Sunday, October 23, 2011

मेरो स्वाध्ययन र ध्यान



यदि तीन दिन सम्म कुनै किताब नपढ्ने हो भने 
बोलीमा बासी कुराको गन्ध आउन थाल्छ । अज्ञात

संयोगवश मैले सानैदेखि किताबलाई साथी बनाएँ । पहिला म साहित्यको पाठक थिएँ । कविता, कथा र उपन्यास पढेर रमाउँथेँ । गोपालप्रसाद रिमाल, भीमदर्शन रोका, डब्लु. बी. इट्स र जोन किट्सका कविता, दौलतविक्रम विष्ट, एन्टोन चेखब र डिएच लरेन्सका कथा, पारिजात, शरच्चन्द्र, दोस्तोयब्स्की, लर्ेर्मेन्तोभका उपन्यास पढ्दाका दिन कति मधुर थिए म शब्दमा बताउन सक्दिन । त्योताका वास्तविक दुनिया फिका र साहित्यको दुनिया रोचक लाग्थ्यो । बुझ्दै जाँदा साहित्यको रसिकता क्षणभंगुर हुँदोरहेछ भन्ने थाहा भयो । पढिराख्दासम्म रमाइलो, छोडेपछि उही एक्लोपन, उही विरक्ति । मैले दर्शन पढ्न थालेँ । ग्रीकतिरका विद्वान्ले दर्शनलाई सबभन्दा सुमधुर संगीत भन्दारहेछन् । सुरु-सुरुमा त मलाई पनि त्यस्तै लाग्यो । पढ्दा पनि कस्तो मजा । कथा-उपन्यास पूरै किताब पढेर सकेपछि बल्ल रहस्य खुल्थ्यो र आहा ! भन्दै मुख मिठ्याउन मन लाग्थ्यो । दर्शन त दर्ुइ चार हरफ पढेपछि मस्ती अनुभव हुँदोरहेछ । यसलाई सर्वोत्तम संगीत भनिएको ठिकै रहेछ भन्ने लाग्यो । दर्शनका पुस्तक पढ्दाताका म पुस्तकालयहरुमा घन्टौं बिताउँथेँ । नयाँ पुस्तक खोज्न चाहिँ टुरिस्ट एरियाका पुस्तक पसलहरु धाउनुपथ्र्यो । नित्सेको दस स्पेक जराथुस्त्र भन्ने किताब खोज्न निकै समय लाग्यो । कैयौं दिनसम्म म बेचैन भएर पसलहरुमा भौंतारिइरहेँ । तर किताब पाइएन । त्यो किताब फेला पार्न मलाई पोखराबाट काठमाण्डू आउनुपर्‍यो । जब फेलापारेँ, रातदिन गरेर पढिसिध्याएँ । नित्सेले जत्तिकै जीवनलाई माया गर्ने लेखक मैले आजसम्म भेटेको छैन । जीवन प्रतिको प्रेम व्यक्त गर्दै उनी भन्छन् ः
'हामी प्रेमका भोका छौं र भोकमा काँचो भात पनि मीठो हुन्छ ।'

नित्सेका किताब निकै समय पढिरहेँ मैले । ती किताबले तत्कालीन समयमा मेरो सोचाइको दायरालाई बृहत्तर बनाए । जीवनलाई अपार प्रेम गर्न सिकाए । तुच्छ सुखलाई त्यागेर महान् सुखको प्राप्तिका लागि थाक्दैनथाकी संर्घष्ा गरिरहने ऊर्जा दिए । नित्सेको जीवनवादी दर्शन पढेको हरेक पाठकलाई यस्तै प्रभाव परेको हुनर्ुपर्छ ।

यद्यपि समय बितेर गयो कि म, पत्तै भएन । दर्शनको न्यानो पनि असमयमै सेलाउन थाल्यो । विस्तारै मलाई दर्शनशास्त्रहरु अव्यावहारिक लाग्न थाल्ो । देश-दुनिया एकातिर छ, जिन्दगीका संर्घष्ाहरु एकातिर छन्, दर्शनशास्त्र कहाँकहाँको कपोलकल्पनामा हराइरहेको मैले देखेँ । मैले दर्शन गलत रहेछ भनेको चाहिँ हैन, तर व्यावहारिक पटक्कै रहेनछ । पढ्दा आनन्द आओस् साथसाथै जीवनसँग त्यसको प्रत्यक्ष साइनो पनि होस्, पढाइ त त्यस्तो पो उत्तम हुन्थ्यो । मेरो जीवनको बाटोमा उज्यालो र्छन नसकेका विचरा दर्शनशास्त्रहरु खाटमुनिको अँध्यारोमा थन्किए । अब मैले अझै माथिल्लो स्तरको विधा खोज्नुपर्‍यो जुन रसिलो पनि होस् गुनिलो पनि ।

अन्ततः मैले ध्यानका सम्बन्धमा पढ्न थालेँ । ध्यान बारे पढ्नु रसिलो त छँदैथियो, जीवनप्रतिको दृष्टिकोण बदलिदिने हुँदा तत्क्षण अध्ययनको प्रभाव पनि अनुभूति हुन्थ्यो । जति हरफ पढ्दै गयो उति नै आफूमा रुपान्तरण भइरहन्थ्यो । ध्यानको अभ्यास गर्न थालेपछि त शरीर र मनमा पुनर्ताजगी अनुभव हुन थाल्यो । रातभरिको गहिरो न्रि्राले थकान मेटिई शरीरमा स्फर्ूर्ति भरिएजस्तै ध्यानको अभ्यासले शरीर तरोताजा, मन तनावरहित र उन्मुक्त हुँदोरहेछ ।

ध्यानले मलाई धेरै मदत गर्‍यो । परिवारको माया नपाएको कारणले होला मलाई हर्दम एक खालको छटपटी भइरहन्थ्यो । बिनाकारण बेचैन भइरहन्थेँ, सायद संवेदनशील हृदय भएकोले मैले कसै न कसैसँग विश्वास र मायाको सम्बन्ध जोड्न चाहन्थेँ । तर जसलाई विश्वास गर्न चाह्यो उसैले धोका दिन्छ, उसैले फाइदा उठाउन खोज्छ । परिस्थिति नै यस्तो छ, मानिसहरुलाई परिस्थितिले कुटिल बनाइरहेको छ, कसलाई दोष दिनु । मलाई बारम्बार कस्तो लागिरहन्थ्यो भने हर्ेर् इश्वर, कस्तो कालखण्डमा जन्मिएछु । जन्मिए पनि यो दर्रि्र देशमा किन जन्मनुपरेको होला, त्यसमाथि यो बिकट पहाडको असभ्य बस्तीमा किन जन्मिनुपरेको होला । झन् यो संकुचित मानसिकता भएको परिवारमा किन - म छिटै परिवार छोडेर नजिकको शहरमा पसेँ । र केही वर्षछि उच्च शिक्षा अध्ययनका लागि राजधानी आएँ । यद्यपि जहाँ गए पनि कर्मसँगै भनेजस्तो एक्लोपन र बेचैनीले साथ छोडेन । समस्या उही थियो, ६५ लाख मानिसहरुको भीडमा म एक्लै हुन्थेँ । विश्वास र प्रेमको खडेरी परेको यो भयानक कंक्रिटको जंगलमा, यस्तो तामसयुक्त कालखण्डमा बाँच्नका लागि सहारा खोज्नु नै सायद गलत हो । केही कुरा खोज्नु नै, चाहनु नै दुखलाई निम्ता दिनु रहेछ । हामीले जे खोजिरहेका हुन्छौं त्यो त सदार्सवदा हामीसँगै हुँदोरहेछ, केवल हामीलाई त्यसको होश नहुँदोरहेछ । ध्यानको अभ्यासले जुन दिन होश आयो त्यो दिन कस्तुरीजस्तै आफ्नै शरीरबाट निसृत सुगन्ध खोज्न मैले अन्यत्र आँखा डुलाउन छोडिदिएँ ।

