजस्तै हुनुहुनेछ । ध्यानको अभ्यास गर्नुहुन्छ भने र्सवकामार्थसिद्धये अर्थात् सबै काम सम्पन्न गर्न ध्यानको उपयोग गर्न सकिँदोरहेछ भन्ने यथार्थ तपाईंका सामु दिनको उज्यालोजस्तै र्छलंग हुनेछ । आफ्ना कुरा यति विश्वासपर्ूवक राख्न सक्ने आँट मलाई ध्यानबाटै प्राप्त भएको हो । यी हरफहरुको प्रामाणिकता सिद्ध गर्न म जहिले पनि तयार छु ।
पश्चिमाहरुले वैज्ञानिक र प्राविधिक विकास गरेर मनव जीवनलाई सुविधाजनक बनाएका छन् । हामी पर्ूर्वीयहरुले मानव जगत्लाई के योगदान दिनसक्छौं - योग वा ध्यान पर्ूर्वीयहरुको पूँजी हो, बल हो । यसलाई उपयोग गरेर हामीले के आर्जन गरेका छौं, हामीसँग समाज र विश्वलाई दिनसक्ने उपहार के छ, सन्देश के छ, सान्त्वना के छ - यिनै विषयमा अध्ययन, चिन्तन र मनन गरिरहनुमा म अर्थहीन जीवनको र्सार्थकता देखिरहेको छु । मेरो प्रयास कति साङ्गोपाङ्ग छ, यसलाई केकसरी गतिशील र समुन्नत बनाउन सकिन्छ म सचेत भइरहनर्ुपर्छ ।

आजभोलि मेरा सामाजिक सम्बन्ध निरपेक्ष, सुमधुर र सुष्ठु छन् । मैले जानेका र देखेभोगेका यथार्थहरुलाई विभिन्न माध्यमले समाजसमक्ष राख्छु र प्रतिक्रिया बुझेर त्यसमा परिस्कार गर्छर्ुु हामी कोही पनि सिद्ध भइहालेका छैनौं । कसैको चेतनाको पर्दा अधिक खुलिसकेको होला, कसैको नहोला । कोही उचाइमा पुगिसक्नुभएको र कोही फेदीमै हुनुहोला । यहीँ जन्मेका बुद्धले २५०० वर्षपहिला निर्वाण प्राप्त गर्नुभयो, त्यसयता कसैले निर्वाण प्राप्त गरेको सुनिएको छैन । कुनै फूलमा मह भरिएको हुन्थ्यो भने माहुरीहरुले पत्तो पाइहाल्थे । अतः यात्रारत हामीहरुको वाणी वा व्यवहार परिशुद्ध भइसकेको छैन । एउटा यात्रीको जीवनी पढेर पाठकलाई आफ्नो धरातल बोध हुनेछ र पङ्ख अझै फैलाएर उचाइमा पुग्न प्रेरणा मिल्नेछ भन्ने मेरो हृदयदेखिको कामना हो । एउटा व्यक्ति काम, क्रोध, लोभ र मोहबाट माथि उठ्न सक्यो भने स्वयं, समाज र संसारकै निम्ति अप्रतीम गौरव हुनेछ, परम मुक्तिदायी हुनेछ । यसप्रकारको निर्मल स्थिति प्राप्त व्यक्ति फेरि नेपालले नै जन्माएको देख्ने मेरो जीवनभरिको सपना हो ।

अध्ययन गर्ने बानीले गर्दा मलाई जीवन र जगत्को ज्ञान पनि भयो, मार्गदर्शन पनि मिल्यो । यद्यपि वास्तविक जिन्दगी किताबका पानामा होइन खुल्ला आकाश मुनि फेला पार्न सकिन्छ । 'धूप में निकलो घटाओं मे नहाकर देखो, जिन्दगी क्या है किताबों को हटाकर देखो ।'
यद्यपि यो ज्ञान पनि पढेरै प्राप्त गरेको हो । तर यो बोध हासिल गर्न भने ध्यानको अभ्यास चाहिन्छ । मैले बुझेसम्म ज्ञान र ध्यान जीवनलाई सांगोपांग रुपले बुझनका लागि अनिवार्य तत्व हुन् । बुद्धले पनि यस्तै भन्नुभएको छ । 'प्रज्ञोपाय समापत्तिर्योगः इत्यभिधीयते ।' प्रज्ञा अर्थात् सम्यक् ज्ञान र उपाय अर्थात् ध्यानको अभ्यासबाट जीवनरुपी यज्ञ सुसम्पन्न हुन सक्छ । ध्यानलाई जीवनशैली बनाउँदा यी लाभ हुने सुनिश्चित छ ः