जुन दिन मलाई पर्ूण्ातया मौन रहँदाको अपार ऊर्जा अनुभूति भयो, जुन दिन अस्थिर मन स्थिर भयो, जुन दिन सतत ध्यानस्थ रहने किमिया मैले फेला पारेँ, त्यही दिन मानो म उन्मुक्त भएँ । मैले आफैँसँग मित्रता गाँसेँ र आफैंलाई आफ्नो साथी बनाएँ । त्यसपछि त मेरा दुखका दिन गए । मैले दुखमा पनि सुख फेला पारिहाल्थेँ । दुख त आफ्नै आकांक्षाहरुको छायाँ पो रहेछ । दुखबाट भाग्नु छायाँबाट भाग्नुजस्तै रहेछ ः भाग्यो भने पछि लाग्ने, छहारीमा ढुक्कले बसिदियो भने हराउने । दुख होला कि भनेर, भविष्यको पीर गरेर वा अरुले के भन्लान् भनेर चिन्तित वा भयभीत हुनु र आफैंले पेन्ट गरेको राक्षसको चित्र देखेर डराउनु उस्तै कुरा रहेछन् । यद्यपि यो रहस्यको ज्ञानले मात्र भयमुक्त बनाउँदैन, बोध हुनर्ुपर्छ । र बोध हुनका लागि मन शान्त हुनर्ुपर्छ, प्रज्ञा अर्थात् विशिष्ट ज्ञान हुनर्ुपर्छ । जब मलाई यो बोध भयो, मैले यो देशमा, त्यो गाउँमा, त्यो परिवारमा जन्मनुपरेकोमा नियतिलाई दोष दिन पनि  छोडिदिएँ । बरु मलाई यस्तो संयोग पर्नु सौभाग्य पो रहेछ भन्ने लाग्न थालेको छ । किनभने यी सबप्रति तीब्र वितृष्णा हुँदैनथ्यो भने यो बोध पनि हुने थिएन होला । यो बोधको आनन्दका तुलनामा देशले, जन्मस्थानले वा परिवारले दिने आनन्द एक छेउ पनि रहेनछ । इच्छाहरु, तिर्सनाहरु, वासना र कामनाहरु पूरा गरेर पाइने सुख वा महासुख तृष्णाको क्षयबाट पाइने सुखको तुलनामा सोह्र भागको एक भाग जति पनि हुँदैन रहेछ ।

ध्यानको प्रभाव कति विज्ञानसम्मत छ भनी आफैंले अनुभूति गरेर हेरेँ । आरम्भका दिनमा मैले यसरी प्रयोग गर्थें । प्रथमतः मैले कम्तीमा एक दिनका लागि कुनै पनि कुराको लोभ नगरी बस्ने दृढ संकल्प गर्थें । कसैप्रति अनुराग मनमा नराखी, कसैसँग कुनै प्रकारको गुनासो, रिस वा क्रोध नगरी बस्थें । व्रत बस्नेले दिनभरि खाना नखाई पेट खाली राखेजस्तै ध्यान बस्नेले मनलाई खालि राख्नु अत्यावश्यक हुन्छ । कमसेकम आज दिनभरिका लागि मैले लोभ गर्दिन, कुनै व्यक्ति वा वस्तुको चाहना गर्दिन, कसैप्रति गुनासो वा रिस गर्दिन भन्ने निश्चय गरिसकेपछि मन यत्तिकै शान्त हुन थाल्थ्यो । त्यसपछि एकान्तस्थलमा सजिलो गरी बस्थेँ । शरीर र मनलाई निश्चल र स्थिर राख्थेँ । बिल्कुलै हलचल नगरी पर्ूण्ा रुपले मौन बस्थेँ । पर्ूण्ा मौन भन्नाले आन्तरिक संवाद पनि नगरी बस्ने भनेको हो । मन हर्दम संकल्प-विकल्प गरिराख्छ, मनमा कुरा खेलाइराख्छ । अतः मनलाई समेत मौन राख्नु वास्तविक मौन हो । डुलिराख्ने मनलाई ठेगान लगाउने विधि सास आएको-गएको हेरिराख्नु हो । सास नाकमा पस्दा प्वालहरुमा शीतलता अनुभूति हुन्छ, निस्कँदा न्यानो अनुभूति हुन्छ । क्रमशः एकाग्र र शान्त हुँदै गएपछि सास भित्र फोक्सोमा कहाँसम्म पुग्छ, त्यहाँ कतिञ्जेल रोकिन्छ र निस्कँदा केकति निस्कन्छ हेक्का राख्थेँ । म अत्यन्त शान्त भइराखेको छु भने सासको सूक्ष्म गति थाहा पाउन सक्थेँ । त्यतिमात्र होइन, शरीरमा रक्तसञ्चार भइरहेको समेत थाहा पाउँथेँ । हात, पाउ आदिमा रगत खेलिरहेको थाहा हुन्थ्यो, शरीरभरि त्यसको कम्पन अनुभूति हुन्थ्यो, मन अभूतपर्ूव आनन्दको सागरमा तैरिन थाल्थ्यो । जति जति ध्यानस्थ हुँदैगयो उति उति यो चरम आनन्दको अनुभूति अझै घनिभूत हुन थाल्थ्यो । कहीँ पुग्नलाई, कुनै काम सक्नलाई जस्तो हर्दम बेचैन बनाउने हतारो हराउँथ्यो । के को हतार, के को धपेडी । को आफ्नो, को पर्राई । को मित्र, को शत्रु । को धनी, को गरिब । के सुख, के दुख । के सफलता, के असफलता । भेदबुद्धि समाप्त हुन्थ्यो । रातदिन प्रतिस्पर्धाको भावनाले बेचैन भइराख्ने मनलाई यतिखेर चैन अनुभूति हुन थाल्थ्यो । भेदभावले गर्दा छियाछिया हुने मनको कोमलतालाई राहत हुन्थ्यो । यसरी ध्यानको मस्ती अनुभूति हुन थालेपछि मैले ध्यानलाई आफ्नो एउटा दैनिकी बनाएँ । आजभोलि त म जबजब शान्त रहन्छु तब तब अपार ऊर्जा र आनन्दको अनुभूति गर्छर्ुु पलेँटी कसेर आँखा चिम्म गरेर ध्यानमा बस्नै पर्दैन ।