१. दुखको मूल कारण आफ्नो मात्रै सुख चाहनु हो । अरुको सुख-दुख आफ्नै सुख-दुख देख्ने दृष्टिकोण विकसित गर्दाका दिन हाम्रो दुख हराउँछ । बुद्धले भन्नुभएको छ ः अरुका लागि लालटिन बालिदिँदा आफ्नो बाटो पनि उज्यालो हुन्छ । ध्यानको अभ्यासले यो चेतना जागृत हुन्छ ।
२. यदि जीवनमा बुद्धिमानी कुरा केही छ भने त्यो एकाग्रता हो र कुनै खराब कुरा छ भने त्यो हो आफ्नो क्षमतालाई छरपस्ट हुनदिनु । ध्यानले एकाग्र हुने कला सिकाउँछ ।
३. जब हामी अध्ययन वा कुनै काममा लाग्छौं त्यतिखेर संसारको अन्य कुनै पनि कुरा मनमा हुनुहुँदैन । यही उपयोगी व्यक्ति बन्ने रहस्य हो । जब व्यक्तिले उपासना आरम्भ गर्छन् तब मात्र उनीहरुको व्यक्तित्व विकास हुन थाल्छ । भनिन्छ, जुन नाविकलाई आफ्नो यात्राको गन्तव्य थाहा छैन उसको अनुकूल हावा कहिल्यै बहँदैन । जीवनको गन्तव्य के हो त बुझ्न ध्यान सर्वोपयोगी हुनसक्छ ।
४. जे कुरामा रुचि वा प्रवृत्ति छ त्यसैमा लागिरहनर्ुपर्छ । आफ्नो अन्तस्करणको आवाजलाई कहिल्यै रोक्नुहुँदैन । प्रकृतिले तपाईंलाई जे बनाउन चाहेको छ त्यही बन्नुहोस् । तपाईंलाई सफलता प्राप्त हुनेछ । यसको विपरीत तपाईं अरुको आग्रहले अन्य केही बन्न चाहनुहुन्छ भने केही बन्न सक्नुहुनेछैन । आफ्नो बुद्धिको मार्ग अर्थात् रुचि थाहा पाउन र त्यसमा दत्तचित्त हुने आत्मबल प्राप्त गर्न ध्यानले तपाईंलाई मदत गर्नेछ ।

सर्न्दर्भ सामग्री
१र्.र् इमर्सन । १९९१ । चौरासी बौद्ध सिद्ध । नई दिल्ली ः राधा पब्लिकेसन्स ।
२. कृष्णमर्ूर्ति, जे । १९९६ । मेडिटेसन, द वन्ली वे । ताइवान ः द कर्पोरेट बडी अफ बुद्ध एजुकेसनल फाउण्डेसन ।
३. व्यास, अम्बिकादत्त । मिति अनुपलब्ध । शिवराज विजय । बनारस ः चौखम्बा प्रकाशन ।
४. हिन्दी कहावतें । १९९० । सं राजीव दास । नई दिल्ली ः आदर्श पब्लिकेसन्स ।
५. पातञ्जल योग दर्शन, व्यास भाष्य । २००५ । आचार्य राजीव शास्त्री । नई दिल्ली ः आर्षसाहित्य प्रचार ट्रस्ट ।
६. रजनीश, ओशो । १९९५ । जिन खोजा तिन पाइया । नई दिल्ली ः हिन्दी पाकेट बुक्स ।
७. महास्मृत्रि्रस्थानसूत्र । २००२ । अनुवादक ः दोलेन्द्ररत्न शाक्य । कृष्णबहादुर नकर्मी ः ललितपुर ।
८. गुह्यसमाजतन्त्रम् । २००३ । सम्पादकः द्वारिकादासशास्त्री । वाराणसी ः बौद्ध भाराती ।
९. ओशो प्रवचन । एस धम्मो सनन्तनो । डिस्कोर्स नम्बर ४७ । पुना ः आशो कम्युन इन्टरन्यासनल ।

धम्मपदमा के छ ?