'अब मुझको करार तो सबको करार है
दिल क्या ठहर गया तो जमाना ठहर गया ।'

सायद यही कारणले भनिएको होला ः आफू भलो त जगत् भलो ।
ध्यानको कला सिक्ने हो भने यसबाट सबैको जीवनलाई सहज, शान्त र आनन्दित बनाउन मदत मिल्छ । विद्यार्थीलाई ध्यानले अध्ययनमा एकाग्रता हुन्छ, स्मरण शक्ति बढ्छ, आत्मविश्वास सुदृढ हुन्छ । प्रतिस्पर्धाको भावनाले होइन, उत्कृष्टता प्राप्त गर्ने ध्येयले उसले अध्ययन गर्न सक्छ । प्रतिस्पर्धाले तनाव निम्त्याउँछ भने उत्कृष्टताको ध्येय राख्दा मनमा प्रफुल्लता अनुभूति हुन्छ । प्रश्न उठ्न सक्छ, एकाग्रता कसरी हुन्छ त - कसरी हुन्छ भने, ध्यानको अभ्यास छैन भने मन बेचैन, अस्थिर र तनावग्रस्त भइरहन्छ । धमिलो पानी भएको पोखरीजस्तै । त्यस्तो पोखरीमा पिंधमा के छ देख्न सकिँदैन । केले पानी धमिलो बनाएको छ थाहा हुँदैन । जब ध्यानको अभ्यास गर्ने बानी बस्छ, तब हाम्रो मन सङ्लिन थाल्छ । सङ्लो पानीमा सबैथोक प्रस्ट देख्न सकिन्छ । तलाउमा तरङ्गहरु उठिरहेका छन् भने पनि गहिराइमा देख्न सकिँदैन । ध्यानले मन अत्यन्त शान्त हुन थाल्छ । शान्त मनको गहिराइसम्म देख्न सकिन्छ । मनको गहिराइमा अनावश्यक कुराहरु छन् भने तिनलाई मिल्क्याउन सकिन्छ । र पढेका सूत्र तथा व्याख्याहरु त्यहाँ भण्डार गर्न सकिन्छ । यसरी होशपर्ूवक निश्चित ठाउँमा सञ्चय गरेका जानकारीहरु चाहिएको बेला तत्काल तिनलाई फेला पारेर वा सम्झेर उपयोग गर्न सकिन्छ ।

ममा ध्यानको प्रभाव पर्न थालेपछि एक्लोपना हराउँदै गयो । ध्यानस्थ भएका बेला मानिस-मानिसबीचका पर्खालहरु भत्किँदारहेछन् । म सबैसँग साथसाथ छु, हामी सबैका बीच सहसम्बन्ध रहेको छ, हामी सहअस्तित्वमा बाँचिरहेका छौं भन्ने बोध हुँदोरहेछ । हामी एउटा युनिभर्समा छौं, एउटै र्सर्ूय र वायुमण्डल सबैले उपयोग गरिराखेका छौं । त्यतिमात्र होइन, हामी सबैको मन र बुद्धिभन्दा गहिराइमा जुन ज्ञानको प्रकाश छ त्यो एउटै चेतनाको स्रोतबाट निसृत भइरहेको छ । यति कुरा राम्ररी बुझेपछि कहाँको एक्लोपन । मेरा आफ्ना इच्छा, चाहनाहरु अरुले पूरा गरिदिइराखेको र अरुका आकांक्षाहरु मैले पर्ूर्ति गरिराखेको मैले देख्न थालेँ । ध्यानको अभ्याससँगै मेरो अध्ययनमा पनि चामत्कारिक प्रगति भयो । बौद्ध दर्शनमा स्नातकोत्तर तहमा म विश्वविद्यालयमा सर्वोत्कृष्ट भएँ ।

यसप्रकार एक्लोपनबाट मुक्त हुने चाहनाले मलाई कहाँबाट कहाँ पुर्‍याइसकेको थियो । एउटै वाक्यमा भन्दा, मैले ढुंगो खोज्दा देउता फेला पारिसकेको थिएँ । जब आवश्यक परेन तब मैले भरोसा लाग्ने मित्रहरु पनि फेला पर्न थालेँ । संसारभरिका यस्ता मित्रहरुको साथ-संगत हुन पाउनु मेरो निम्ति लाख हो । प्रविधिको विकासले धर्तीका पल्लो छेउका साधकहरुसँग समेत सुपरिचित बनाएको छ । उनीहरुबाट बारम्बार प्राप्त हुने हौसला मेरो जीवनको ऊर्जा पनि हो आनन्द पनि । उखानै छ, नमाग्दा मोती मिल्छ, माग्दा भीख पनि पाइँदैन । जब मैले कसैबाट केही कुराको अपेक्षा नै गर्न छोडिदिएँ, तब स्नेहको सम्बन्ध बन्न थाल्यो । सायद ममा पात्रता विकसित भयो होला । सायद संसारको रीत यस्तै रहेछ कसैबाट केही अपेक्षा गर्नु नै दुखको कारण रहेछ । त्यसैले भनिएको होला ः भीख माग्दा सिक्का मात्रै मिल्छ, त्यो पनि खोटो ।