प्राचीन समयदेखि आजपर्यन्त धम्मपदलाई पाली त्रिपिटक अर्न्तर्गत बुद्धका शिक्षाहरुको र्सवाधिक संक्षिप्त, सारगर्भित र सदाबाहर संकलनका रुपमा स्वीकार गरिएको छ । धम्मपद सूत्र पिटकभित्रको खुद्दक निकायमा समाविष्ट ग्रन्थ हो । धम्मपदले त्रिपिटकका चालीस वटा ग्रन्थमा विस्तारमा उल्लिखित बुद्ध दर्शनलाई ४ सय २३ वटा लयबद्ध पाली पद्यमा समेटेको छ । धम्मपदका हरेक पद्य बुद्धले कुनै न कुनै प्रसंगमा भिक्षु, सामान्य व्यक्ति वा सामूहलाई शिक्षा दिने क्रममा बताएका थिए । ती कथाप्रसंगहरु धम्मपद अट्ठकथा नामक बृहत् ग्रन्थमा संग्रहित छन् ।
बुद्धका समस्त शिक्षाले चेतनाको शुद्ध अवस्था प्राप्तिका लागि मार्गदर्शन गर्छन् । शुद्ध चैतन्य अवस्था भनेको परम शान्ति, आनन्द र समताको अवस्था हो । मानिस तनावग्रस्त, बेचैनी, असन्तुष्टि र दुखैदुखयुक्त जीवन बाँच्न अभिशप्त छ । यो कालखण्डमा मानिसलाई बुद्धको शिक्षा सञ्जीवनी हुन सक्छ । दुख, तनाव र छटपटी किन हुन्छ, यी पीडाबाट मुक्ति सम्भव छ-, छ भने मुक्तिको उपाय के हो त- बुद्धले छ वर्षो ध्यान र स्वानुसन्धानबाट यी सवालको समाधान फेला पारेका थिए । आफूले बोध गरेको ज्ञानलाई बुद्धले शील पालना, समाधि लाभ र प्रज्ञोदय यी तीन पदावलीमा संश्लिष्ट गरे । बुद्धको चर्चित अष्टांगिक मार्ग यिनै पदावलीको विस्तृत रुप हो र धम्मपद त्यसैको सरलीकृत व्याख्या हो ।
दुखका सर्न्दर्भ फरक हुन्छन् । सभ्यताको यो कालखण्डमा लालनपालन, शिक्षा पद्धति र मिडियाको प्रभावले व्यक्तिका महत्वाकांक्षा चुलिएका छन् । सायद पेट खाली हुँदा त्यति सास्ती हुँदैन जति महत्वाकांक्षाको प्रताडना सहँदा हुन्छ । व्यक्ति वा वस्तुप्रति अत्यधिक आसक्ति, घृणा वा अन्धभक्तिले हाम्रो मन मैलिएको छ । शिक्षाले आत्मनिर्भर हुनसम्म सिकाउन सकेको छैन, मनलाई शुद्ध बनाउने पद्धति सिकाउनु अझै धेरै परको कुरा हो । यो वा त्यो उपायले मानिसका आँखा छलेर, कानुन मिचेर वा तोडमरोड गरेर काम लिने प्रचलन सामान्य बन्न थालेको हुँदा व्यक्तिको मन झन्झन् प्रदूषित हुँदै गएको छ । आन्तरिक अनुशासन शून्यप्राय हुन थालेको आजको यथार्थ हो । दण्डहीनताको स्थितिमा यो सामान्य र स्वाभाविक उपक्रम भएको छ ।