अर्कोतर्फ निरपेक्ष रहँदाको सुख वर्ण्र्ाातीत हुँदोरहेछ । चेतनामा बाँच्नुको आनन्दमा मग्न भइरहेका बेला म काठमाण्डूमा आयोजना भएका केही आध्यात्मिक कार्यक्रमहरुमा पुगेँ । मौनताको आनन्द फेला पारेका व्यक्तिहरु भेट्ने र तिनका अनुभूति सुन्ने मेरो चाहना थियो । यद्यपि अपेक्षाकृत एकान्तस्थलको आश्रममा बसी साधना गरिराखेका 'गुरु'हरुसमेत भोगको लालच लुकाएर बसेका मैले देखेँ । तिनका आँखामा अतृप्त वासनाहरु सल्बलाईरहेका देखिन्थे, तिनले व्यवहारमा स्वार्थकै दुनो सोझ्याइरहेका हुन्थे । मैले तत्क्षण आफ्नो दृष्टिपथ अन्यत्र मोडेँ । उपेक्षा गर्नुभन्दा उत्तम अस्वीकृति सूचक प्रतिक्रिया अर्थोक केही हुँदैन ।
पर्ूण्ातया छलकपटमुक्त विशुद्ध सामाजिक जीवन बाँच्ने अभिलाषा राख्ने व्यक्ति फेला पार्नु आकाश कुशुम खोज्नुजस्तै रहेछ । आधुनिक युगका जटिलताहरुले गर्दा पनि यस्तो भएको होला । यो कलियुगको उत्कर्षबेला हो शायद, यहाँ इमान-जमान खोज्नु नै सारहीन कार्य हो । बाहिर खोज्न छोडेर स्वयंभित्र खोज्न थालेपछि भने सारा आकांक्षाहरु तिरोहित हुँदारहेछन् । मनको खालीपन अनन्त सम्पदाले भरिँदोरहेछ । हुन पनि, यो मन पवित्र र शुद्ध राख्न सके त्योभन्दा ठूलो दौलत, आनन्द र निर्भयता अर्थोक के हुन सक्छ - मुठ्ठी बाँधेर राख्दा हामीसँग एक मुठीमात्र आफ्नो हुन्छ, मुठ्ठी खोलिदिँदा संसारको सारा सम्पदाका हिस्सेदार हुन्छौं । अर्कोतर्फ हिंस्रक व्यक्ति आत्मग्लानिले स्वयं दण्डित हुन्छ, सज्जन सदाचारका कारण भयमुक्त रहन्छ । मेरा एक विपस्सी मित्र तन, मनले सन्त भइसकेका छन् । विपश्यना ध्यानको अभ्यास गर्ने उनी हर्दम ध्यानस्थ देखिन्छन् । उनको अनुहारमा सुखको उत्तेजना पनि छैन, दुखको तनाव पनि छैन । उनको सम्यक् खानपान, आचरण र शान्त प्रकृतिले सबैलाई प्रभावित पारिराखेको हुन्छ ।

ध्यानको प्रभावले प्रशान्तता प्राप्त गरेका समकालीन व्यक्तिहरुलाई भेट्दा मेरो मनमा अत्यन्त उत्साह भरिन्छ । यो आलेख पढ्ने सबै पाठकलाई कम्तीमा एक पटक दश दिने विपश्यना ध्यानको शिविरमा सहभागी हुन म हार्दिक अनुरोध गर्छर्ुु ध्यानबाट प्राप्त गरेको धन बाँडिरहन मन लाग्दोरहेछ । अन्य स्रोतबाट प्राप्त धनजस्तो निजी प्रयोजनका लागि सञ्चय गर्न मन मान्दोरहेनछ । म तपाईंलाई सोध्छु, के तपाईं खोज्यो त्यही पाउन चाहनुहुन्छ - यदि चाहनुहुन्छ भने बाहिर दौडनुपहिला आँखा चिम्लेर ध्यानको अभ्यास गर्नुहोस् । तपाईंले जे खोज्यो त्यो पाउनुहुनेछ । रजनीशले भने, जिन खोजा तिन पाइया । कृपया ख्याल गर्नुहोला, यी वचनको प्रतीकात्मक अर्थ छ । शाब्दिक रुपमा बुझ्नु अधुरो बुझाइ हुनसक्छ ।

यदि ध्यान छैन भने तपाईं उज्यालो, रंगीचंगी र सुन्दर संसारमा अन्धो मानिसजस्तै हुनुहुनेछ । ध्यानको अभ्यास गर्नुहुन्छ भने र्सवकामार्थसिद्धये अर्थात् सबै काम सम्पन्न गर्न ध्यानको उपयोग गर्न सकिँदोरहेछ भन्ने यथार्थ तपाईंका सामु दिनको उज्यालोजस्तै र्छलंग हुनेछ । आफ्ना कुरा यति विश्वासपर्ूवक राख्न सक्ने आँट मलाई ध्यानबाटै प्राप्त भएको हो । यी हरफहरुको प्रामाणिकता सिद्ध गर्न म जहिले पनि तयार छु ।
पश्चिमाहरुले वैज्ञानिक र प्राविधिक विकास गरेर मनव जीवनलाई सुविधाजनक बनाएका छन् । हामी पर्ूर्वीयहरुले मानव जगत्लाई के योगदान दिनसक्छौं - योग वा ध्यान पर्ूर्वीयहरुको पूँजी हो, बल हो । यसलाई उपयोग गरेर हामीले के आर्जन गरेका छौं, हामीसँग समाज र विश्वलाई दिनसक्ने उपहार के छ, सन्देश के छ, सान्त्वना के छ - यिनै विषयमा अध्ययन, चिन्तन र मनन गरिरहनुमा म अर्थहीन जीवनको र्सार्थकता देखिरहेको छु । मेरो प्रयास कति साङ्गोपाङ्ग छ, यसलाई केकसरी गतिशील र समुन्नत बनाउन सकिन्छ म सचेत भइरहनर्ुपर्छ ।

आजभोलि मेरा सामाजिक सम्बन्ध निरपेक्ष, सुमधुर र सुष्ठु छन् । मैले जानेका र देखेभोगेका यथार्थहरुलाई विभिन्न माध्यमले समाजसमक्ष राख्छु र प्रतिक्रिया बुझेर त्यसमा परिस्कार गर्छर्ुु हामी कोही पनि सिद्ध भइहालेका छैनौं । कसैको चेतनाको पर्दा अधिक खुलिसकेको होला, कसैको नहोला । कोही उचाइमा पुगिसक्नुभएको र कोही फेदीमै हुनुहोला । यहीँ जन्मेका बुद्धले २५०० वर्षपहिला निर्वाण प्राप्त गर्नुभयो, त्यसयता कसैले निर्वाण प्राप्त गरेको सुनिएको छैन । कुनै फूलमा मह भरिएको हुन्थ्यो भने माहुरीहरुले पत्तो पाइहाल्थे । अतः यात्रारत हामीहरुको वाणी वा व्यवहार परिशुद्ध भइसकेको छैन । एउटा यात्रीको जीवनी पढेर पाठकलाई आफ्नो धरातल बोध हुनेछ र पङ्ख अझै फैलाएर उचाइमा पुग्न प्रेरणा मिल्नेछ भन्ने मेरो हृदयदेखिको कामना हो । एउटा व्यक्ति काम, क्रोध, लोभ र मोहबाट माथि उठ्न सक्यो भने स्वयं, समाज र संसारकै निम्ति अप्रतीम गौरव हुनेछ, परम मुक्तिदायी हुनेछ । यसप्रकारको निर्मल स्थिति प्राप्त व्यक्ति फेरि नेपालले नै जन्माएको देख्ने मेरो जीवनभरिको सपना हो ।

अध्ययन गर्ने बानीले गर्दा मलाई जीवन र जगत्को ज्ञान पनि भयो, मार्गदर्शन पनि मिल्यो । यद्यपि वास्तविक जिन्दगी किताबका पानामा होइन खुल्ला आकाश मुनि फेला पार्न सकिन्छ । 'धूप में निकलो घटाओं मे नहाकर देखो, जिन्दगी क्या है किताबों को हटाकर देखो ।'
यद्यपि यो ज्ञान पनि पढेरै प्राप्त गरेको हो । तर यो बोध हासिल गर्न भने ध्यानको अभ्यास चाहिन्छ । मैले बुझेसम्म ज्ञान र ध्यान जीवनलाई सांगोपांग रुपले बुझनका लागि अनिवार्य तत्व हुन् । बुद्धले पनि यस्तै भन्नुभएको छ । 'प्रज्ञोपाय समापत्तिर्योगः इत्यभिधीयते ।' प्रज्ञा अर्थात् सम्यक् ज्ञान र उपाय अर्थात् ध्यानको अभ्यासबाट जीवनरुपी यज्ञ सुसम्पन्न हुन सक्छ । ध्यानलाई जीवनशैली बनाउँदा यी लाभ हुने सुनिश्चित छ ः
१. दुखको मूल कारण आफ्नो मात्रै सुख चाहनु हो । अरुको सुख-दुख आफ्नै सुख-दुख देख्ने दृष्टिकोण विकसित गर्दाका दिन हाम्रो दुख हराउँछ । बुद्धले भन्नुभएको छ ः अरुका लागि लालटिन बालिदिँदा आफ्नो बाटो पनि उज्यालो हुन्छ । ध्यानको अभ्यासले यो चेतना जागृत हुन्छ ।
२. यदि जीवनमा बुद्धिमानी कुरा केही छ भने त्यो एकाग्रता हो र कुनै खराब कुरा छ भने त्यो हो आफ्नो क्षमतालाई छरपस्ट हुनदिनु । ध्यानले एकाग्र हुने कला सिकाउँछ ।
३. जब हामी अध्ययन वा कुनै काममा लाग्छौं त्यतिखेर संसारको अन्य कुनै पनि कुरा मनमा हुनुहुँदैन । यही उपयोगी व्यक्ति बन्ने रहस्य हो । जब व्यक्तिले उपासना आरम्भ गर्छन् तब मात्र उनीहरुको व्यक्तित्व विकास हुन थाल्छ । भनिन्छ, जुन नाविकलाई आफ्नो यात्राको गन्तव्य थाहा छैन उसको अनुकूल हावा कहिल्यै बहँदैन । जीवनको गन्तव्य के हो त बुझ्न ध्यान सर्वोपयोगी हुनसक्छ ।
४. जे कुरामा रुचि वा प्रवृत्ति छ त्यसैमा लागिरहनर्ुपर्छ । आफ्नो अन्तस्करणको आवाजलाई कहिल्यै रोक्नुहुँदैन । प्रकृतिले तपाईंलाई जे बनाउन चाहेको छ त्यही बन्नुहोस् । तपाईंलाई सफलता प्राप्त हुनेछ । यसको विपरीत तपाईं अरुको आग्रहले अन्य केही बन्न चाहनुहुन्छ भने केही बन्न सक्नुहुनेछैन । आफ्नो बुद्धिको मार्ग अर्थात् रुचि थाहा पाउन र त्यसमा दत्तचित्त हुने आत्मबल प्राप्त गर्न ध्यानले तपाईंलाई मदत गर्नेछ ।

सर्न्दर्भ सामग्री
१र्.र् इमर्सन । १९९१ । चौरासी बौद्ध सिद्ध । नई दिल्ली ः राधा पब्लिकेसन्स ।
२. कृष्णमर्ूर्ति, जे । १९९६ । मेडिटेसन, द वन्ली वे । ताइवान ः द कर्पोरेट बडी अफ बुद्ध एजुकेसनल फाउण्डेसन ।
३. व्यास, अम्बिकादत्त । मिति अनुपलब्ध । शिवराज विजय । बनारस ः चौखम्बा प्रकाशन ।
४. हिन्दी कहावतें । १९९० । सं राजीव दास । नई दिल्ली ः आदर्श पब्लिकेसन्स ।
५. पातञ्जल योग दर्शन, व्यास भाष्य । २००५ । आचार्य राजीव शास्त्री । नई दिल्ली ः आर्षसाहित्य प्रचार ट्रस्ट ।
६. रजनीश, ओशो । १९९५ । जिन खोजा तिन पाइया । नई दिल्ली ः हिन्दी पाकेट बुक्स ।
७. महास्मृत्रि्रस्थानसूत्र । २००२ । अनुवादक ः दोलेन्द्ररत्न शाक्य । कृष्णबहादुर नकर्मी ः ललितपुर ।
८. गुह्यसमाजतन्त्रम् । २००३ । सम्पादकः द्वारिकादासशास्त्री । वाराणसी ः बौद्ध भाराती ।
९. ओशो प्रवचन । एस धम्मो सनन्तनो । डिस्कोर्स नम्बर ४७ । पुना ः आशो कम्युन इन्टरन्यासनल ।

धम्मपदमा के छ ?