यद्यपि, परिस्थिति जे भए पनि आन्तरिक अनुशासन राख्नुको गरिमालाई कुनै हिसाबले वेवास्ता गर्न सकिँदैन । दर्ीघकालमा बदनियतपर्ूण्ा कामको फल भोग्नर्ैपर्दछ । जस्तो, हामीले कुन सम्पत्ति कसरी कमाएको हो, कहाँ राखेको हो र कसरी खर्च गरेको हो भन्ने फेहरिस्त कामका माध्यमले इमान्दारीसाथ समाजलाई स्पष्ट पार्न सक्नर्ुपर्छ । त्यसो गर्न सके मन शान्त हुन्छ, मुटु सही ढंगले चल्छ, चिन्ता, तनाव र रोगले हतपती छुँदैनन्, बाँच्न सहज हुन्छ । अन्यथा आँखा छलेर कमाएको धन लुकेरै खर्च गर्नुपर्छ, लुकाएरै खानर्ुपर्छ, अँध्यारोमा लिएको मजा कालक्रममा पश्चात्तापमा परिणत हुन्छ । त्यस्ता व्यक्तिले लुकिछिपी सधैँ चोरकै जिन्दगी बाँच्नर्ुपर्छ । यसो गर्दा व्यक्तिको तन-मनमा अशान्ति र तनावले डेरा जमाउँछन् । बाहिर देखाउने र भित्र गोप्य राख्ने बहीखाता फरक-फरक हुनेलाई सधैँ पिरलो हुन्छ । कता के खुस्कने हो, खुस्की पो सक्यो कि भन्दै थरथरी काँप्नर्ुपर्दछ । विचराको मुटुको चाल ब्रि्रन्छ ।
अनादि कालदेखि नै सभ्यतालाई सुचारु राख्न सबै ग्रन्थमा पहिला सदाचारको परिकल्पना गरिएको थियो । सदाचारबाट धर्मको सूत्रपात भयो । धर्मको संरक्षकलाई अच्युत भनिन्थ्यो । अच्युत अर्थात् सदाचारको मार्गबाट कहिल्यै च्युत नहुने व्यक्ति । सदाचारको महत्ता बोध गर्नु बोधि प्राप्त गर्नु हो । जो अच्युत छ उसलाई कुनै दुखले कहिल्यै छुन आउन सक्दैन । बुद्ध भन्छन्, सबै मानिसको वास्तविक स्वभाव पहिल्यैदेखि बुद्धत्वयुक्त अर्थात् शान्त, आनन्दित र करुणायुक्त छ । संस्कार, संगत आदिका कारणले राग, द्वेष, मोह संकलित भई मन मैलिँदा बुद्ध स्वभाव ढाकिएको छ । मैल पखालेर आफ्नो वास्तविक स्वभाव पहिचान गर्नु नै बुद्धत्व प्राप्त गर्नु हो । शील पालना, समाधि लाभ र प्रज्ञोदय मार्फ् हरेक व्यक्ति बुद्ध बन्न सक्छं । बुद्धत्व शुद्ध चैतन्यको अवस्था हो ।
चेतनाको त्यही अवस्थालाई लक्ष्य गरेर बुद्धले धम्मपदमा मार्गदर्शन गरेका छन् । यो मार्गलाइ बुद्धले धर्मको बाटो -धम्मपद) भने । र शील पालना यो मार्गको पहिलो कदम हो । धम्मपदको पहिलो पद्यमा बुद्ध भन्छन्, 'खराब नियत राखेर बोल्ने अथवा काम गर्ने मानिसलाई दुःखले त्यसैगरी पछ्याइरहन्छ जसरी गोरुगाडाको पाङ्ग्राले गोरुलाई पछ्याइरहन्छ ।' यसको विपरीत, 'सदाशयतापर्ूवक बोल्ने वा काम गर्ने मानिसलाई सुखले त्यसैगरी पछ्याइरहन्छ जसरी छायाले वस्तुलाई पछ्याइरहन्छ ।' धम्मपद पढ्न थाल्नु बुद्धको पदचिन्ह अंकित बाटोमा यात्रा थाल्नु जस्तै हो । यो यात्राबाट पाठक त्यहीँ पुग्न सक्छ जहाँ पच्चीस सय वर्षपहिला गौतम बुद्ध -शान्तिका अग्रदूत) पुगेका थिए ।