प्राचीन समयदेखि आजपर्यन्त धम्मपदलाई पाली त्रिपिटक अर्न्तर्गत बुद्धका शिक्षाहरुको र्सवाधिक संक्षिप्त, सारगर्भित र सदाबाहर संकलनका रुपमा स्वीकार गरिएको छ । धम्मपद सूत्र पिटकभित्रको खुद्दक निकायमा समाविष्ट ग्रन्थ हो । धम्मपदले त्रिपिटकका चालीस वटा ग्रन्थमा विस्तारमा उल्लिखित बुद्ध दर्शनलाई ४ सय २३ वटा लयबद्ध पाली पद्यमा समेटेको छ । धम्मपदका हरेक पद्य बुद्धले कुनै न कुनै प्रसंगमा भिक्षु, सामान्य व्यक्ति वा सामूहलाई शिक्षा दिने क्रममा बताएका थिए । ती कथाप्रसंगहरु धम्मपद अट्ठकथा नामक बृहत् ग्रन्थमा संग्रहित छन् ।
बुद्धका समस्त शिक्षाले चेतनाको शुद्ध अवस्था प्राप्तिका लागि मार्गदर्शन गर्छन् । शुद्ध चैतन्य अवस्था भनेको परम शान्ति, आनन्द र समताको अवस्था हो । मानिस तनावग्रस्त, बेचैनी, असन्तुष्टि र दुखैदुखयुक्त जीवन बाँच्न अभिशप्त छ । यो कालखण्डमा मानिसलाई बुद्धको शिक्षा सञ्जीवनी हुन सक्छ । दुख, तनाव र छटपटी किन हुन्छ, यी पीडाबाट मुक्ति सम्भव छ-, छ भने मुक्तिको उपाय के हो त- बुद्धले छ वर्षो ध्यान र स्वानुसन्धानबाट यी सवालको समाधान फेला पारेका थिए । आफूले बोध गरेको ज्ञानलाई बुद्धले शील पालना, समाधि लाभ र प्रज्ञोदय यी तीन पदावलीमा संश्लिष्ट गरे । बुद्धको चर्चित अष्टांगिक मार्ग यिनै पदावलीको विस्तृत रुप हो र धम्मपद त्यसैको सरलीकृत व्याख्या हो ।
दुखका सर्न्दर्भ फरक हुन्छन् । सभ्यताको यो कालखण्डमा लालनपालन, शिक्षा पद्धति र मिडियाको प्रभावले व्यक्तिका महत्वाकांक्षा चुलिएका छन् । सायद पेट खाली हुँदा त्यति सास्ती हुँदैन जति महत्वाकांक्षाको प्रताडना सहँदा हुन्छ । व्यक्ति वा वस्तुप्रति अत्यधिक आसक्ति, घृणा वा अन्धभक्तिले हाम्रो मन मैलिएको छ । शिक्षाले आत्मनिर्भर हुनसम्म सिकाउन सकेको छैन, मनलाई शुद्ध बनाउने पद्धति सिकाउनु अझै धेरै परको कुरा हो । यो वा त्यो उपायले मानिसका आँखा छलेर, कानुन मिचेर वा तोडमरोड गरेर काम लिने प्रचलन सामान्य बन्न थालेको हुँदा व्यक्तिको मन झन्झन् प्रदूषित हुँदै गएको छ । आन्तरिक अनुशासन शून्यप्राय हुन थालेको आजको यथार्थ हो । दण्डहीनताको स्थितिमा यो सामान्य र स्वाभाविक उपक्रम भएको छ ।
यद्यपि, परिस्थिति जे भए पनि आन्तरिक अनुशासन राख्नुको गरिमालाई कुनै हिसाबले वेवास्ता गर्न सकिँदैन । दर्ीघकालमा बदनियतपर्ूण्ा कामको फल भोग्नर्ैपर्दछ । जस्तो, हामीले कुन सम्पत्ति कसरी कमाएको हो, कहाँ राखेको हो र कसरी खर्च गरेको हो भन्ने फेहरिस्त कामका माध्यमले इमान्दारीसाथ समाजलाई स्पष्ट पार्न सक्नर्ुपर्छ । त्यसो गर्न सके मन शान्त हुन्छ, मुटु सही ढंगले चल्छ, चिन्ता, तनाव र रोगले हतपती छुँदैनन्, बाँच्न सहज हुन्छ । अन्यथा आँखा छलेर कमाएको धन लुकेरै खर्च गर्नुपर्छ, लुकाएरै खानर्ुपर्छ, अँध्यारोमा लिएको मजा कालक्रममा पश्चात्तापमा परिणत हुन्छ । त्यस्ता व्यक्तिले लुकिछिपी सधैँ चोरकै जिन्दगी बाँच्नर्ुपर्छ । यसो गर्दा व्यक्तिको तन-मनमा अशान्ति र तनावले डेरा जमाउँछन् । बाहिर देखाउने र भित्र गोप्य राख्ने बहीखाता फरक-फरक हुनेलाई सधैँ पिरलो हुन्छ । कता के खुस्कने हो, खुस्की पो सक्यो कि भन्दै थरथरी काँप्नर्ुपर्दछ । विचराको मुटुको चाल ब्रि्रन्छ ।
अनादि कालदेखि नै सभ्यतालाई सुचारु राख्न सबै ग्रन्थमा पहिला सदाचारको परिकल्पना गरिएको थियो । सदाचारबाट धर्मको सूत्रपात भयो । धर्मको संरक्षकलाई अच्युत भनिन्थ्यो । अच्युत अर्थात् सदाचारको मार्गबाट कहिल्यै च्युत नहुने व्यक्ति । सदाचारको महत्ता बोध गर्नु बोधि प्राप्त गर्नु हो । जो अच्युत छ उसलाई कुनै दुखले कहिल्यै छुन आउन सक्दैन । बुद्ध भन्छन्, सबै मानिसको वास्तविक स्वभाव पहिल्यैदेखि बुद्धत्वयुक्त अर्थात् शान्त, आनन्दित र करुणायुक्त छ । संस्कार, संगत आदिका कारणले राग, द्वेष, मोह संकलित भई मन मैलिँदा बुद्ध स्वभाव ढाकिएको छ । मैल पखालेर आफ्नो वास्तविक स्वभाव पहिचान गर्नु नै बुद्धत्व प्राप्त गर्नु हो । शील पालना, समाधि लाभ र प्रज्ञोदय मार्फ् हरेक व्यक्ति बुद्ध बन्न सक्छं । बुद्धत्व शुद्ध चैतन्यको अवस्था हो ।
चेतनाको त्यही अवस्थालाई लक्ष्य गरेर बुद्धले धम्मपदमा मार्गदर्शन गरेका छन् । यो मार्गलाइ बुद्धले धर्मको बाटो -धम्मपद) भने । र शील पालना यो मार्गको पहिलो कदम हो । धम्मपदको पहिलो पद्यमा बुद्ध भन्छन्, 'खराब नियत राखेर बोल्ने अथवा काम गर्ने मानिसलाई दुःखले त्यसैगरी पछ्याइरहन्छ जसरी गोरुगाडाको पाङ्ग्राले गोरुलाई पछ्याइरहन्छ ।' यसको विपरीत, 'सदाशयतापर्ूवक बोल्ने वा काम गर्ने मानिसलाई सुखले त्यसैगरी पछ्याइरहन्छ जसरी छायाले वस्तुलाई पछ्याइरहन्छ ।' धम्मपद पढ्न थाल्नु बुद्धको पदचिन्ह अंकित बाटोमा यात्रा थाल्नु जस्तै हो । यो यात्राबाट पाठक त्यहीँ पुग्न सक्छ जहाँ पच्चीस सय वर्षपहिला गौतम बुद्ध -शान्तिका अग्रदूत) पुगेका थिए ।

कल्याणका लागि ध्यान र प्रज्ञा


उपभोक्तावादी संस्कृतिको प्रभावले गर्दा मानिस वस्तुहरुको उपभोग वा संकलनमा दौडिरहेको छ, अडिने फर्ुसत छैन । मानिस राग, द्वेष र मोहको धापमा भासिँदै गइरहेको छ, बेहोशीमा, मूर्च्छामा धेरै र होशमा कम बाँच्न थालेको छ । यो दौड र प्रतिस्पर्धामा मानिसले पर्यावरण विनाश गर्यो जसले गर्दा मौसम परिवर्तन, खाद्यान्न अभाव, महंगी, भोकमरी, बेचैनी, अशान्ति, हिंसा, आतंक बढिरहेका छन् । अहिले मानिस स्वयंबाट सञ्चालित छैन, सूचनाबाट सञ्चालित छ । सूचनाको अत्रि्रवाहले मानिसको मस्तिष्क भारी भएको छ, प्रदूषित भएको छ । शान्ति र कल्याणका लागि ध्यान आजको अपरिहार्य आवश्यकता हो । ध्यानबाट लाभान्वित हुन चित्तको स्वभाव जान्नु पर्दछ ।
चित्तको स्वभाव :  चित्त बिनाकाम यत्रतत्र भागिरहन्छ । यसको गति हावाभन्दा छिटो हुन्छ । एक तत्वको चिन्तनको अभ्यासमार्फ् मनलाई नजितेसम्म यो रातमा बेताल नामको राक्षसजस्तै चुलबुल गरिराख्छ । जंगली हात्तीले बस्तीमा पसेर जति विनाश पार्न सक्छ त्योभन्दा अधिक उन्मत्त चित्तले हानि पुर्याउँछ । यो बुझेर बुद्धले शील र समाधि मार्फ् चित्तलाई शुद्ध र शान्त राख्ने विधि बताउनुभएको थियो । गलत काम गर्दा स्वतः गिल्ट फिलिङ आउनु मानव जिनमै विकसित भइसकेको छ ।
ध्यान र शान्ति : अस्थिर चित्तलाई वशमा राख्नका लागि पहिला त चित्तलाई फेला पार्न सक्नर्ुपर्छ । षट् पारमिता र खासगरी शमथ भावनाको अभ्यासबाट चित्तलाई फेला पार्न सकिन्छ । शमथमा चित्तलाई विगतको यादमा या भविष्यको कल्पनामा जान नदिई वर्तमानमा होशपर्ूवक रहन अभ्यस्त बनाइन्छ । शमथको अभ्यास गर्दा स्मृति र सम्प्रजन्यलाई ख्याल गरिरहनु पर्छ । चित्तबाट पार पाउन चाहिँ विपश्यना भावनाको अभ्यास गर्नुपर्छ । विपश्यना भनेको काय, वेदना, चित्त र धर्महरुलाई कायानुपश्यी, वेदनानुपश्यी, चित्तानुपश्यी, धर्मानुपश्यी भएर तटस्थ भावले अवलोकन गर्नु हो । यसबाट काय, वेदना, चित्त र सबै धर्महरुको वास्तविक स्वभाव अनित्य, दुःख र अनात्म रहेछ भन्ने बोध हुन्छ । यही भावनाका क्रममा प्रतीत्यसमुत्पाद-अविद्या, संस्कार, विज्ञान, नामरुप, षडायतन, र्स्पर्श, वेदना, तृष्णा, उपादान, भव, जाति, जरामरण) को ज्ञान, निस्वभावता या शून्यताको साक्षात्कार हुन्छ । चार आर्य सत्य र अष्टांगिक मार्गको रहस्य खुल्छ । यो बोधका कारणले आसक्ति हट्छ । हामीलाई आफ्नै बुद्ध नेचर अनुभूत हुन थाल्छ जुन प्रभास्वर हुन्छ । आफूसँग आनन्दित रहने कला ध्यान हो, यो बोध हुन्छ । चेतनाका चार हिस्सा हुन्छन् ः विज्ञान, संज्ञा, वेदना र संस्कार । केवल विज्ञानको अवस्थामा रहने कला विपश्यना अभ्यासबाट सिक्न सकिन्छ । यसबाट शान्त भएको चित्तमा त्रिकोटी परिशुद्ध प्रज्ञा उत्पन्न हुन्छ ।
ध्यान र प्रज्ञा ः प्रज्ञाको प्रादर्ुभावले ध्यानलाई अझ सघन बनाउँछ तब जीवन र जगत्को यथाभूत ज्ञान हुन्छ । तदनन्तर दुखी सत्वहरुप्रति करुणा जागृत हुन्छ । ध्यानले तनाव व्यवस्थापन होइन, त्यसबाट मुक्ति दिलाउँछ । सजगता, होशमा रहने अभ्यास भए तनाव हुँदैन । एकै समयमा दर्ुइ चित्त हुँदैन, कि राग चित्त हुन्छ कि ज्ञान चित्त । दर्ुघटना पर्न लागे पनि ध्यान चित्त छ भने भय हँुदैन । उसलाई बोध हुन्छ, यो जहाज खतरामा छ, मेरो शरीर खतरामा छ, म छैन । ध्यान समयको वचत हो, खर्च होइन । दाउरेले बन्चरोमा धार लगाउनुजस्तै । मोबाइलमा रिचार्ज आवश्यक परेजस्तै । ध्यान गर्ने होइन, हुने कुरा हो । दिमाखको अधिकतम उपयोग गरेरभन्दा नगरेर, विश्राममा रहेर अधिक आनन्द लाभ गर्न सकिन्छ भन्ने रहस्य बोध हुन्छ ध्यानको अभ्यासबाट । ध्यानको सर्वोपरि उद्देश्य त निर्वाण नै हो । Synopsis of a research paper of same title presented at Dharmachakra Academic Center. www.dharmacakraacenter.org

अरुलाई दुख दिने बानी


अरुलाई दुख दिने बानीले अन्ततः आफैंलाई दुख हुन्छ ।  पहिला त अरुलाई सताएर फाइदा लिने बानी हामी आफैंले बसाल्छौं । यसमा बडो मजा आएजस्तो पनि हुन्छ । तर आखिरमा यस्तो बानीले हामीलाई नै सताउन थाल्छ ।
केही घुमन्तेहरु नदीको किनारमा बसिरहेका थिए । साँझको जाडोमा तिनीहरु थरथर काँप्दै थिए । समूहको मूली बढी नै काँपिरहेको थियो । संयोगले त्यतिखेरै नदीमा एउटा कम्बल बग्दै आएको देखियो । सबैले मूलीलाई भने, 'कम्बल बग्दै आइराखेको छ, पानीमा पसेर लिनुहोस् ।' मूली केही नसोची पानीमा हेलियो । कम्बलले पो उसलाई समात्यो । कम्बल भनेको त भालु पो रहेछ । टाउको पानीमुनि डुबाएर बग्दै आइराखेको । किनारबाट अरु कराए, 'के भो, किन बग्दै गयौ ?' मूलीले भन्यो, कम्बलले मलाई छोड्दैन, म के गरुँ ?

Tuesday, July 12, 2011

Thursday, May 19, 2011

संवेदनशीलता


मान्छेमा स्नेह, दयालुता कोमलता छैन भने जीवन निरस, कठोर कुरुप हुँदै जान्छ जति जति उमेर बढ्दै जान्छ, मानिसले जिन्दगीलाई राजनीति, नोकरी परिवारको चिन्ताले भर्नथाल्छ मानिस भयभीत रहन थाल्छ, विस्तारै विस्तारै आफ्ना सारा संवेदनशीलता गुमाउँछ तब उसले अस्ताउँदो सूर्य, बादल, ताराहरु देख्नसक्छ उमेर बढ्नुको साथसाथै आफ्नै बुद्धिले मानिसको जीवन तहस-नहस गर्न थाल्छ

Wednesday, May 11, 2011

A Dead Rat Creates Trouble!