कल्याणका लागि ध्यान र प्रज्ञा


उपभोक्तावादी संस्कृतिको प्रभावले गर्दा मानिस वस्तुहरुको उपभोग वा संकलनमा दौडिरहेको छ, अडिने फर्ुसत छैन । मानिस राग, द्वेष र मोहको धापमा भासिँदै गइरहेको छ, बेहोशीमा, मूर्च्छामा धेरै र होशमा कम बाँच्न थालेको छ । यो दौड र प्रतिस्पर्धामा मानिसले पर्यावरण विनाश गर्यो जसले गर्दा मौसम परिवर्तन, खाद्यान्न अभाव, महंगी, भोकमरी, बेचैनी, अशान्ति, हिंसा, आतंक बढिरहेका छन् । अहिले मानिस स्वयंबाट सञ्चालित छैन, सूचनाबाट सञ्चालित छ । सूचनाको अत्रि्रवाहले मानिसको मस्तिष्क भारी भएको छ, प्रदूषित भएको छ । शान्ति र कल्याणका लागि ध्यान आजको अपरिहार्य आवश्यकता हो । ध्यानबाट लाभान्वित हुन चित्तको स्वभाव जान्नु पर्दछ ।
चित्तको स्वभाव :  चित्त बिनाकाम यत्रतत्र भागिरहन्छ । यसको गति हावाभन्दा छिटो हुन्छ । एक तत्वको चिन्तनको अभ्यासमार्फ् मनलाई नजितेसम्म यो रातमा बेताल नामको राक्षसजस्तै चुलबुल गरिराख्छ । जंगली हात्तीले बस्तीमा पसेर जति विनाश पार्न सक्छ त्योभन्दा अधिक उन्मत्त चित्तले हानि पुर्याउँछ । यो बुझेर बुद्धले शील र समाधि मार्फ् चित्तलाई शुद्ध र शान्त राख्ने विधि बताउनुभएको थियो । गलत काम गर्दा स्वतः गिल्ट फिलिङ आउनु मानव जिनमै विकसित भइसकेको छ ।
ध्यान र शान्ति : अस्थिर चित्तलाई वशमा राख्नका लागि पहिला त चित्तलाई फेला पार्न सक्नर्ुपर्छ । षट् पारमिता र खासगरी शमथ भावनाको अभ्यासबाट चित्तलाई फेला पार्न सकिन्छ । शमथमा चित्तलाई विगतको यादमा या भविष्यको कल्पनामा जान नदिई वर्तमानमा होशपर्ूवक रहन अभ्यस्त बनाइन्छ । शमथको अभ्यास गर्दा स्मृति र सम्प्रजन्यलाई ख्याल गरिरहनु पर्छ । चित्तबाट पार पाउन चाहिँ विपश्यना भावनाको अभ्यास गर्नुपर्छ । विपश्यना भनेको काय, वेदना, चित्त र धर्महरुलाई कायानुपश्यी, वेदनानुपश्यी, चित्तानुपश्यी, धर्मानुपश्यी भएर तटस्थ भावले अवलोकन गर्नु हो । यसबाट काय, वेदना, चित्त र सबै धर्महरुको वास्तविक स्वभाव अनित्य, दुःख र अनात्म रहेछ भन्ने बोध हुन्छ । यही भावनाका क्रममा प्रतीत्यसमुत्पाद-अविद्या, संस्कार, विज्ञान, नामरुप, षडायतन, र्स्पर्श, वेदना, तृष्णा, उपादान, भव, जाति, जरामरण) को ज्ञान, निस्वभावता