कौवाले मरेको मूसो फेला पारेको रहेछ । पन्ध्र, बीस कौवाले उसको पिछा गरिराखेका थिए । ऊ तिनलाई छल्दै सक्दो छिटो एकान्त ठाउँमा पुग्न चाहन्थ्यो । पिछलग्गूहरुले उसलाई ठुँगिरहेका थिए । कौवा रगतपच्छे भइसकेको थियो । यो के भइरहेको हो, उसले केही बुझ्न सकेको थिएन । अचानक उसको चुच्चोबाट मूसो भुइँमा खस्यो । सबै मूसो टिप्न तँछाडमछाड गर्न थाले । बल्ल उसले चैनको सास लियो ।

Friday, April 22, 2011

A Festive Dimension of Life

हामी जे गर्र्छौं त्यसलाई कर्तव्य मानेर होइन, उत्सव सम्झेर गरौं । बोझ मानेर होइन प्रेमका कारण गरौं । अभेदताको अनुभव गर्नु नै प्रेम हो । वास्तविक प्रेमले हृदयलाई विकसित गरिदिन्छ, सूर्यले कमललाई झैं । मोह वा आसक्तिले मन संकुचित गरिदिन्छ ।

Whatever you do, do it as celebration, not as responsibility. Do it with love, not as burden. True love will expand your heart just like sunlight causes a lotus to bloom. Attachment or ignorance contracts your heart.

बुद्धि

मान्छेमा स्नेह, दयालुता र कोमलता छैन भने जीवन निरस, कठोर र कुरुप हुँदै जान्छ । जति जति उमेर बढ्दै जान्छ, मानिसले जिन्दगीलाई राजनीति, नोकरी र परिवारको चिन्ताले भर्नथाल्छ । मानिस भयभीत रहन थाल्छ, र विस्तारै विस्तारै आफ्ना सारा संवेदनशीलता गुमाउँछ । तब न उसले अस्ताउँदो सूर्य, न बादल, न ताराहरु देख्नसक्छ । उमेर बढ्नुको साथसाथै आफ्नै बुद्धिले मानिसको जीवन तहस-नहस गर्न थाल्छ ।

Friday, February 13, 2009

खुसीहरूले बगाएर नलैजाऊन्

गर्लफ्रेन्डले 'भरे तोङ्बा खाऊँ है' भन्दा मेरा रौँरौँमा नशा दौडन थालिसकेको थियो । यद्यपि उसलाई यसबारे पत्तोखबर थिएन । उसको यो मादक-आग्रहबाट म निष्प्रभावित रहेको स्वाङ गरिरहेको थिएँ । आफूलाई सदाझैं 'कुल' राखिरहन सकेकोमा म भित्रभित्रै रमाइरहेको पनि थिएँ । मनमनै आफ्नो दर्शनशास्त्र पल्टाउँछु, 'यो हाडमासुको शरीरमा उर्लंने वासनाका आँधी र उत्तेजनाबाट मुक्त इन्दि्रयातीत आनन्द अनुभूति गर्ने मेरो आकांक्षा हो । त्यसभन्दा अघिका खुसीहरूले बगाएर नलैजाऊन् भनी मैले सतर्क रहने चेष्टा गरिरहनुपर्छ ।' यद्यपि केही बोलेमा उसले उडाउन थालिहाल्ली भनेर म चुप्पी साँधिरहन्छु । for more: http://www.nayapatrika.com/newsdetail.php?id=902100955479770&n_id=25

Monday, November 24, 2008

Never cry for any relation in life

Never cry for any relation in life
because for the one whom you cry
does not deserve your tears
and the one who deserves
will never let you cry.

Treat everyone with politeness
even those who are rude to you
not because they are not nice
but because you are nice.

Never search your happiness in others
which will make you feel alone.
rather search it in yourself
you will feel happy
even if you feel alone.

Always have a positive attitude in life
there is something positive in every person.
Even a stopped watch is right
twice a day.

Happiness always looks small
when we hold it in our hand
But when we learn to share it
We realize how big and precious it is.

Thursday, November 20, 2008

Pain and Pleasure


If thou are pained by any external thing, it is not this that disturbs thee, but thy own judgment about it. And it is in thy power to wipe out this judgment now. (trans. George Long)A cucumber is bitter. Throw it away. There are briars in the road. Turn aside from them. This is enough. Do not add, "And why were such things made in the world?" (trans. George Long)Let opinion be taken away, and no man will think himself wronged. If no man shall think himself wronged, then is there no more any such thing as wrong. (trans. Meric Casaubon)(...) As for others whose lives are not so ordered, he reminds himself constantly of the characters they exhibit daily and nightly at home and abroad , and of the sort of society they frequent; and the approval of such men, who do not even stand well in their own eyes has no value for him. (trans. Maxwell Staniforth)

"Die, you old fake!"

Practice is nothing other than the capacity to arouse fearless energy.Without this energy, whatever practices you perform,whatever virtuous feelings you have, all are without substance.Without this energy, will you be prepared when you come face to face with death in your ordinary state of mind? How then will you persevere over other hardships? - Suzuki Shosan 

a whoopee cushion

Before enlightenment, a whoopee cushion is funny; when you realize enlightenment a whoopee cushion isn't funny; after enlightenment a whoopee cushion is funny again.-- J. Wilson

How to Meditate

For meditation the first thing is the posture. you may sit in any posture. the posture must be very comfortable and still. we can meditate either on a floor or on a chair. in any place, whereever we feel comfortable. sit comfortably, cross your legs, clasp ur fingers. now close your eyes. stop inner or outer chatter. dont chant any mantra. just relax. totally relax. just relax. when we cross our legs and clasp our fingers, it gives us enough stability. eyes are door to the mind so should be closed. mantra chanting or any chattering inner or outer are the activities of the mind. so it should be stopped. when body relaxes, consciousness travels to the next zone mind and intellect. mind is nothing but a bundle of thoughts. there are numerous thoughts always to the surface of the mind. whenever there are thoughts in the mind we may get many questions, known or unknown. to transcend the mind and intellect, one has to observe the breath. observation is the nature of the self. so one should just wittnes the breath. dont do conscious breathing.

Dont enhale or exhale consciusly. the enhalation or exhelation happen on its own. just observe the normal breath. this is the main key, this is the way. don't go behind thoughts. don't think to queries/question/thoughts. caste the thought. come back to the breath. observe normal breathing. then the density of the thougts reduces. slowly breath becomes thinner and shorter.

Finally breath becomes smallest. Some sort of light flashes between the eybrows.

In this state, one will have no breath and no thoughts. he will be totally thoughtless. this state is called nirmal stithithi or no thought state. this is the meditative state. in this state we will be under the shower of cosmic energy. the more mediation one does the more will be the cosmic energy one receives. this cosmic energy flows through the energy body.