या शून्यताको साक्षात्कार हुन्छ । चार आर्य सत्य र अष्टांगिक मार्गको रहस्य खुल्छ । यो बोधका कारणले आसक्ति हट्छ । हामीलाई आफ्नै बुद्ध नेचर अनुभूत हुन थाल्छ जुन प्रभास्वर हुन्छ । आफूसँग आनन्दित रहने कला ध्यान हो, यो बोध हुन्छ । चेतनाका चार हिस्सा हुन्छन् ः विज्ञान, संज्ञा, वेदना र संस्कार । केवल विज्ञानको अवस्थामा रहने कला विपश्यना अभ्यासबाट सिक्न सकिन्छ । यसबाट शान्त भएको चित्तमा त्रिकोटी परिशुद्ध प्रज्ञा उत्पन्न हुन्छ ।
ध्यान र प्रज्ञा ः प्रज्ञाको प्रादर्ुभावले ध्यानलाई अझ सघन बनाउँछ तब जीवन र जगत्को यथाभूत ज्ञान हुन्छ । तदनन्तर दुखी सत्वहरुप्रति करुणा जागृत हुन्छ । ध्यानले तनाव व्यवस्थापन होइन, त्यसबाट मुक्ति दिलाउँछ । सजगता, होशमा रहने अभ्यास भए तनाव हुँदैन । एकै समयमा दर्ुइ चित्त हुँदैन, कि राग चित्त हुन्छ कि ज्ञान चित्त । दर्ुघटना पर्न लागे पनि ध्यान चित्त छ भने भय हँुदैन । उसलाई बोध हुन्छ, यो जहाज खतरामा छ, मेरो शरीर खतरामा छ, म छैन । ध्यान समयको वचत हो, खर्च होइन । दाउरेले बन्चरोमा धार लगाउनुजस्तै । मोबाइलमा रिचार्ज आवश्यक परेजस्तै । ध्यान गर्ने होइन, हुने कुरा हो । दिमाखको अधिकतम उपयोग गरेरभन्दा नगरेर, विश्राममा रहेर अधिक आनन्द लाभ गर्न सकिन्छ भन्ने रहस्य बोध हुन्छ ध्यानको अभ्यासबाट । ध्यानको सर्वोपरि उद्देश्य त निर्वाण नै हो । Synopsis of a research paper of same title presented at Dharmachakra Academic Center. www.dharmacakraacenter.org

अरुलाई दुख दिने बानी


अरुलाई दुख दिने बानीले अन्ततः आफैंलाई दुख हुन्छ ।  पहिला त अरुलाई सताएर फाइदा लिने बानी हामी आफैंले बसाल्छौं । यसमा बडो मजा आएजस्तो पनि हुन्छ । तर आखिरमा यस्तो बानीले हामीलाई नै सताउन थाल्छ ।
केही घुमन्तेहरु नदीको किनारमा बसिरहेका थिए । साँझको जाडोमा तिनीहरु थरथर काँप्दै थिए । समूहको मूली बढी नै काँपिरहेको थियो । संयोगले त्यतिखेरै नदीमा एउटा कम्बल बग्दै आएको देखियो । सबैले मूलीलाई भने, 'कम्बल बग्दै आइराखेको छ, पानीमा पसेर लिनुहोस् ।' मूली केही नसोची पानीमा हेलियो । कम्बलले पो उसलाई समात्यो । कम्बल भनेको त भालु पो रहेछ । टाउको पानीमुनि डुबाएर बग्दै आइराखेको । किनारबाट अरु कराए, 'के भो, किन बग्दै गयौ ?' मूलीले भन्यो, कम्बलले मलाई छोड्दैन, म के गरुँ ?